Welcome/स्वागतम्

Being a graduate student of Science (Chemistry), it is difficult to get time for this blog. However, I am trying to have at least one blog post per week. This blog was started from fall 2007. I hope this blog is interesting to you. Even though professionally I am a science student, I am not isolated from the people, nature surrounding me. Therefore, most of the posts in this blog are experiences, feeling, and thoughts of a science student influenced and related to society.

8/20/2011

जीवन एउटा सुन्दर फूल नै हो।

जीवन कांडाकी फूल की लेखक झमकले यो सालको मदन पुरस्कार पाइछन्। उनलाई बधाई छ। खासमा यो समर सुरु हुन भन्दा पहिले नै मैले उक्त किताब पढेर सक्या थे'। मध्य जाडो तिर सुस्मा नेपाल बाट आउँदा सरिता लाई कुनै नेपाली किताब यत्तिकै पढ्नको लागि पठाइदिन भनेको थिय। ती मध्य झमकको उक्त किताब थोरै समय मा नै पढेर सक्या थे'। बसमा स्कुल जादा र फर्किदा (लग्भग १२ मिनेट लाग्छ एककोरो)। अर्को कृष्ण धाराबसीको किताब हुरी नआउने घर पनि धेरै जसो (दुइ तिहाइ भनम न) पढेको छु। अलि समय भो नपढेको। खासै यस्ता किताब पढ्ने मान्छे त म हैन। तर मदन पुरस्कार पाएको किताब यो नै होला मैले ध्यान देर पढेर सकेको। किताब सार्है मन छुने खालको छ तर पनि यति ठुलो पुरस्कार जित्ला भन्ने मैले सोचेको थिन। हुनत मैले जज गर्न सक्ने त हैन। अलि पैले नारायण वागलेको पल्पसा क्याफे ले खुब चर्चा पा' बेलामा पढ्न खोजेको झ्याउ लागेर पढ्न सकिन २-३ च्याप्टर बाहेक्। साहेद मेरो स्वाद को नभएर वा मलाई बुज्न अफ्ठेरो भएर हो जस्तो ला'थ्यो। 

म भन्दा केही पहिले जन्मेकी झमकको बारेमा मैले था'पा को बी एस्सी पड्दा खेरी हुनु पर्छ। नव युबा मासिकमा उनको बारेमा बिस्त्रित लेखिएको थियो। त्यसपछि अरु पत्रिकामा पनि चापिन थल्यो। देखे जति पढेको छु। भौतिक रुपमा असक्त हुँदा हुँदै पनि यति सक्रिय रुपमा स्रिजना गर्न सक्ने अदभुद क्षमता हो। उनको कुनै स्रीजना त्यस्तो उल्लेख गर्नलाई याद् त छैन। तर पनि जीवन कांडा की फूल उनको आत्मा ब्रितान्त बनेको छ। 
एउटा टिपिकल पहाडी गाऊले बाहुन परिवार र समाजमा जन्मेकी र हुर्केकी, जन्मिदै cerebral palsy रोग् जस्ले गर्दा हात खुट्टा नचल्ने, उभिन पनि नसक्ने, बोल्न नसक्ने तर सुन्न चाही सक्ने र खुट्टाको ३ औंला चल्ने। यो अवस्थामा उनको जीवन कति कस्टकर थियो भन्ने अनुमान लगाउन गार्हो नपर्ला नेपाली समाज बुजेको लाइ। तर टाठो दिमाग र तिनै तिन्टा औंलाले उनले आफै पढ्न, लेख्न सिकिन र कयौ साहित्यिक कृति लेखिन्, लेख्दै छिन्, कान्तिपुरमा पन्क्तिकार छिन्। अझ यो किताब पढे पछि थाहा भयो की उनी चित्र पनि बनाउदी रैछिन्। कुनै चिज प्रतिको उत्सुकता, लगातारको प्रयास्, लगन्, कडा मिहिनेतले सफलता दिन्छ। यो सुत्र सबै क्षेत्रमा लागु हुन्छ। कसैले धेरै दुख्ख झेल्नु पर्ला कसैले थोरै। 

वास्तवमा कुनै पनि जीवन आफैमा सुन्दर फूल हो-मेरो बिचारमा। मैले कुनै किताब पढेर भन्दा पनि अहिले सम्मको आफ्नै अनुभब र देश् दुनियामा अरुलाई हेरेर, देखेर भनेको हु। झमकको उक्त कितबमा एउटा लेखको स्रिसक नै जीवन काडा की फूल भन्ने छ। जति दुख्ख र हन्डर खाए पनि फूल नै हो भन्ने तिर छ त्यसको लाइन। प्रकृतिको स्रीजना आफैमा सुन्दर हुन्छ। फूल जस्तो के। सजिलो सजिलैको जिन्दगी के जिन्दगी जस्तो लाग्छ। गार्हो अफ्ठेरो र जीवनको अभिन्न अङ्ग हो। दुख्ख त सबैलाई हुन्छ। कुनै न कुनै रुपमा। म सानो हुँदा देखि अहिले सम्म अनेक किसिमका दुख्ख सुख्ख झेलियो। अली शहर तिर र धनी परिवारमा जन्मे हुर्केकाले पनि आफ्नै फरक दुख्ख सुख्ख झेले होलान्। पक्कै पनि झमकले जस्तो दुख्ख झेलेर यो अवस्था सम्म आइपुग्न अरुलाई सम्भव नहोला। उनको मदन पुरस्कार बिजेता किताब्मा भूमिका लेख्नेहरुले भनेका छन् की उनी कुनै दिन विश्व प्रसिद्द हुनेछिन भनेर। पक्कै पनि उनको प्रतिभाको सहि मुल्याङ्कन गरेरै लेखेका होलान्। मेरो बधाई र शुभकामना छ झमक लाइ।    

1 comments:

shankar banjara said...

नेपाल मा दुइ महिला ले मदन पुरस्कार पयका दुबै सारिरिक रुप मा अक्षम एसैले प्रस्त हुन्छ जिबन फुल नै हो जहाँ र जस्तो ठाउँम मा पनि सुगन्ध छर्दै फुल्न सक्छ ।

Post a Comment

Please type your comment in the box below.

Blog Widget by LinkWithin