7/03/2010

SLC रिजल्टको सम्झनामा

सधैं जस्तै यस्पाली पनि एस.एल.सी को रिजल्ट निस्क्यो। नेपालको शैक्षिक क्षेत्रमा फलामे ढोका मानिने यो परिक्षालाई एउटा ब्यक्तिको जीवन मरणको बिषय बनाइन्छ । प्रत्यक बर्ष आउने SLC को रिजल्टले १४ बर्ष अघि मैले देको SLC को रिजल्ट सम्झाइदिन्छ । बितेका बर्षमा धेरै परिवर्तन आइसकेको छ । यसपालीको रिजल्ट्मा ६४.३१% पास भएछन् । मेरो पालोको तुलनमा त धेरै नै राम्रो हो । तर पनि बाँकी एक तिहाई किन फेल हुन्छन् यसको खोजिनिती गर्नु आवश्यक नै होला ।


मैले पढेको स्कुल , अहिले देखिएका भवनहरु त्यति बेला थिएनन. 
५३ सालको असार (एकजना साथीले जेठको अन्तीम तिर भन्नु भयो) महिना थियो हाम्रो रिजल्ट निस्केको । दिन चाहि याद भएन । अहिले जस्तो इन्टर्नेटको चल्ती थेन, न त अरु संचारका माध्यम् नै थिय । रेडियो नेपालले रिजल्ट प्रकाशित भयो भन्थ्यो अनि गोरखापत्रमा नम्बर आउथ्यो पास् हुनेहरुको । गोरखापत्रसम्म पहुच हुनेले न हो आफै हेर्ने । नत्र कति दिन पछि अरुले भन्दे पछि थाहा हुन्थ्यो । हाम्रो गाउमा त्यो पत्रिका पनि न आउने । अझ सिदै भन्ने हो भने नियमित ग्राहक कोहि पनि थिएनन । गोरखापत्र पनि बेलुकी तिर आइपुग्थ्यो नत्र अर्को दिन् । रिजल्ट निस्केको दिन त पास् भैयो कि फेल थाहा नै भएन । अर्को दिन लालमटिया स्कुलमा गोरखापत्र आयो रे भन्ने सुनियो । अनी सुरेन्द्र र म साइकल चडेर लालमटिया तिर लागिम । मौरिघाट्बाट लालमटिया ४ किमी को बाटो हो । तर त्यहाँ पुग्दा केही मेसो परेन । अति नै रिजल्ट हेर्ने हुटहुटी भाको भए त लमही बजारमा गएर पनि हेर्न सकिन्थ्यो । ५ रुप्पे तिर्यो भने एउटा नम्बर हेर्दिन्थे तेतिबेला । त्यो पनि गरियन । पास त हुन्छु नै भन्ने लाग्थ्यो । टेस्टको नतिजा अनुसार त फस्ट डिभिजन आउछ जस्तो लाग्थ्यो । दोस्रो दिनको साझ तिर हल्ला आउन थाले । फलानो स्कुलबाट यति जना, ढिस्कनो स्कुलबाट उती जना पास् भए भनेर । हाम्रो स्कुलबाट लगभग ३५% पास् भैतिम कि जस्तो लाग्छ अहिले सम्झिदा ।

हामी मौरिघाट स्कुलको SLC दिने तेस्रो ब्याच । पहिलो ब्याचमा सन्तोषजनक नै पास् भा'थे (त्यस्तै एक तिहाइ) । यद्दपी पहिलो डिभिजन्मा कोही पनि थेनन् । दोस्रोमा १ की २ जना अनी बाँकी सबै तेस्रो डिभिजन्मा। अनी एसएलसी दिने दोस्रो ब्याचको रिजल्ट त सुन्य । हाम्रोभन्दा अघिको नतिजा त्यस्तो थियो । त्यसैले पनी हाम्रो नतिजा महत्वपुर्ण थियो स्कुलको निरनतर्ताको लागि । दाङ-देउखुरीको मौरिघाटमा रहेको मेरो स्कुलको नाम हो "श्री माद्यामिक बिद्यालय मौरिघाट"। हाम्रो गा बि स- लालमटिया, मा यौटा पुरानो स्कुल थियो अनी हाम्रो स्कुल भर्खरको नया । गाउलेहरुले ठुलो मिहिनेत गरेर हाइ-स्कुल बनाएका । स्कुलको समस्या र पढाईको बारेमा कुनै सन्दर्भमा कुरा गरौला। अहीले एस.एल.सी नतिजा तर्फ नै लागम है त।

रिजल्ट निस्केको तेस्रो दिन हुनुपर्छ गोरखापत्र हेर्न पाइयो । बस बिसौनिमा कसैले ल्याको गोरखापत्र थियो । आफ्नो नम्बर हेरे । तर पास हुनेहरुको नम्बरमा त छैन गांठे । मेरो रिजल्ट त रोक्केछ । पास हो की फेल केही थाहा भएन । पास हुन्छु भन्नेमा ढुक्क भएर हो की के हो मेरो मन्मा खासै चिन्ता लागेको याद छैन । करिब एक हप्ता पछि मेरो मार्कसिट भने अरुहरुको संगै आयो । रिजल्ट अपेक्षित नै थियो । लाटा देशको गांडा तन्नेरि । स्कुलको नाक जोगियो ।

3 comments:

  1. Basantaji malai tyo result jestha 26-27 tira bhaye jasto lagcha

    ReplyDelete
  2. पुराना कुरा रमाइलो मानेर पढें । अहिले सञ्चारको सुविधा केही राम्रै भएकोले रिजल्ट थाहा पाउन त्यो बेलामा जस्तो गाह्रो नभए पनि करिब करिब आधा जसो विद्यार्थी अनुत्तीर्ण हुनु भनेको पनि गम्भीर नै कुरा हो ! यसको खोजीनिती गरेर शिक्षा क्षेत्रमा सुधार त गर्नै पर्छ (तर कसले पो गर्ने होला :))

    ReplyDelete
  3. To bela ma Pokhara thye, malai fon garna parto ni

    ReplyDelete

Please type your comment in the box below.