6/10/2012

भरिया दाईको न "बिसाउने" भारि

भरिया दाईको "बिसाउने" भारि
सुनमाया बिसाउने चौतारी



















यस्तो गीत छ नी यौटा फेमस। मेरो चाइ बिसाउने भन्दा नी नबिसाउने भनम जस्तो। अस्तिको हप्ता भरियाको काम गरियो। हाइकिङ ब्यक्प्यक भरि सामान् भर्यो अनि डांडा कांडा उकाली ओराली गर्यो। पांच दिन सम्म करिब पांच घन्टा प्रत्यक दिन्। उकालो चढेर फर्किदा सामान् पनि काम हुँदै जान्थ्यो। हुनत यस्तो काम हाम्रो देशका लाखौंको दैनिकी नै हो। तर पनि आफूले नगरेको काम गर्दा गार्है हुने। कति खैरे पनि देखिन्थे, तर उनिहरुको आफ्नै चाहना ले। यसरी हिंडेको धेरै बर्ष पछि थियो। एक पटक सानैमा प्युठान गएको थिए, दाङ को बाटो हुदै बुवा सङ। दाङ बाट अली पर सम्म बसमा त्यसपछि तीरामको ओरालो हिडेर र दहखोला सम्म हिंडेको छु। तर भारी बोक्न पारेको थेन। भारी नबोकी त अर्को पटक पनि भालुबाङको बाटो २ दिन हिडेर दहखोला पुगेको छू पचास सालको बर्खा मासमा। अनि ५५ हो की ५६ साल तीर दहहोला देखि नारिकोट सम्म रेकम र शिव अंकलहरू सँग हिंडेको छु। त्यसको मजा छुट्तै थियो। तर भारी बोकेर पनि नहिडेको त हैन। स्कुल पड्ने ताका घासका भारी खेत बाट होस् वा बन बाट होस् सकी नसकी बोकिन्थ्यो/ बोक्न पर्थ्यो। बन बात दाउराका भारी पनि कति बोकियो कति। तर त्यो एकादेशको कथा भैसकेको स्थिति हो। 

एक्कासी अस्तिको हप्ता भारी बोकेर उकाली ओराली गर्दापो गार्हो भयो नि। सुरुका दिनहरू खासगरि। त्यसपछि भने बिस्तारै बानी पार्न थाल्या थ्यो, काम सक्क्यो र फर्कियो। उक्त भारी बोकाइको बिस्त्रित कथा यहा अङ्रेजी मा लेखेको छु, जागर लाग्यो भने पढ्नु होला। अहिले भने हाइकिङ गर्दाका फोटोहरु। 







No comments:

Post a Comment

Please type your comment in the box below.