मे १ मज्दुर दिबस। नेपालमा मइ दिबस भन्छन्।मजदुर दिबस्, अन्तराष्ट्रिय मजदुर दिबस्।
यस्तै देख्दा देख्दा जीवन शर्माले यिनै किसान्, मज्दुरको बारेमा गाउने गीत को याद् आइ राछ आजभोलि।
निकाल्यौ हिरा मोति बनायौ सुनका दरबार!
न हामलाई एक छाक रोटी न पायौ ओत् लाग्ने घर!!
यहाँ म बस्ने 'कुटि'बाट स्कुल (अन्त भए युनिभर्सिटी भन्दा हुन्)बसमा जादा आउँदा दिन दिनै यौटा बनाउदै गरेको ठुलो घरमा काम गरि रा'का देख्छु। आजभोलि त यहाँको मौसम् खासै खराब छैन। अली अली हिउ पर्छ तर पग्ली हल्छ। फेब्रुअरीको सुरुका दिनमा -३५ F पुग्यो। त्यस्तो बेलामा सास फेर्दा पनि जम्थ्यो। नाक नछोप्ने हो भने नाक भित्र को तरल पदार्थ आइस बनेर घोच्थ्यो। तेति बेला काम गरि रा'का मजदुर लाई देख्दा कसरी काम गर्न सकेका हुनन भन्थे। पक्कै पनि रहरले त होईन होला। खास गरि यस्ता काम मा मेक्सीको तिरका illegal आप्रबासी हुन्छन्। यिनीहरुको कथा ब्यथा बेग्लै छ। भौतिक काम जति यिनिहरुकै जिम्मा मा हुन्छ। हाम्रो बिभाग (department)मा पनि मर्मत सम्भारको काम भै रा छ। त्यहा पनि उही हो कुरो। दिमाग लगौने काम खैरेको बाँकी हात् पाखुर लगाउने काम तिनै मेक्सिकन हरुको । जसरी तसरी आउछन्, महल बनाउछन् थोरै पैसामा तर कस्को लागि हो कस्को। बनाइसके पछि पैलो टेक्ने अवसर तीनलाई मिल्दैन।
निकाल्यौ हिरा मोति बनायौ सुनका दरबार!
न हामलाई एक छाक रोटी न पायौ ओत् लाग्ने घर!!
लग्भग 160 बर्ष अगाडि नै अहिलेका बिकसित मुलुकका मजदुर ले दिनको ८ भन्टा मात्रै काम गर्नु पार्ने नियम बसाली सुरु भएको यो दिन नेपालमा अहिले सम्म पनि लागु भा'छैन होला भन्ने लाग्छ। जति घोट्टेर काम गरे पनि खान लाउन धौ धौ हुने लाखौं छन्। शिक्षा,बिरामी हुँदा औषधी को त के कुरा गराई भो र। दिन्भरी खेत्मा काम गर्ने थारुले पेट्भरी खान पाउदैन। अहिलेको सन्चयकोसको भवन् (काठ्मान्डु मल भाको) बन्ने ताका, हाम्रो गाउका टन्नै थारु थरुनीहरु त्यहा काम गरेको देखेको छु। उही मज्दुरि। हात् पाखुरा को काम्। तिनी मज्दुरले आजभोलि त्यो महल मा पाइलो टेक्ने के चान्स पा'होलान र। ज्याला कति पाए कुन्नि? उचित ज्याला त पाउनु पर्यो नि। काम अनुसार को दाम्। तेति बेला पनि जीवन शर्मा को उक्त गीत् खुब सम्झिन्थे। उनका अरु गीत हरु यू टुबमा हेर्ने मौका मिले पनि यो चै देखेको छैन। बास्तवमा सन्सारका मजदुरहरुको पिर ब्यथा उस्तै उस्तै रैछ।
हुनत आफ्नो काम पनि कुनै मजदुर को भन्दा काम छैन। खाली यत्ती फरक हो की दिमाक पनि सँग संगै चलाउनु पर्छ। ग्र्याजुअट विद्यार्थीलाई प्रोफेसरको सस्तो लेबर, दास्, नोकर भन्ने चलन छ। केही प्रोफेसर ले नै त्यस्तो भनेको सुनेको छु। उनिहरुको लागि सबै भन्दा सस्तो मजदुर्। केही बर्ष बितिसके यसरी बौद्दिक मजदुर भएर समय बिताएको। केही पाउने आशामा। सबै भन्दा काम पैसो मा धेरै काम गर्ने। कोठा भाडा तिर्दा र भात खान ठीक्क हुने पैसो, तर काम भने रात् दिन नभनी गर्नु पर्ने। त्यसमाथी पेलाई र चेपाइ, अनि कति बेला निकाल्देला की भन्ने डर सधैं। कुनै कार्यक्रम बात उब्रेको खाने कुरा भयो भने "ग्राजुअट विद्यार्थी लाई खबर गर्देउ न खाइ हाल्छन भन्ने"। कुरो साचो पनि हो। पुरै काम गर्यो अनि लास्टमा डिग्री लियो हिड्यो। हुनत तेस बाट प्राप्त हुने ज्ञान लाई त पैसो मा नाप्न नमिल्ला तर मजदुरले महल बनाइसकेर ज्याल थापेर घर मालिक लाई सुम्पेर हिंडे जस्तो। सुन खानि बाट सुन निकाली मालिक लाई सुम्पेर आफू ज्याल थापेर हिंडे जस्तो। सन्सारै भरि यस्तै रैछ। आधारभुत काम गर्ने बर्गले उस्तै उस्तै समस्या भोग्नु पर्ने।
सन्सारका सबै खाले मजदुरहरुलाई सम्झना।
फेरि पनि जीवन शर्मा कै उही गीत् सम्झिदै। खासमा बाँकी भाग बिर्सें जस्तो लाग्यो।
.............................................................................निकाल्यौ हिरा मोति बनायौ सुनका दरबार!
न हामलाई एक छाक रोटी न पायौ ओत् लाग्ने घर!!
बगैचामा फूलहरु हामीले फुलायौ!
फांटैभरी धानका बाला हामीले झुलायौ!!
काठ्मान्डौ र दिल्ली हास्छन हाम्रो रगत माथि!
संसारलाई सिँगार्ने हामी निर्धन जाति!!
न्युयोर्क र पेरिस शहर हामीले उठायौ!
चन्द्रमा र प्रिथिबी लाई हामिले जुटायौ!!
लुगा फाटो रास लाग्छ पसिनाले हाम्रो!
तर हामीले खानु लाउनु छैन् कहिल्यै राम्रो!!
सहरका मजदुर हरु उठ अब उठ!
गाऊ घरका किसानहरु सङ्हर्समा जुट!!
पाइदैन हक त्यसै खोसी लिनु पर्छ!
गरीब किसान मजदुर मिली अब हिड्नु पर्छ!!
काम गर्ने काम्दार हो जुटेर एक बन लौ!
गरीब का बैरी हरुलाई जुटेर अब हान लौ!!




2 comments:
i strongly agree with you. We all of us are hired as a TA or RA. We are also "Majdoor". Happy "Mayii diwas". In Japan too, if some food remains stock, proffs. ask thier students for making lunch pack. I would also like to remember my favourite singer Mr. Jiban Sharma for his beautiful wordings and lyrics as mentioned by the blogger above.
हातमा ढुंगा बोकेर सडकाँ बसेको यस्तो झटारेको समेत आँखा रसाउने भनेसी कस्तो दामी लेखाइ लेख्नु भयो तपाइले । यस्तै लेखिरनुस, पढ्न आइरम्ला ।
Post a Comment
Please type your comment in the box below.