7/17/2010

मानिसभन्दा अगाडि पशुपंक्षी Animals/birds sense earthquake

अक्टोपसको चर्चा खुबै भयो यस्पालि। यसको कारण थियो उसले गरेको फूट्बलको भबिस्यबाणि। फुट्बल भयो दक्षिण अफ्रिकामा अक्टोपस बस्छ जर्मनीमा। अक्टोपस र फूट्बलको के सम्बन्ध छ र उसले गेम कसले जित्छ भनेर भन्न सकुस। मिल्न त उसको प्राय: जसो भबिस्यबाणि मिले। तर मेरो विचारमा यो सबै काकताली मात्रै थियो। तर धेरै जसो मान्छेहरु  यसैको पछि लागेको देखेर अचम्म लाग्छ। जनावर र चराहरु प्रकृति सँग नजिक को सम्बन्ध राख्छन्। यसै मेसोमा ईण्डियन ओसन्मा डिसेम्बर २००४ मा गएको सुनामी पछि २००५ को सुरु तिर एउटा लेख लेखेको थिय। नेपालको कुनै राष्ट्रिय पत्रिका (युवामन्च हुनु पर्छ) मा प्रकाशित उक्त लेख यसपटक यो ब्लग मार्फत फेरी बाड्न मन लाग्यो।
 .......................................................................................................
हामीले पशुपंक्षीलाई अनेक रुपमा प्रयोग गर्दै आएका छौं । खानाको रुपमा, यातायातमा सहयोगीको रुपमा र धरैजसो जन्तुहरूको विभिन्न अंग प्रत्यङ्गलाई परम्परागत घरेलु तथा आधुनिक औषधी उपचारमा प्रयोग गरिदै आएको छ । त्यतिमात्र नभएर पशुपंक्षीबाट मानिसले महŒवपूर्ण सूचनाहरू पनि लिदै आएका छन । कागले पहिले पहिले हुलाकीको काम गथ्र्यौ भन्ने विश्वास रहिआएको छ । काग घर अगाडि आएर करायो भने के खबर ल्यायो वा कही कतै केही भयो कि भन्ने आशंका गरिन्छ । यसकै लागि काग तिहार मनाइन्छ । त्यसैगरी कुकुरको सुघ्नसक्ने विशिष्ट क्षमतालाई पनि मानिसले प्रयोग गर्दै आएका छन् । त्यसैले कुकुरलाई विभिन्न अनुसन्धानकार्यका लागि अपराधी पत्ता लगाउन, विस्फोट पर्दाथ पत्ता लगाउन प्रहरी, सेनाले अहिले पनि प्रयोग गर्छन् । यस्तै विशेष क्षमता भएका पशुपंक्षीहरूले प्राकृतिक विपत्तीको पूर्वानुमान गर्न सघाउने गरेका छन् । उनीहरूको बानी व्यवहारबाट हामीले प्राकृतिक विपत्ति आउन लागेको थाहा पाउन सक्छौं । 


प्राकृतिक विपत्ती आउदा पशुपंक्षीहरूले अचम्म अचम्मका व्यवहार देखाउने गर्दछन् । हात्तीले सुंडको सहायताले जमिनमा टाँसिएर नियन्त्रित रहने गरेको पाइएको छ । त्यसैगरी जमिनभित्र बस्ने मुसा, सर्प, खरायो, र दुम्सी दुलो बाहिर निस्कन्छन् । सँगुर र बंगुरले एक आपसमा टोकाटोक गर्ने, कुकुर अनांठो शैलिमा चिच्याउने, माछा पानीको माथिल्लो सतहमा जम्मा हुने कुरा अनुसन्धानकर्ताहरूले बताएका छन् । विशेषज्ञहरूले यस्ता असामान्य क्रियाकलाप गाई, घोडा, गधा, मृग, वाख्र्र्रा, विराला, चराहरू, किराहरूले समेत देखाउने बताएका छन् । 

गत पुस एघार गते विहान छ बजे इन्डोनेशियाको पश्चिम किनार क्षेत्रको सुमात्रा टापु आसपास समुद्री सतहबाट चालिस किलोमिटर तल केन्द्रबिन्दु भएको ८.९ रेक्टर स्केलको भूकम्प गयो । उक्त भूकम्पको कारण समुन्द्रमा ठूलो छाल उत्पन्न भयो । सुनामी  नामले बहुचर्चित उक्त छाल केही समयमै एशियाका देशहरू इन्डोनेशिया, श्रीलंका, भारत, माल्दिप्स, बर्मा, बंगलादेशदेखि लिएर अप्र्रिmकी देशहरू तान्जानिया, सोमालिया र केन्यासम्म फैलियो र ठूलो जनधनको क्षति भयो । सर–सामानको नोक्सानीको कुनै लेखाजोखा गर्न नसकिए पनि करिव तीन लाख मानिसको ज्यान गयो भने हजारौ घरवारविहिन भए । 

एउटा अचम्मको कुरा के छ भने यसरी लाखौ मानिसलाई मृत्युको मुखमा पु¥याएको सुनामी लहरले एउटा पनि जनावरलाई हानी पु¥याउन सकेन । कैयौ मानिसहरू मरेको श्रीलंकाको याला समुन्द्री किनारमा अवस्थित याला राष्ट्रिय निकुञ्जको दुईमाईलभित्र एउटै जनावरको लाश भेटिएन । त्यहाँ सयौं हात्ती चितुवा तथा अन्य जनावरहरू रहेका छन् । त्यस्तै गरी थाइल्याण्डको दाओल्याक समुन्द्री किनारमा पर्यटकहरू बोक्न प्रयोग गरिएका छ÷सातवटा हात्तीहरू सुनामी लहर त्यहाँ पुग्नभन्दा एकैछिन अघि माहुतेको आदेशलाई नै नमानी समुन्द्री किनारबाट वेतोडले पहाडतिर दौडिए । यिनीहरू किन यसरी दौडिए भनेर केही पर्यटकहरू पनि पछि पछि दौडिए । त्यसको एकैछिनपछि त्यहाँ ठूलो समुन्द्री लहर आयो र त्यसले तीन हजार आठसय जना मानिसको ज्यान लियो ।

यसबाट के थाहा हुन्छ भने मानिसले पूर्वानुमान गर्न नसकेका कतिपय प्राकृतिक बिपत्तिहरू जनावरहरूले थाहा पाउछन् । भुकम्पको पूर्वानुमान गर्ने संयन्त्र संसारमा विज्ञानले विकास गर्न सकेको छैन । तर कतिपय जनावर र पशुपंक्षीले त्यसको पूर्वसंकेत गर्ने गरेका प्रमाणहरू पाइन्छन् । यसबाट प्रश्न उठछ – आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मान्छे अन्य पशुपंक्षीभन्दा सबै कुरामा वढि जान्ने हो त ? पक्कै पनि होइन । त्यसकारण पशपंक्षीबाट सिक्नु पर्ने कुराहरू पनि छन् । पशुपंक्षीले भूकम्प, ज्वालामुखी लगायतका प्राकतिक बिपत्तिका बारेमा पूर्व संकेत पाएका प्रसस्त उदाहरण छन् । विश्वकै सबैभन्दा धेरै पेन्गुइन पाइने अन्टार्टिका महादेशको माकारी टापुमा डिसेम्बर १४ मा ८.१ रेक्टर स्केलको भूकम्प गयो । तर समुद्रभित्रबाट जमिनमा त्यो भुकम्पको धक्का प्रसार हुन अघि नै त्यहाँका पेन्गुइन चरा सुरक्षित स्थलतर्फ लागिसकेका थिए । सन् १९७५ मा चीनको हाइचेङमा ७.३ रेक्टर स्केलको भूकम्प गयो । तर जनावरले दिएका संकेतलाई आधार मानेर सरकारले भूकम्प जानुपूर्व नै अठार लाख मानिस बसोवास गर्ने सो क्षेत्रका मानिसलाई रातारात अन्यत्रै सारेको हुनाले ठूलो मानवीय क्षति हुन पाएन । यस्ता धेरै उदारणहरू छन् ।

पशुपंक्षीले प्राकृतिक बिपत्ति अगाडि देखाउने यिनै विशेष गुणहरूले गर्दा मानिसहरूले जनावरहरूको छैठां इन्द्रिय समेत भएको विश्वास गर्छन । तर यो कुराको वैज्ञानिक रुपमा प्रमाणित भएको छैन । जनावरमा हुने केहि विशेष क्षमताको आधारमा उनीहरूले प्राकृतिक बिपत्तीका बारेमा संकेत गर्न सक्ने कुरामा विश्वास गरिन्छ । उदाहरणको लागि गाँउघरमा पाइने लाटोकोसेराको कुरा गरौं । यो चराको मानिसकोभन्दा दशौं गुणा बढी श्रवण क्षमता हुन्छ । मानिसको कानले सुन्नै नसक्ने आवाज पनि यी चराले चर्कोसँग सुन्छन् । भूकम्प पृथ्वीको सतहमा आइपुग्नुअघि जमिनमुनिका ढुङ्गा र चट्टानहरू टुक्रिएको र भासिएको आवाज तिनले सुन्ने हुनाले नै तिनलाई पूर्वानुमान गर्न सजिलो भएको विश्वास गरिन्छ । कतिपय जनावरमा पृथ्वीको चुम्बकीय मात्रा घटबढ हुँदा त्यसको मात्रा र कम्पन ग्रहण गर्ने र दिशा पत्ता लगाउने क्षमता हन्छ । चुम्बकीय क्षेत्रमा भूकम्पको केन्द्रबिन्दु नजिक घटबढ हुनाले जनावरले त्यसलाई अनुभुत गर्न सक्छन । पृथ्वीबाट आउने हावा वा ग्याँसको विद्यूतीय परिवर्तनसमेत पत्ता लगाउने हुनाले जनावरलाइ भूकम्पको अग्रिम संकेत पाउन सजिलो पर्छ । यसका बावजुतपनि वैज्ञानिकहरू सबैखाले भूकम्पले जनावरमा अनिवार्य रुपमा अनियमित क्रियाकलाप देखाउँछन भन्ने कुरामा विश्वास गर्दैनन् । यसरी कतिपय कुरामा पशुपंक्षी मानिसभन्दा अगाडि भएको तथ्य स्थापित भइसकेपनि बैज्ञानिक रुपमा प्रमाणित हुन सकेको छैन । तर पनि आपूmसँग नभएको ज्ञान पशुपंक्षीबाट सिकेर प्राकृतिक प्रकोपबाट जोगिनु बुद्धिमानी हुन्छ ।

बसन्त गिरी

No comments:

Post a Comment

Please type your comment in the box below.