6/27/2010

फुट्बलको महभारत-आज २ वटा गेम हेरियो

आज शनिबारको गेम हेर्न हिजो नै निम्तो आ'थ्यो। प्रदीप भाईले फेस्बूकमा निम्तो टास्यो। गेम हेर्न आउने लाई स्पेसल कफी र खाजाको ब्यवस्ता। बिहानै उठेर (८:३०)लागे अपार्ट्मेन्ट ४६७ तिर। गेम त उरुग्गेले जित्यो। कोरिया पनि राम्रै खेलेको हो तर गोल गर्न नसके पछी कसको के लाग्यो र। गोल गर्ने केही राम्रा अवसरलाई नगुमाएको भए कोरिया पनि अगाडि बड्ने थियो यो फुटबलको महाभारतमा। एकजना भाई बाहेक सबै जना कोरिया को सपोर्टमा। हामी जता गये पनि जे गरे पनि जातियता र क्षेत्रियताको पक्ष पाती।

भुभुजेलाको(vuvuzela) आतंक भने आज अली कम भाको हो कि? यी पन्क्ती लेख्दा अम्रिका र घानाको गेम मच्चिराको छ। समय सक्की सक्यो बराबर गोलको स्थिती। चाखलाग्दो भैरा छ। हेरम कसले जित्छ? समय थपेर खेल्दा हेरम कसले जित्छ? हेर्दा हेर्दै घानाले आर्को गोल पनि हन्यो। अम्रिकाको आफ्नै फुट्बल छ। हामले भन्ने फुट्बल लाई उनीहरुले सकर भन्छन्। त्यसैले पनि यो फुट्बलमा यो चरण सम्म पुग्नु पनि ठुलो नै होला। हेरिरा'को गेम पनि सकियो। घाना ले जित्यो अम्रिकाले हार्यो।यसपली २ वटा गेम हेरेको आजै हो




समय नमिलेर हेर्न चाहेका गेम पनि हेर्न पाएको छैन हेर्ने सुबिधा हुँदा हुँदै। सानो हुँदा पानसाले चौरमा खेलिन्थ्यो। सानो गांठीको भाको हुनाले सधैं गोल्किपर बस्नु पर्ने। रमाइलाई हुन्थ्यो। फाटेको मोजा भित्र कपडा र पराल कोचेर बनाका भलिबल र फुट्बल पनि खेलियो जमानमा। खुट्टामा जुत्ता हुन्थेनन खेलाडिका। कांडाले घोचेर बल बिग्रिन्थे। फेरी सिलाएर अनी हावा भरेर खेलिन्थ्यो। घर छोडेर हिंडे पछि कहीले पनि खेल्न पाइएन फुट्बल। करिब दशक पछि दुई बर्ष अघि खेल्दा मेसो नमिलेर बुडी औंला को नङ गुमौनु परेथ्यो। आजभोलि कहीले काही खेलिन्छ। तेस्मा पनि अस्ति त पानी परेर चिप्लो भा'को चौरमा चिप्लेर लोट्दा(लड्दा) के रमाइलो भयो होला र।

यो फुट्बलले गर्दा हजुरआमालाई महाभारत हेर्न अवरोध भाइरा'छ। उहाँ पनि हामले फुट्बल हेर्दा वाध्य भएर हेर्नु हुन्छ। रमाइलो हुन्छ उहाँ सँग फुट्बल हेर्दा। 

"तेती धेरै केटाहरु एउटै बलको पछि दगुरेका छन्। अरु एउटा दुइटा बल फाल्दे ता सबै खुशी भएर खेल्दा हुन नी बाबु।" 

म भन्छु होईन हजुरआमा दुइट ग्रुपले एउटै बल हान्ने हो र त्यो जाली मा जसले बल छिरौछ त्यो ग्रुप ले जित्छ।

एउटा गोल झन्डै भा'थ्यो। तर गोल्कीले रोकेर गोल हुन पाएन। हजुरआमले भन्नु भो "तेलले नछेकेको भए त जाली भित्र छिर्ने रएछ नी बल त."


म भन्छु एउटाले हान्ने अरकोले छेक्ने हो हजुरमा. आजको खेलको अन्तीम तिर Ghana ले जब जित्यो तब सबै Ghanaका खेलाडीहरु एकापसमा अन्गालो हाल्दै, झुम्मिदै, एक माथि अरको चड्दै गरेको देखेर हजुर आमले भन्नु भयो: "किन आफै आफै लड्छन त जितेर पनि?"


मैले भन्छु खुशी भएर नी लडेका होइनन। 

"खुशी हुँदा र बाड्दा पनि तेसो गर्न पर्छ त?"

अनी अन्तीममा अम्रिकाले हारेकोमा चित्त दुखाउदै जितेको भए पनि हुनेनी भन्ने आशय को कुरा सुन्दा हजुरमाको मन्मा परेछ "जसले जिते पनि यिनले के पाउने होलन र?"

हुनत कुरो सहि हो। हामीले त के पाउनु नी जलले जिते पनि। न सुनको डल्लो न पैसाको बिटो। तर रमाइलो भने भैरा'छ। मनोरन्जन हेरेर भैरा'छ। 

अब भोली पनि केही गेम हेरिन्छ जस्तो छ। आजै निम्तो आइसक्यो।

No comments:

Post a Comment

Please type your comment in the box below.