यसपालीको डिसेम्बर महिनाभरि म नेपालमा थिए। फर्केर आइसके पछि धेरै साथीहरुले एउटा प्रश्न सोधे: "कस्तो छ नेपाल?" नेपालमै हुदा पनि कतिपए साथीहरुले सोधे-"कस्तो लाग्यो नेपाल"? आफ्नै आँखाले प्रतक्ष्य नेपाल नदेखेको तिन वर्ष मात्रै भएको थियो। विभिन्न संचारका माध्यम बाट त्यहा भैरहेका परिवर्तन थाहा पाइरखेकै हुन्थे। त्यसकारण तेती सारो अचम्मै हुने गरेर केहि परिवर्तन भएको अनुभूति भएन। सुनेको/पढेको कतिपय कुराहरु आफैले प्रत्यक्ष्य अनुभव गर्ने मौका भने मिल्यो। गत पाच सात बर्षमा भएका सामाजिक आर्थिक परिवार्तानको त सम्बन्धित क्षेत्रका बिशेसज्ञले केलाउदै होलान तर मैले प्रतक्ष्य देखेका केहि यहा राख्न चाहन्छु।
- घर र गाडिको संख्या निकै बडेछ। सहरमा मात्रै नभएर गाउ गाउ तिर पनि।
- महंगी निकै बढेछ।हामी जस्तो मान्छेलाइ पनि रेस्टुरेण्ट गएर खानु (एक दुइ छाक खानु अर्कै कुरो) र ट्याक्सी चड्नु असम्भव जस्तै रहेछ। यसो अरुलाई गफ दिन र देखाउन यस्तो गर्नु अर्कै कुरो।
- मोबाइल क्रान्ति गाउ गाउ सम्म। स्मार्ट फोन जता ततै। आफुले अमेरिकामा बसेर आइ-फोन बोकेको छैन, तर नेपालमा धेरैले यस्ता स्मार्ट फोन बोकेको देखियो। म अचम्म परेको: कसरि महंगा महंगा यस्ता फोन राख्ने हैसियत राख्छन? पक्कै पनि बिदेशमा बस्नेहरुको योगदान होला। यो परिवर्तनको राम्रै नतिजा होला तर नराम्रो असर पनि धेरै देखियो खास गरि भर्खर बैस चड्दै गरेकाहरुमा। मोबाइल इन्टरनेटको कमाल।
- यिनै कारणहरुले होला धेरै मान्छेहरु ("मान्छे" ले दुवै लिङ्ग भन्न खोजेको हु) कसरि हुन्छ धेरै पैसो कमाउने भन्नेमै चिन्तित। जसरि भएनी पैसो कमाउने। यसले भ्रस्टाचार हाम्रो समाजमै भिजेको छ। संस्कृतिको रुपमा। जुनसुकै पेसामा यो लागु हुन्छ। जागिर खोज्नेले थोरै पैसा आउनेमा आँखै नलगाउने। पेसा गर्ने खोज्नेले एकैपटक "ठुलै" तिर मात्रै आखा लाउने (पसल खोल्न खोज्ने ले सिदै भाट्भटेनि जस्तो गर्न सोच्ने). तर कुनै पनि काम/पेशा सानो बाटै सुरु गरेर ठुलो हुन्छ, थोरै पैसो कमाउदै नै धेरै कमाउन सकिन्छ भन्ने बिर्सिने।
- विदेश गए पछि पैसो रुख बाट झर्छ र सकेको टिप्न मिल्छ भन्ने आम भावना रहेछ। एकजना जापानमा PhD भर्खर सकेका महानुभाबले 10 करोड कमाए रे (3-4 बर्षमा)। अब सबैले कहाँ त्यसरी कमाउछन त? केहि देश विदेश "भोगेर" फर्केकाहरुले आफ्नै गाउ ठाउ मा आफै काम सुरु गर्ने परिपाटी पनि बिकाश हुदै गरेको रहेछ। यो निकै सकारात्मक लाग्यो।
यै घुमाइमा तीनवटा किताब पढी सके। सजिलो संग समय बिताउन सजिलो भयो। साथि एमपी खरेलले दिएका तिनवटै किताबको प्रयोजन अर्कै थियो तर मलाइ घाम तापेर वा सिरक ओडेर वा गाडिमा बसेर समय काट्न मद्दत नै पुग्यो। एउटा जगदीश घिमिरेको जिबन यात्रा र दयानन्द बज्राचार्यका दुइवटा किताब पढे। यो पोस्टमा ति किताबको बारेमा केहि लेख्ने तिर मा लाग्दैन। तर प्राध्यापक बज्राचार्यको बैज्ञानिक गोरेटो भन्ने किताबको एउटा प्रशंग भने कोट्यौन मन लाग्यो।
जतिबेला उनले जर्मनीबाट विद्यावारिधि सकेर नेपाल फर्के। उनले आफुले गरेको अनुसन्धान किर्तिपुर क्याम्पसका प्राध्यापकहरुलाइ सुनाउने उत्साहसाथ् त्यहाँ पुग्दा घाम तापेर बसेकाहरुले कुनै चासो नराखेको निरासाजनक प्रसङ्ग उल्लेख गरेका छन्। त्यो करिब तिन चार दशक अघिको कुरो। अहिले धेरै परिवर्तन आइसकेको छ। म तिनवटा बिस्वबिध्यालयमा आफ्नो अनुसन्धानको बारेमा प्रस्तुति दिए। धेरै प्राध्यापक (पुराना र नया) लाइ भेटे, गफ गरे। बिद्यार्थी हरु पनि। सबैले कसरि अनुसन्धान कार्य गर्ने हुट हुटि ब्यक्त गरे। अरुले के काम गरिरहेका छन, नया innovation, research updates के भै रहेको छ भन्नेमा निकै चासो राखेको पाए। केहि न केहि अनुसन्धानको काम भै रहेको रहेछ। अनुसन्धानको लागि पैसो ल्याउन प्रोपोजल लेख्ने, कहाँ कहाँ बाट फ़नडिङ्ग ल्याउन सकिन्छ भनेर सोध खोज गरिरहेको पनि देखियो। अनुसन्धानको संस्कृति बिस्तारै बिकास हुदै गरेको छ नेपालमा। जति पनि यस्ता काम भएका छन, ति सबै व्यक्तिगत रुपमै भएका छ। सरकारले र बिस्वबिध्यालयले यो सम्बन्धमा कुनै नीति नियम बनाएको वा सहयोग गरेको वा बैज्ञानिकहरुलाई प्रोत्साहन गरेको जस्तो भने लागेन।
That is good to hear!
ReplyDeleteThanks for sharing.
गज्जबकै आनुभब भए छ त !
ReplyDeleteRamro laayo malai pani. Bises gari mobile kranti ko kura ra Nepal ma aile bhayeka pariwartan haru bundagaat roop ma prastyaunu bhayeko ma Basanta dai lai dhanyabaad.
ReplyDeleteEkdum maan paryo, bisesh gari mobile kranti ko kura ani Nepal ma aileko samaya ma bhayeka pariwartaan harulai bunda gaat roop ma prastyaunu bhayeko ma Basanta dai lai dhanyabaad.
ReplyDelete