Welcome/स्वागतम्

Being a graduate student of Science (Chemistry), it is difficult to get time for this blog. However, I am trying to have at least one blog post per week. This blog was started from fall 2007. I hope this blog is interesting to you. Even though professionally I am a science student, I am not isolated from the people, nature surrounding me. Therefore, most of the posts in this blog are experiences, feeling, and thoughts of a science student influenced and related to society.

9/05/2011

पहेलोढुङे राष्ट्रिय निकुन्ज (Yellostone NP) को यात्रा

पोहर साल देखि नै हो एक पटक त जानै पर्छ भन्ने लागेको। प्राबिधिक कारण भनेर अन्तिम् समयमा स्थगित गर्नु परेको। अमेरिकाको हेर्नै पर्ने मध्यको एउटा स्थान हो यो yellostone national park. अझ यता वायोमिङ मा बस्न थाले पछि त उही राज्यमा पर्ने निकुन्ज त हेर्नै झन चासो भयो। नजिक हुनाको कारण। नजिक भन्नाले करिब नौ घन्टाको दुरी गाडिमा। अमिरिकी राष्ट्रपति Grant ले सन् १८७२ मा यो राष्ट्रिय निकुन्ज घोषणा गरेका थिए। यो नै विश्वमै पहिलो राश्ट्रिय निकुन्ज हो। यो निकुन्ज अमेरिकाको वायोमिङमा छ, र अलि अलि आइडाहो र मोन्टाना राज्यमा फैलिएको छ।  ८९८३ बर्ग किलो मिटरमा फैलिएको यो निकुन्जमा बिभिन्न किसिमका जंगली जनावर खसगरी ग्रिज्ली भालु, बाइसन (भैसी पनि भन्छन् खैरेले यसलाइ, तर हाम्रो तिरको जस्तो हैन), बिभिन्न किसिमका म्रिगहरु, कालो भालु, ओल्फ आदि र geotharmal features जस्तै hot spring र geysers पाइन्छन्। प्रत्यक्ष जंगली ठाउमै यस्ता जनावर हेर्ने लालच के। सुश्माले आफ्नो कोर्समा पढेकी रैछन अनि यो निकुन्ज हेर्ने सपना थियो रे। यसपाली त्यो सपना पुरा भयो।

पुरानो मायान पात्रोमा बिश्वासगर्नेहरुको लागि त सन् २०१२ को डिसेम्बरमा प्रलय आएर प्रिथ्बी ध्वस्त हुन्छ भन्ने हल्ला सुन्नु भा होला नि। हो त्यो प्रलय यहि Yellostone बाटै सुरु हुन्छ रे।  आउनुस यसपाली त्यहि ठाउको भ्रमण् गरौ। 

कुन बाटो जाने र कसरी घुम्ने? : यो निकुन्ज जान हामी बस्ने ठाउबाट बिभिन्न बाटा छन्। हाम्ले के बिचार गरिम भने जादा एकातिर बाट जाने अनी फर्किदा अर्को तिर बाट। दुरी र समयको हिसाबले खासै फरक नपर्ने। तर द्रिश्य फरक फरक हेर्न पाइने। हाम्रो टोलिमा म, सुष्मा, शशी सर्, भाउजु, एन्जिला एउटा गाडिमा अनी ब्राड, लिङ र लिङको साथि अर्को गाडिमा थिम्। बिहान करिब पांच बाजे सुरु भयो हाम्रो यात्रा। अंरिकामा बस्दा कहीले नदेखिने सुर्योदय त्यो दिन देखियो। कहीले उठ्ने भएपो ब्यानै देखिन्थ्यो सुर्य उदाको। सदै म उठिसक्दा सुर्य पहिले नै निस्की सकेका हुन्छन्। I-80 मा पश्चिमतिर गाडी चलाउदै जादा बिहानी पखको द्रिश्य रमाइलो थियो। Rock spring सम्म पुगेर त्यहा बात उत्तर तिर लाग्ने। अनी फर्किदा Cody हुँदै Rawlings भएर Laramie आउने Route बन्यो। हेर्नुस तलको गूगल Map।   


View Larger Map

दुई रात् तीन दिनको यात्रा। समर नै पर्यटक जाने peak सिजन। होटेलमा हैन की कcampingम्पिङ गर्ने योजना गर्या थिम्। यसमा २ वटा कारण थे। पहिलो त होटेलमा बस्दा महँगो पर्ने। गरीब Graduate स्टुडेन्टलाई खर्च थेग्न गार्हो। पुरै economic प्लान। दोश्रो camping गर्ने रहर र तेस्को मजा। खाने कुरा Laramieको वालमार्ट बाट किनेर cooler मा हालियो। गाडी पनि आफ्नै, टेन्ट पोहोर किनेको। भन्दा खेरी ठुलो खर्च भनेको गाडीको तेल मात्रै। दुई रात् टेन्ट भित्र सुत्ने र तेश्रो रात् घरमै आइपुग्ने।  यति समयमा हेर्न पार्ने मुख्य मुख्य स्थान हेर्न सकिन्छ भन्ने हिसाबले योजना बनाको थे। 

पहिलो दिन रमाइलो ड्राइभिङ : करिब २०० माइल् तीन घन्टामा ड्राइभ गरे पछि हाम्रो गाडीले ड्राइभर फेर्यो। अब शशी सरको पालो। म अगाडिको प्यासेन्जर सीट्मा। फोटो खिच्ने मेरो काम्। Rock Spring बाट Jackson जाने बाटो( US -१९१) उत्तर तिर लागि सके पछि, पेट्मा मुसा दौड्न थाले। नजिकै जुन पिक्निक स्थल भेटिन्छ तेही लन्च खाने सल्लाह भयो। सुष्मा र बसन्ता भाउजुले अघिल्लो दिन दिन्भर मिहिनेत गरेर बनाको म म खाइयो र बाटो लागियो।  
Mo:Mo break. Heading north to YSNP.

to be continued...............

0 comments:

Post a Comment

Please type your comment in the box below.

Blog Widget by LinkWithin