Welcome/स्वागतम्

Being a graduate student of Science (Chemistry), it is difficult to get time for this blog. However, I am trying to have at least one blog post per week. This blog was started from fall 2007. I hope this blog is interesting to you. Even though professionally I am a science student, I am not isolated from the people, nature surrounding me. Therefore, most of the posts in this blog are experiences, feeling, and thoughts of a science student influenced and related to society.

7/23/2011

अर्काको लागि बाच्ने हामि

आज नेपाल ले जोर्डन सँग विश्वकप फुट्बल छनोटको लागि गेम खेल्यो। त्यो गेम भन्दा पनि त्यहा खेल्ने नेपाली खेलाडी रोहित चन्दको चर्चा बढी भयो। युरोपका क्लबले उनलाई लैजाने सम्भावनाको कारण। जालान नजालन त्यो अर्कै कुरो भो। फुट्बल खेलाडी मात्रै होइन। बर्षेनि बेलायती गोराहरु नेपालमै आउछन् उनिहरुको आर्मीमा भर्ती गर्न लाएक नेपाली ठिटाहरुको खोजिमा। यो एक किसीमको परम्पराको रुपमा बिकसित भैसक्यो सताब्दिऔ देखि। अर्काको लागि ज्यान फाल्ने/ लड्ने र काम गर्ने। अहिले हजारौं नेपालीहरु कामको खोजिमा अरबको खाडी तिर जान्छन्। पहिले यसै गरि भारत जान्थे, अहिले पनि जान्छन्। देशमै राम्रो खेल्न पाउने भए किन बिदेशी क्लबबाट खेल्न खोज्दा हुन र, आफ्नै देशको क्लबले जित्दा दिने खुशि बिदेशी क्लब ले जित्दा कहाँ मिल्ला। देशमै राम्रो, क्षमता अनुसारको काम पाउने भए किन अरबको मरुभुमी मा पसिना बगाउथे होलान् र। अब त यस्तो भैसकेको छा की देशमै गर्न सकिने काम पनि नगर्ने र बिदेश जाने संस्क्रिती बिकाश भाई सकेको छ। हिजो एक्जना साथीको फेसबुक इस्ट्याटस देखेको थिए। उनले लेखेका थिए गाऊको भाई जसको प्रसस्त जमिन छ, जसले त्यहा हुँदा सिनको भाच्ने काम गरेनन्- आजभोलि अरबमा भेडा चराउने गर्छन्। गाउमै, आफ्नै जमिनमा तरकारी खेती गरेको भए पनि अरबको भन्दा २-३ गुणा बढी आम्दानी गर्ने थिय।   

अलिकति पढेकाहरुको पनि हाल तेही हो। अर्कैको लागि काम गर्ने। एस.एल.सी पास् गर्दा बित्तिकै +२ भर्ना हुनेहरुको लक्ष्य भनेको प्रथमत डाक्टर अनी त्यसपछि इन्जिनियर अनी तेस्रोमा फिजिक्स। फिजिक्स पढे पछि अमेरिका सजिलै जना पाईन्छ भनेर। अमेरिका गए पछि नेपालको लागि काम गर्ने हैन केरे। कुनै पनि क्षेत्र छैन् जहाका मान्छेहरु अरुका (बिदेशि)काम नगर्ने कमै होलान्। आधा भन्दा बढी नेपाली डाक्टरहरु बिदेशीको सेवा गर्छन्, तेत्तिकै इन्जिनियर पनि बिदेशीको लागि काम गर्छन्। नेपाल मा भन्दा बिदेशमा बढी छन् नेपाली बैग्यानिकहरु। 

जता हेर्यो तेतै उस्तै। एउटा क्षेत्र बहेक्। त्यो हो राजनीति गर्ने हरु। राजनीति गर्नेहरु लाई भने बिदेशमा नो चान्स। कहीले सम्म यस्तो होला कुन्नि। पुस्तौ पुस्ता देखि अरुकै लागि काम गर्नु पर्ने? 

0 comments:

Post a Comment

Please type your comment in the box below.

Blog Widget by LinkWithin