1/11/2013

पशुपतिका बादर

बादर भन्दा बित्तिकै मनिस संग जोडिएर केहि बिषय आइ हाल्छन। हाम्रो समाजमा चल्तीको उखान छ "बादरले न आफ्नो घर बनाउछ न अरुको बनाउन दिन्छ". त्यस्तै अर्को पनि प्रख्यात उखान छ "बादरको हातमा नरिवल". पक्कै पनि यी उखानहरु बादरको आनी बानि संग जोडिएका छन्। अर्को महत्वपुर्ण पाटो मान्छे र बादरको  विकासक्रममा नजिकको नातो पनि छ। मान्छे संग सम्बन्धित धेरै परिक्षणहरु पहिले बादरमा गरिन्छन। हुनत यसको आजभोली बिरोध हुदै गएको पनि छ। 

यसपाली केहि दिन अघि एकजना भाइको बुवाको अकस्मात निधन हुदा अन्तिम संस्कारको लागि पशुपति आर्यघाट पुगेको थिए। तेसै बेला पशुपतिका बादरको दर्सन नि पाइयो। हुनत यो भन्दा अगाडी नि धेरै पटक त्यो क्षेत्रमा बादर देखेको छु। सबै भन्दा पहिले अस्कल पढ्ने ताका होला। साथी साथी भएर घुम्दै थियौ। त्यॊ सेतो सेतो सानो डल्लो वाला मिठाइ बोकेर खादै गफ गर्दै पशुपति पारि बनकाली तिर घुम्दै थेम। एउटा बादरले पछाडी बाट दौडेर आएर मिठाइको पोको लुटेर भाग्यो। हामि त हेरेको हेरे। के नै गर्न सकिन्थ्यो र। 

यी बादरहरु मानव बस्तीको नजिक (बस्तीमै भने नि भयो) बस्छन। मान्छेले जस्तै खानेकुरा खान्छन। तिनको उचित व्यवस्थापन छैन। मैले देखेका करिब 20-30 बटा बादर (करिब एक घन्टाको अन्तरालमा) मध्ये धेरै जसो कुपोसन भएका जस्ता थिय। केहि रोगि थिए। छालाको रोग प्रस्टै देखिन्थ्यो। कोहि बल्ल बल्ल हिड्न सक्ने थिए, खुट्टामा घाउ भएको हुनु पर्छ। बच्चा बादर पनि थिए 2-4 वटा। ति पनि निन्याउरो अनुहार भएका। यिनलाई आवस्यक खानेकुरा कसले देवोस। रोग लाग्दा कसले उपचार गर्देओस। 

त्यस्तै  बनकालीको जंगलमा धेरै मृगहरु नि देखियो यसपाली। तिनको पनि जनसंख्या यति धेरै बढेको छ रे कि खाने कुरो केहि भेट्टाउनन। जंगल को भुइमा एउटो हरियो भन्ने केहि थिएन, माटै माटो मात्र। केहि वर्ष अगाडी लगेर छोडिएका यी मृगको जनसंख्या बढेर उचित व्यवस्थापन भएन रे। अरु कुनै जंगल मा लगेर छोडीदिनु नि। 



















 











सबै फोटो मा आफैले खिचेको हु। 

No comments:

Post a Comment

Please type your comment in the box below.