4/18/2011

Hate the Bad Project: Lady Gaga's Parody on Science Project

सबभन्दा पहिले यो यूटुबको भिडियो हेरम है त।

लेडी गागाको गीतलाई प्यारोडीको रुपमा प्रस्तुत गरिएको यो भिडियो अल्जाइमर्स रोगको बारेमा अनुसन्धान गर्ने Research Lab ले बानाको रैछ। मैले यो भिडियो यो बर्षको सुरु तिरै हेरेको थिए। यसका शब्दहरु फलो गर्न झ्याउ लाग्यो भने म तल रख्दिन्छु पड्नुस्।   



oh oh oh ...caught in a bad project
why why why oh why?
do I waste my time?
why why why oh why?
Hate this bad project?
मेरो अनुभब पढ्न भित्र आउनुस्।

In my rotation, you said guaranteed
One year = first author, is all I would need
But you just lied
lied lied lied but you just lied

you were defending, one foot out the door
I got your project and its problem galore
I hate my life
life life life I hate my life

You know that I want you (publication)
And you know that  need you
I got a bad project

I want good data
A paper in "Cell"
But  I got a project straight from hell
I wanna graduate in less than 5 yrs
But there ain't no getting out of here
Oh oh oh ...caught a bad project

Your tubes aren't labeled
Your lab book's mess
And all this gives me such incredible stress
What is that smell?..................

धेरै पो रैछ अह टाइप गर्दा। भिडियोमै हेरम है बाकी।

वास्तवमा यो प्यरोडिमा हामि सबैको पिडा र मर्म लुकेको छ। हामि भन्नाले अनुसन्धान हुने प्रयोग्सालाहरुमा काम गर्नेहरु। बिषेश गरि यो गीतमा केन्द्रित गरिय झै बिद्यावरिधी विद्यार्थीहरु।  त्यै भ'र होला खुब फेमस भा'छ यो भिडियो yeuTube मा। यो बर्षको तेस्रो हप्तामा राखेको रैछ, अहिले सम्म करिब २,६८७,५९१ पटक हेरिसकेछन र ३,२४५ वटा प्रतिक्रिया लेखेछन youtube मै। 

कुनै पनि अनुसन्धान कार्य गर्नु निकै कठिन र चुनौतिपुर्ण काम हो। त्यो पनि अझै बिग्यानको क्षेत्रमा। खासगरी युनिभर्सिटीहरुमा हुने अनुसन्धानको प्रकृति कस्तो हुन्छ भने, प्रोफेस्सरले कुनै अनुसन्धान प्रस्ताब् गर्छ, त्यसको लागि चाइने पैसोको जोहो भयो भने त्यसलाई ल्याब्मा बिभिन्न प्रयोग गरेर उतार्ने काम विद्यार्थीहरुले गर्छन्। त्यसैले माथीको भिडियोमा भने झै MS र PhD स्टुडेन्टको सफलता प्रत्यक्ष रुपमा प्रोफेस्सरले लेखेको (डिजाइन गरेको) उक्त प्रोजेक्ट्मा भर पर्छ। यसको मतलब स्यंमा काम गर्ने ब्यक्ति (बिध्यार्थि)मा पर्दैन भन्न खोजेको होइन।

यस्ता अनुसन्धान कार्यमा प्रतक्ष्य सामेल हुने वा भएका लाई थाहा वा अनुभब हुन्छ कि, यस्ता काम कती गाह्रो हुन्छ भनेर। दिन रात् खट्नु पर्छ। यसो गरे हुन्छ की उसो गरे हुन्छ भनेर बिभिन्न तरिका प्रयोग गर्यो। खास गरि यस्ता स्टुडेन्टको जिन्दगी नोक्कर को जस्तो, दासको जस्तो भन्ने गरिन्छ। यति दुख्ख गर्दा पनि एकदम काम पैसो पाउनेमा पर्छन यिनीहरु (हामी हरु)। ज्ञानको खोजिमा। डिग्रीको खोजिमा। पछि राम्रो होला भनेर।

यति गर्दा पनि आफ्नो प्रोजेक्टले भने अनुसारको रिजल्ट नदिदा दिक्क लाग्छ, निरासा उत्पन्न हुन्छ। अनि सोच्न वाध्य भैन्छ की यो प्रोजेक्ट नै खराब प्रोजेक्ट हो। यो काम हुँदै हुदैन जस्तो। सम्भब नै छैन जस्तो।  

No comments:

Post a Comment

Please type your comment in the box below.