5/01/2020

आहा कति राम्रा फूल फूलेका

कोरोना भाइरसको कारण लामो लकडाउनमा बस्दा अब त बोर नै लागिसक्यो। घरै बसेर कम्प्युटरमा गर्ने काम त जति पनि छ। गरि पनि राखेकै छु। तर पनि मोनोटोनस भैरहेको छ।

यस्तो बोर लाग्यो भने तपाइँ के गर्नु हुन्छ?

पहिले बिद्यार्थी हुदा टेन्सन हुँदा कि त क्यामेरा बोकेर फोटो खिच्न निस्किन्थे कि गाडि लिएर घुम्न।

लकडाउनको स्ट्रेसबाट मन भुलाउन घर वोरिपरी फुलेका फूलहरुको फोटो खिचेको छु । धेरै त आफ्नै घरमा आफैले लगाएर हुर्काएका फूल हुन्। लकडाउनमा फूलेका फूल। हुनत लकडाउन नभए नि फूल्दा हुन्। तर अलि बढि स्याहार सुसार भने पक्कै पाएका छन्।

फोटा रमाइला लागे कमेन्ट गर्नु होला।

IMG_5940


IMG_5848

गुलाब 
IMG_5846


IMG_5841

के फूल थाहा भएन तर यो झार हो
IMG_5823


IMG_5849


IMG_5856

सयपत्री 
IMG_5949

4/21/2020

साबुनको शक्ति

बसन्त गिरी 


चिनबाट सुरु भएको कोरोना भाइरसले विश्वब्यापी लगभग बिस लाख मान्छेलाई संक्रमित बनाइसक्यो। एक लाख बढिको ज्यान गैसक्यो र अरबौ मान्छेहरु बन्दाबंदीमा बस्न बाध्य छन्। यो भाइरस नयाँ भएकोले यसले लाग्ने रोग कोभिड-१९ ठिक गर्ने औषधी वा खोपको बिकास भैसकेको छैन। त्यसैले भाइरस लाग्नबाटै बच्नु नै पहिलो प्राथमिकता भएको छ। अहिलेसम्मको अनुसन्धानले देखाए अनुसार कोरोना भाइरस मुख्यगरी भाइरस संक्रमित चिजबिजको सम्पर्कबाट सर्छ। रोगि मानिसको शरिरबाट निस्किने थुक, र्याल, खोकीका छिटासंगै निस्कने भाइरस कुनै तवरले निरोगि व्यक्तिले छुन्छ। त्यसपछि उक्त निरोगी व्यक्तिको नाक, मुख वा आँखासम्म पुग्यो भने भाइरस म्युकसको माध्यमबाट निरोगी मानिसको शरीर भित्र पस्छ। अथवा भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाच्छेउ गर्दा नजिकै रहने व्यक्तिमा सर्ने सम्भावना हुन्छ। हाम्रो हातले यस्तो भाइरस संक्रमित सतह छोइने र सोहि हात मानिसले नाक, मुखमा लगिरहने कारणले हातको माध्यमबाट भाइरस सर्ने सम्भावना धेरै हुन्छ। यसरी सर्ने कोरोना भाइरसको संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र त्यो सम्भब नभए अल्कोहल स्यानेटाइजर प्रयोग गर्ने उपाए प्रभावकारी मानिएको छ। यो शताब्दीकै ठुलो महाब्याधीले ब्यक्तिगत सरसफाइमा साबुनको शक्तिलाई एकपटक फेरि सम्झाइदेको छ। 


म सानो हुदा करिब ३०-३५ बर्ष अघिसम्म पनि नेपालका गाउँतिर साबुनले हात धुने चलनै थिएन। साबुन सजिलोसंग उपलब्ध थिएन। हात र लुगा धुन खरानी प्रयोग हुन्थ्यो। पहाडी क्षेत्रमा रिठ्ठोले काम चलाउने गरेको थाहा छ। संसारको केहि ठाउमा भने करिब पांचहजार बर्ष अघिदेखि नै साबुन बनाउने र प्रयोग गर्ने गर्दा रहेछन। सबैभन्दा पहिले करिब ४८०० बर्ष अघि साबुन जस्तै पदार्थ बनाएको जस प्राचिन बेबिलोनलाइ जान्छ। बेबिलोन अहिलेको इराकतिर पर्छ। पानी, क्षार र कासियाको तेलबाट साबुन बनाउने सुत्र बेबिलोनमा लेखिएको भेटिएको बताइन्छ। इजिप्टतिर पनि करिब ३५०० बर्ष पहिले साबुन बनाएको पाइन्छ। साबुन प्राय ठोस हुन्छ। आजभोलि झोल साबुन पनि पाइन्छ। ठोस साबुनको इतिहास लामो भएपनि झोल साबुन भने डेढ -दुइसय वर्ष अघिदेखि मात्र बनाउन सुरु गरिएको रहेछ। साबुन अहिले धेरै क्षेत्रमा प्रयोग गरिने भए पनि हामीले घर-घरमा भने व्यक्तिगत सरसफाइमा प्रयोग गर्ने गरेका छौ।  


साबुन बोसो वा तेल र क्षार मिसाएर बनाइने पदार्थ हो। जस्तो जनावरको बोसो र खरानी मिसाएर पकाउने। त्यसैले यो बनाउन सजिलो पनि छ। हजारौ बर्षसम्म पनि साबुन बनाउने आधारभुत शुत्र खासै परिवर्तन भएको छैन। हामीले घरमा प्रयोग गर्ने साबुनलाई टोइलेट सोप पनि भनिन्छ। बोसो वा तेलको र क्षारको प्रकारले साबुनको गुण फरक पर्दछ। साबुन जस्तै सरसफाइमा प्रयोग हुने डिटरजेण्ट वा सरफ भने रसायनिकरुपमा अलि भिन्न चिज हो। साबुन अहिले संसारभरी पाइन्छ र प्रयोग हुन्छ। सरसफाइका अन्य उपायभन्दा साबुन सस्तो, सजिलै पाइने र भरपर्दो पनि छ। जिवाणुरोधी औषधी हालेको साबुन पनि बजारमा पाइञ्छ। तर यस्तो साबुनले सामान्य औषधी नहालेको साबुनले भन्दा राम्रो काम गरेको प्रमाणित भएको छैन। 


कोरोना भाइरस मात्रै नभएर अन्य संक्रमणजन्य रोगहरुबाट बच्न पनि साबुन पानीले हात धुनुपर्छ भन्ने अभियान नेपालमा पनि केहि दशक देखि चलिरहेकै छ। जस्तै जुका, ब्याक्टेरिया, अन्य भाइरसबाट हुने रोगहरुबाट बच्न पनि साबुन पानीले हात धुन आवश्यक छ। हात सफा राख्नु जिवाणु संक्रमणबाट जोगिनु महत्वपुर्ण कदम हो। धेरै रोगहरु हात सफा नगर्नाले सर्दछन। तर यो तथ्य डेढसय बर्ष भन्दा अघि मान्छेलाई थाहा थिएन। 

अहिले स्थापित भएको राम्रोसंग हात धुनाले रोग सर्नबाट बच्न सकिन्छ भन्ने तथ्य पत्ता लगाउने जस भिएनामा काम गर्ने हंगेरीका डा. सिमेवेजलाइ जान्छ। उनले यो तथ्य सन् १८४६ मा पत्ता लगाएका थिए। त्यतिबेला सुत्केरी महिलामा गर्भासयको संक्रमणपछि आउने जोरो र त्यो सम्बन्धी समस्याले र भर्खर जन्मेका बच्चा मरिरहेका थिए। त्यो बेला सर्बसाधारणको त कुरै छोडौ स्वास्थ्यकर्मीले पनि बेलाबेलामा हात धुने नगर्नेरहेछन। एक महिलाको अपरेसन गर्यो, मरेका लास चिरफार गरेर अध्ययन गर्यो, ति लासबाट बायोप्सीको लागी टिस्यु निकाल्यो। अनि अर्को बिरामी हेर्यो वा फेरी अपरेसन गर्यो। यो बिचमा हात धुने वा सरसफाइको चलन थिएन रहेछ। सिमेवेजले अनुसन्धानपछि पत्ता लगाए की डाक्टरहरुको हात फोहर भएकोले उक्त संक्रमण सरेको रहेछ। महिला र बालबालिका मात्रै होइन स्वयम् चिकित्सक र प्याथोलोजिस्टहरुको पनि मृत्यु हुने रहेछ। सिमेवेजले संक्रमणको कारण फोहरी हात हो भन्ने पत्ता लगाए पछि बल्ल हात धुने चलन सुरु भएको रहेछ। र त्यसपछि उक्त जोरोबाट मर्नेहरुको संख्या उल्लेख्य कम भएको रहेछ। तर अफसोच सिमेवेज नै अन्तिममा त्यही रोगको संक्रमणबाट मरेका रहेछन।

साबुनले कसरी काम गर्छ?
साबुन प्रयोगगर्दा यसले फोहर पदार्थलाई घोल्छ अनि पखाल्दा जे सफा गर्ने हो त्यहाँबाट फोहर हटाउछ। उदाहरणको लागि चिल्लो लागेको भाँडा माज्दा पानीले मात्रै धुदा चिल्लो जादैन। तर साबुन वा सरफ प्रयोग गरेर भाँडा माज्दा सर्लक्क सफा हुन्छ। हो त्यस्तै तरिकाले कोरोना भाइरस र अन्य जिवाणु पनि साबुन पानीले हात धुँदा साबुनले पखालिदिन्छ। कोरोना भाइरसको केसमा साबुनपानीले हात धुँदा दुइवटा काम गर्छ। पहिले भाइरसलाई टुक्राइदिञ्छ अथवा निस्क्रिय बनाउछ, त्यसपछि हातबाट पखाल्छ। 


साबुन पानीले हात रगड्दा फिज निस्कन्छ। यो फिजमा साना साना फोका हुन्छन। यी फोकाहरु माइसेलका समूहहरु हुन। प्रत्यक माइसेल धेरै साबुनका अणु एकिकृत भएर बसेका भकुण्डो जस्तै हुन्। साबुनका अणुहरु चंगा जस्तो एकापट्टि टाउको र अर्को पट्टि पुच्चर भएका हुन्छन। टाउकोले पानीजन्य पदार्थ मन पराउछन भने पुच्छरले तेलिय पदार्थ मन पराउछन। माइसेल बन्दा पुच्चर पुच्छर नजिकै आउछन र गोला बनाउछन जसको सतहमा पानीजन्य टाउका हुन्छन।  


कोरोना भाइरस हाम्रो नाङ्गो आँखाले नदेखिने सानो हुन्छ। भाइरसको बाहिरि पत्र चिल्लो (बोसो) जस्तै लिपिडले ढाकेको हुन्छ। त्यो लिपिड भित्र भाइरसको आरएनए हुन्छ। साबुनले भाइरसको बाहिरि लिपिड आवरणलाई पगाल्छ र भित्रको आरएनएलाइ निस्क्रिय पारिदिन्छ। यसको अर्थ भाइरस मर्यो भन्ने हुन्छ। अथवा यसरी निस्क्रिय भाइरसले मान्छेको जिउदो कोषलाई प्रभाब पार्न सक्दैन। साबुनले पानी र तेल मोलिक्युल बिचमा मध्यस्तताको काम गर्छ। एकातिर तेल अर्को तिर पानीसंग टासिञ्छ। अब हात पखाल्दा निस्क्रिय भाइरस पनि पखालिंछ। साबुन पानीले हात धुँदा मज्जाले फिँज निस्किने गरेर हातको सबैतिर - अगाडी, पछाडी, कुना काप्चा - साबुन पुग्ने गरेर हातहरु रगड्नु पर्छ। करिब २० सेकेण्डसम्म हात मिची मिची धुन सुझाइएको छ। यसरी धुँदा सकेसम्म धारोको पानीमा धुनुपर्छ। धोइसकेपछि हात सुकाउनु वा सुख्खा पार्नुपर्छ। सबैतिर सफा टाबेल वा पेपर टावेल नहुन सक्छ। त्यस्तो अवस्थामा धोएको हात माथि फर्काएर घाममा सुकाउने गर्नु पर्छ। 


नेपाल लगाएतका धेरै देशमा साबुन बानीले हात धुने सुबिधा छैन। बानी पनि छैन। कसरी साबुन पानीले राम्रोसंग हात धुने जानकारी पनि छैन। अझैपनि राम्रोसंग हात यसरी धुने भनेर सिकाउन विभिन्न प्रचार सामग्री बाडिएको देख्छौ। अहिले कोरोनाको संक्रमणबाट जोगिन हात धोउ, हात धोउ र फेरी हात धोउ भनेर जनस्वास्थबिज्ञ भनिरहेकै छन्। दिनको धेरै पटक साबुन पानीले हात धुँदा पट्यारलाग्दो त हुन्छ नै। तर पनि धुन त छोड्न भएन। कति पटक वा कतिबेला धुने त? खाना खानु र खाइसके पछि, चर्पी प्रयोग गरे पछि साबुन पानीले हात धुने भनेर रेडियो टेलिभिजनबाट हामीले लामो समयदेखि सुनिराखेकै र हेरिराखेकै हो। यो त जहिलेपनि गर्नु नै पर्छ। तर अहिले कोरोना भाइरस संक्रमण जोखिमको समयमा अलि धेरै पटक हात धुन जरुरी छ। हामीले कोरोना दूषित कुनै बस्तुलाई छुन्छौ अनि हात नाक मुखमा लाँदा कोरोना सर्ने सम्भावना बढि हुने भएकोले हरेक संकास्पद बस्तु छोएपछि हात धुँदा राम्रो। त्यसपछि खाना बनाउनु अघि र पछि, बिरामीलाई हेरचाह गर्नु अघि र पछि, खोक्दा, हाच्चेउ गर्दा, घरपालुवा वा अन्य जनावरलाइ रेखदेख गरेपछि पनि साबुन पानीले हात धुन आवश्यक छ। 


साबुन कि स्यानेटाइजर 
अहिले साबुन संगसंगै स्यानेटाइजर प्रयोग पनि ह्वात्तै बढेको छ। यसको अभाब भैराखेको खबर आएको छ। उक्त अभाब पुर्तिगर्न स्थानियतहमै आ-आफै स्यानेटाइजर बनाउने लहर बढेको छ। नास्टसंगको सहकार्यमा ललितपुर उपमहानगरले वडा-वडामा स्यानेटाइजर बनाउने तालिम नै दियो। अझै घरमै बनाइने रक्सिबाटै स्यानेटाइजर बनाउने भनेपछि गुणस्तर कायम हुदैन कि भनेर त्यसको आलोचना पनि भएको छ। औषधी व्यवस्था विभागले यसअघि नबनाएको स्यानेटाइजरको गुणस्तर अहिले यहि समयमै जारि गरेको छ।


स्यानेटाइजर दुइ किसिमका हुन्छन। एउटा अल्कोहल र अर्को एण्टाइबायोटिकबाट बनेको। कोरोना भाइरसको लागि अल्कोहलवाला स्यानेटाइजर प्रयोग गर्न भनिएको छ। यस्तो स्यानेटाइजरमा कम्तिमा ६०% अल्कोहल हुनुपर्दछ। अन्यथा स्यानेटाइजरले भाइरस मार्न सक्दैन। अल्कोहल इथाइल वा आइसोप्रोपाइल हुनुपर्दछ। 


अल्कोहल स्यानेटाइजरले पनि कोरोना लगाएतका भाइरस र अन्य ब्याक्टेरियालाइ निस्क्रिय पार्छ। तर सबै किसिमको जिवाणुमा अल्कोहलले काम गर्दैन। फोहर हात, छालामा अल्कोहल स्यानेटाइजरले काम गर्दैन। अल्कोहलले जिवाणु मारेपनि हातबाट नपखालिने भएकोले पहिलो प्राथमिकता साबुन पानीले हात धुन नै भनिएको हो। तर हरेक पटक त्यसो गर्न सम्भब नहुने भएको अवस्थामा स्यानिटाइजर प्रयोग गर्न उपर्युक्त हुन्छ। हाते स्यानेटाइजरलाइ साबुन पानीको ब्याकअपको रुपमा राखिएको छ। जतिबेला साबुन पानीले हात धुन मिल्दैन त्यतिबेला स्यानेटाइजर प्रयोग गर्ने। स्यानिटाइजर खादा अझ प्रभाबकारी हुन्छ भन्ने भ्रम फैलिएको देखियो। यो सत्य होइन। 

अन्त्यमा 
अहिलेको कोरोना महामारीबाट बच्न पटक पटक साबुन पानीले हात धोऔ। हात धुनाले हातमा भएको फोहर, माटो र सुक्ष्म जिवाणु सफा गर्ने भएकोले अन्यरोगहरु - जस्तै जुका, इन्फ्लुएन्जा, पखाला, हैजाबाट पनि बच्न सहयोग गर्छ। सफा साबुन पानीले हात धुदैमा रोकिने रोगका कारण प्रत्यक बर्ष लाखौ मान्छेहरु अझै पनि मर्ने गर्दछन। हाम्रो जस्तै अविकसित देशहरुमा निमोनिया र पखालाले विश्वभर बर्सेनी पैंतीसलाख बालबालिका मर्छन। ब्यक्तिगत सरसफाइमा ध्यान दिंदा खोप र चिकित्सकीय हस्तछेप भन्दा प्रभावकारी तरिकाले यस्ता रोगहरुबाट बच्न सकिन्छ। तर बिडम्बना विश्वमा करिब तीन अरब जनसंख्यासंग हात धुन चाहिने साबुन वा पानी छैन। विश्व स्वास्थ संगठनको तथ्यांक अनुसार नेपालमा ४८% जनसंख्यासंग मात्रै साबुन पानीले हात धुने सुबिधा छ। र सुबिधा भएकाले पनि नियमित रुपमा साबुन पानीले हात धुने बानी अझै बिकाश भैसकेको छैन। आशा गरौँ अहिलेको कोरोना भाइरसको कारणले बढेको हात धुने अभियान हाम्रो बानीको रुपमा बिकसित हुन्छ र संक्रमणजन्य रोगहरुबाट बच्न सहयोगी हुने छ। 
----------------
यो लेख नेपालखबरमा बैशाख ६ गते प्रकाशित भएको हो। ब्यक्तिगत आर्काइभको लागि यहा राखेको छु। 

2/21/2020

के मास्कले साच्चिकै भाइरस सर्नबाट जोगाउछ?

बसन्त गिरी र भानु न्यौपाने

धुलो र धुँवाबाट जोगिन हामी दुबैजनाले पहिले देखिनै नियमित अनुहार मास्क लगाइराखेका छौ। हामीले गत बर्ष मास्कले धुलोका कण कति प्रभाबकारी ढंगले रोक्न सक्छ भन्ने अनुसन्धान गरेका थियौ। उक्त अनुसन्धान बैज्ञानिक जर्नलमा प्रकाशित भएको छ। हाम्रो अध्ययन अनुसार घर बाहिर निस्किने सय मध्ये करिब तिसजना काठमाण्डुबासीले मात्रै मास्क लगाउछन। तर चीनबाट फैलिएको नोभल कोरोना भाइरसको कारण अहिले अनुहार मास्क लगाउनेको संख्या उल्लेख्य बढेको छ। स्थानिय बजारमा मास्कको अभाव नै देखिएको छ। र संगसंगै मुल्यपनि बढेको छ। बिस्व स्वास्थ संगठनले कोरोना भाइरस आपतकाल घोषणा गरेपछि मास्कको माग संसारभरिनै अत्यधिक बढेको छ। नेपालबाटै लाखौ मास्कहरु चीन र हंगकंग तिर निर्यात भएको समाचार आएको थियो। केहि दिन अघि नेपाल सरकारले त चीन सरकारलाई सहयोग स्वरुप मास्क प्रदान गर्यो। चीनमा उवानको स्थानिय सरकारले त्यहाँका जनतालाई सार्बजनिक स्थानमा जादा अनिबार्य मास्क लगाउन भनेको छ। चीन र भारतले मास्क निर्यातमा प्रतिबन्ध नै लगाएको जनाइएका छन। नेपाली बजारमा मास्कको कमि नहोस भनेर औषधी व्यवस्था विभागले मास्क निर्यात नगर्न र नेपालको लागी चाहिने आवश्यक मास्क प्रयाप्त मात्रामा राख्न नेपाली सप्लाएर्स र उत्पादनकर्तालाई सार्बजनिक अनुरोध गरेको छ।

अहिले आम जनमानसले भाइरस सर्नबाट जोगीने आशामा मास्क लगाइराखेको बुझ्न कठिन छैन। तर मास्कले साच्चिकै भाइरस सर्नबाट जोगाउछ त भन्ने अन्योल कायम छ। 

थरिथरिका मास्क
अनुहार मास्कले प्रयोगकर्ताको मुख र नाकलाइ बाहिरी वातावरणबाट छुट्टाउन भौतिक छेकबार लगाउछ।मास्कहरु विभिन्न पदार्थले बनेका, विभिन्न मोटाइ भएका, फरक फरक तह भएका हुन्छन। र तिनको तरल पदार्थको छिटा, धुलोका कणबाट जोगाउने अनि संक्रमणबाट रोकथाम गर्ने क्षमता पनि फरक फरक हुन्छ। यी गुणहरुले मास्क लगाएर स्वास फेर्दा कति सजिलो वा असहज हुन्छ भन्ने पनि निर्धारण हुन्छ।

हामीले गरेको मास्क संबंधी अनुसन्धान अनुसार काठमाण्डुमा मास्क लगाउने मध्ये दुइ तिहाइ भन्दा बढिले कपडाको मास्क लगाउने रहेछन। कपडाको मास्क अन्य प्रयोजनमा प्रयोग हुने कपडाबाट स्थानिय रुपमै बनाइञ्छ र सस्तोमा पाइञ्छ । यस्ता मास्क धोएर पुन लगाएको देखिन्छ। कपडाको मास्क अन्य विकाशील देशहरुमा पनि अत्यधिक प्रयोग हुने अनुहार मास्क हो। यस्ता मास्कमा दुइ पत्र हुन्छन। कानमा अड्याउनको लागि प्रयोग गरिने धागोले तानतुन पार्दा मास्क नै तानिन्छ। हामीले गरेको उत्क अध्धयन अनुसार कपडाका मास्कमा करिब ८० - ५०० माइक्रोमिटर ठुला प्वाल हुने गर्दछन। त्यसैले तिनीहरुले धुलोका कणहरु त्यति राम्रो संग छेक्न सक्दैनन्। अझ धोएर लगाउदा र तन्काउदा यस्ता मास्कको कण छान्ने क्षमता बिस प्रतिशत भन्दा बढि ह्रास हुने गर्दछ। 

काठमाण्डुमा प्रयोग हुने अर्को किसिमको मास्क सर्जिकल वा मेडिकल मास्क हो। अस्पत्ताल र प्रयोगशालातिर यस्तो खालको मास्क लगाएको हामि प्राय: देख्छौ। काठमाण्डुमा मास्क लगाएर हिड्ने मध्ये करिब एक तिहाईले यस्तो सर्जिकल मास्क लगाएको देखिन्छ। सर्जिकल मास्क झिल्ली पनि राखेको अलि फरक सामग्रीले बनेको हुन्छ र अलि महँगो पनि छ।  यो मास्कमा प्राय तीन पत्र हुन्छन। नाकको डाडी मा पर्ने गरि धातुको मसिनो पाता, जसले मास्कलाई नाकसंग टम्म टास्सिन सहयोग गर्छ, पनि राखिएको हुन्छ। यस्तो पाता कपडाको मास्कमा हुदैन। झिल्लीमा रहेका प्वालहरु कपडाको मास्कमा पाइने प्वालहरु भन्दा साना हुन्छन। तिनमा हुने रेशाहरु एक माथि अर्को बसेको कारण सर्जिकल मास्कले अलि साना कणहरु पनि रोकिदिन सक्छन। हाम्रो अनुसन्धानले सर्जिकल मास्कको धुलोका कण फिल्टर गर्ने क्षमता कपडाको मास्क भन्दा निकै राम्रो देखाएको थियो। सर्जिकल मास्कको गुणस्तर उत्पादनकर्ता अनुसार केहि फरक हुन सक्छ। अमेरिकाको एफ डि ए ले यस्ता मास्क उत्पादकहरुको लागी निर्देशिका जारि गर्ने गरेको छ। हरेक उत्पादकले मास्कमा प्रयोग हुने कपडाको सामग्री किसिम, आकार, नाप, तन्यता शक्ति, कानमा लगाउने हो कि टाउको पछाडी बाध्ने हो, स्वास्थ जोखिमहरू के के हुन सक्छन, तरल पदार्थ छेक्न सक्छ कि सक्दैन, धुलोका कण, ब्याक्टेरिया आदी कति फिल्टर गर्न सक्छन लगायत धेरै तथ्य उल्लेख गर्नु पर्ने हुन्छ।  

अत्यन्तै कम मान्छेले प्रयोग गरेको देखिने अलि महँगो खालको मास्क एन ९५ हो। यो किसिमको मास्क बिशेष परिस्थितिमा प्रयोग गरेको पाइन्छ। नेपालमा सामान्यतया यो प्रकारको मास्क प्रयोग गरेको देखिदैन। यो मास्क अनुहारमा राम्रोसंग फिट हुन्छ। यो मास्कको साना कण छान्ने वा रोक्ने क्षमता सर्जिकल मास्कको भन्दा बढि हुन्छ। राम्रोसंग लगायो भने यस्तो मास्कले ३०० न्यानोमिटर तहका धेरै साना कण ९५ प्रतिशत सम्म छेक्न सक्छ। तर यो मास्क सर्बसाधारणले दैनिक प्रयोजनको लागि प्रयोग गरिरहन त्यति उपर्युक्त हुदैन, अफ्ठेरो हुन्छ ।

मास्कको प्रभाबकारीता
विभिन्न अध्ययनहरुले अनुहार मास्कको प्रयोगले धुलोबाट हुने जोखिम, स्वास्थ क्षेत्रमा हुने संक्रमण जोखिम, सरुवा रोगको आपतकालिन अवस्थामा केहि हदसम्म रोकथाम गर्ने देखाएका छन। मास्क लगाउदा रोग सार्न सक्ने सम्भावना घट्छ। प्रयोगकर्ताको मुख वा नाकबाट निस्कने सम्भाव्य दुषित पदार्थ अर्को व्यक्तिसम्म पुग्न रोकिन्छ। राम्ररी प्रयोग गर्यो भने मास्कले खोक्दा वा हाच्छेउ गर्दा निस्कने ठुला तरल पदार्थको थोपा जसमा भाइरस, ब्याक्टेरिया लगाएत रोगाणु पनि सर्नबाट कम हुन्छ। त्यसैगरी मास्क लगाउदा थुक वा र्याल र स्वासप्रस्वास सम्बन्धी स्राब अन्य व्यक्तिकोमा पुग्नबाट बचाउछ।

सर्जिकल मास्क अनुहारमा टपक्क फिट नहुने भएकोले पनि यिनको कार्यक्षमता कम हुन्छ। त्यसैले मास्कले रोगाणुबाट पुरा सुरक्षा गर्छन भनेर ढुक्क हुन भने मिल्दैन। सर्जिकल मास्कले खासगरी माइक्रोन तहका कणहरु रोक्न मद्दत गर्दछ। यदि यस्तो मास्क लगाएको छ भने खोक्दा वा हाच्छेउ गर्दा मुखबाट निस्कने वा अन्य शारिरिक तरल पदार्थ एक व्यक्तिबाट अर्कोमा जानबाट कम गर्दछ। स्वासप्रस्वास सम्बन्धी संक्रमण भएको व्यक्तिले यस्तो मास्क लगाउदा संक्रमण अन्य व्यक्तिमा सर्न कम हुन्छ भने, सार्बजनिक स्थानमा कुनै संक्रमित व्यक्तिले खोके वा हाच्छेउ गरे उक्त व्यक्तिबाट निस्केको तरल पदार्थ मास्क प्रयोगकर्ता सम्म पुग्ने जोखिम कम हुन्छ। अमेरिकाको एफ डि ए ले माथिका अवस्थामा सर्जिकल मास्क लगाउन अनुमोदन गरेको पाइन्छ। त्यसको लागी निश्चित मापदण्ड पुगेको सर्जिकल मास्क हुनु जरुरी छ। तर नेपालमा बनाइने सर्जिकल मास्क कस्तो गुणस्तरका छन्, तिनको अनुमोदन वा स्वीकृति कुनै निकाएले गरेको छ कि छैन होला? यस्ता सर्जिकल मास्कले अत्यन्तै साना न्यानोमिटर तहका धुलोका कण वा भाइरसका कण भने नरोक्ने सम्भावना बढि हुन्छ ।

एन ९५ मास्क भने स्वास्थ्कर्मिहरुलाई कोरोना भाइरसजस्तो स्वासप्रस्वास सम्बन्धी संक्रमित बिरामीको उपचारमा संग्लग्न हुँदा लगाउन प्रभाबकारी मानिन्छ। स्वास्थ्यकर्मिहरुले त स्वासप्रस्वास सम्बन्धी बिरामी हेर्दा अनिबार्य रुपमै मेडिकल मास्क लगाउनु नै पर्यो। बिरामीको अवस्था हेरेर एन ९५ मास्क पनि लगाउनु पर्ने हुन्छ। यति हुदाहुदै पनि एन ९५ ले पनि सम्पुर्ण रुपमा सबै कण रोक्न सक्दैन। 

कपडाको मास्क भने कुनै पनि अवस्थामा नलगाउन नै सिफारिस गर्ने गरिएको छ। 

सर्नसक्ने रोग लागेका बिरामीहरुले सार्बजनिक ठाउमा जादा मास्क लगाउदा किटाणु फैलन रोक्छ। तर कुनै स्वासप्रस्वास सम्बन्धी संक्रमणबाट बच्न एक स्वस्थ मानिसले मास्कमा पुरै भर पर्न हुदैन। कोरोना जस्तो भाइरस फैलिन नदिन दैनिक रुपमा राम्रो संग हात धोइरहने र बिरामी मान्छेसंग टाढै बस्ने गर्नु पर्छ। कोरोना भाइरस कि त स्वासप्रस्वास ड्रप्लेट कि त छोइदा संक्रमित मान्छेदेखी स्वस्थ मान्छेमा सर्छ। त्यसकारण रोगि मान्छेले खोक्दा वा हाच्छेउ गर्दा एक मिटरको दुरीसम्म कोरोना भाइरस अर्को मान्छेलाई सर्ने जोखिम हुन्छ। बिस्व स्वास्थ संगठनका अनुसार सर्जिकल मास्क लगाउदा कोरोना लगाएत केहि स्वासप्रस्वास सम्बन्धी रोगहरु फैलिनबाट रोकथाम गर्न सकिन्छ। तर बुझ्नु पर्ने कुरा के छ भने मास्क मात्रैले सुरक्षा गर्न सक्दैन। राम्रो संग हात धुने लगाएत पक्रिया पनि अपनाउनु पर्छ। 

सामान्यतया निरोगी सर्बसाधारणले मास्क लगाइहाल्नु जरुरि छैन तर सार्बजनिक स्थानमा जादा मास्क लगाउदा कुनै रोगि मानिसले नजिकै खोक्यो वा हाच्छिउ गर्यो भने त्यसबाट हुने संक्रमण कम गर्न मद्दत हुन्छ। स्वासप्रस्वास सम्बन्धी लक्षण भएका व्यक्तिले मास्क लगाउनु नै बुद्धीमानी हुन्छ। कोरोना संक्रमित संकास्पद व्यक्ति घरमा वा नातागोतामा छ भने सर्जिकल मास्क लगाउनु पर्छ, नजिक हुदा। सामान्यतया यस्ता मास्क घरमा र समुदायमा लगाउन रुचाइदैन। तर फ्लु, कडा रुघा खोकी संक्रमण लगाएत स्वासप्रस्वास सम्बन्धी रोग सर्न बाट बच्न लगाउन सकिन्छ। 

मास्क लगाउने सहि तरिका
कुनै मास्क कसरि लगाइञ्छ भन्नेले पनि कति हदसम्म कणहरु सास लिदा भित्र पस्छन भन्ने निर्धारण गर्दछ। सर्जिकल मास्क लगाउदा खुकुलो हुन्छ। नाकको माथिपट्टी  दाँयाबाँयाबाट वा कानको नजिकबाट वा मुखको तलबाट हावा सजिलै छिर्छ। यी ठाउबाट कणहरु चुहावट हुने प्रसस्त सम्भावना हुन्छ । मास्क नलगाउदा च्याप्टो हुन्छ। मास्क लगाउदा यसलाई मुख र नाक ढाक्ने गरेर राख्ने र मुखमै टासिने गरेर तुना पछाडी लगेर दुइ कान वा टाउकोमा अड्याएर कस्नु पर्छ। सहि तरिकाले मास्क नलगाउदा यसको प्रभावकारिता कम हुन सक्छ र रोग सर्ने जोखिम बढि हुन सक्छ। मास्क सहि तरिकाले लगाउनु त छदै छ संगसंगै लगाइसकेपछि सहि तरिकाले निकाल्ने र सुरक्षित तरिकाले बिसर्जित गर्नु पनि महत्वपुर्ण हुन्छ। लगाइराखेको बेलामा मास्क सकेसम्म नछुने। मास्क निकाल्दा पनि अगाडिको भाग नछोई पछाडिबाट तुना समातेर निकाल्नु पर्दछ। मास्क निकालिसके पछि तुरुन्तै साबुन पानीले हात धुनु पर्छ। मास्क बिग्रेको छ, भिजेको छ वा स्वास फेर्न गाह्रो हुने भएको छ भने त्यस्तो मास्क लगाउन हुदैन। आजभोलि बच्चालाई पनि मास्क लगाइदिएको देखिन्छ। आवश्यक नपरे सम्म मास्क नलगाएकै बेस। मास्क लगाइरहन त्यति सहज भने हुदैन। कति मान्छेलाई निसासिएको जस्तो हुन्छ। चस्मा लगाउनेलाई चस्मामा कुहिरो लाग्छ। मास्क लगाएर कुरा गर्न असहज हुन्छ । एक पटक लगाउन बनाइएका मास्क पुन प्रयोग गर्नु हुदैन। एकजनाले लगाइसकेको मास्क अर्को व्यक्तिलाई लगाउन दिनु हुदैन। संक्रमण भएको अवस्थामा लगाएको मास्क सुरक्षित रुपले बिसर्जन गर्नु पर्छ। एन ९५ यो मास्क भने बच्चाको लागि उपर्युक्त मानिदैन।

अन्त्यमा
गत बर्ष अक्टोबरमा एनल्स अफ इन्टरनल मेडिसिन भन्ने प्रतिष्ठित जर्नलमा प्रकाशित अनुसन्धानले उल्लेख गरे अनुसार हातको सरसफाई र मास्क लगाउने कार्य घरघरमै प्रभाबकारी रुपमा गर्यो भने कडाखालको रुघाखोकी लगाउने भाइरस फैलन निकै कम हुन्छ। र यो बिधि महामारीको समयमा अत्यैन्तै उपयोगी हुन्छ। भिडभाडमा हुँदा वा रुघाखोकी लागेको बेला सर्बसाधारणले सहि तरिकाले सर्जिकल वा मेडिकल मास्क लगाउनु उपर्युक्त हुन्छ । 

डा. बसन्त गिरी (@girib71) काठमाण्डु ब्यवहारिक बिज्ञान प्रतिष्ठान र डा. भानु न्यौपाने  (@BNeuaone) त्रिभुवन बिस्वबिध्यालयमा कार्यरत छन्।

नोट: यो लेख परिमार्जन सहित कान्तिपुर दैनिकमा फागुन छ गते प्रकाशित भएको छ। ब्यक्तिगत रेकर्डको लागि मात्रै आफ्नै ब्लगमा पोस्ट गरेको हु।

1/06/2020

Memorable Khokana to Champadevi Hike


Winter is the great season to go out for a hike around Kathmandu valley. One can escape the chaos of the city once in a while when one can enjoy lush jungles, adventurous trails and beautiful view of the Himalayan ranges in the north.
On 11 December 2019, six members from KIAS set for a hike to Champadevi peak at around 8:30 am from Khokana Bus Park which is 4 km south from Ekantakuna, Lalitpur. We were to follow our route from Khokana-Pharping-Bhanjyang to Champadevi and finally to Machhegaun. Khokana is a traditional Newari town of Lalitpur which is known for its mustard oil. On the way, we passed by Shree Rudrayani temple which is said to made by King Amara Malla in the 15thcentury, around which Khokana is believed to come into existence.



Under the warm early morning sun, we walked through paddy fields where straw was left for drying. Ahead was a suspension bridge and River Bagmati that looked awful and carried foul smell. It is so disheartening to see our river turn into no less than a sewer. Walking alongside Bagmati river corridor, we could see tunnel farming for off-season vegetables and mushrooms being done and also brick kilns. After an hour walk we reached the Pharping Hydropower Station, also known as Chandra Jyoti Hydro-electric Power Station established in 1911 AD. It is the first hydropower project of Nepal and the second oldest in Asia. We went on to have a look inside the station, which surprisingly is still in operation but restricted to few hours a day. 

Our team then followed stairs alongside the penstock pipe of the project upwards to the reservoir, which now supplies drinking water for Lalitpur. The climb was not easy at all for me as I finally reached the reservoir panting after 45 minutes. It was nearly 12 noon and we rested for about 20 minutes and bought some oranges from a local vendor and headed to Bhanjyang, a small settlement area on Balkhu- Dakshinkali highway. Almost every household on the way had ripe orange trees. Hog plum ‘Lapsi’ (Choerospondias axillaris) trees were also loaded with fruits.  Hog plum is commonly enjoyed as pickle in Nepal and nearby countries. Shishir, Jhalak and Sachin could pick some plum and shared among us.


We walked on a vehicle road taking some shortcuts and reached Bhanjyang in 30 minutes. Then we again took a steep path eating oranges along the way through a pinus dominating forest and reached in front of Hattiban Resort on top. We rested there for a while had some light snacks and moved on towards Champadevi. Along the way we could see the entire Kathmandu valley partially engulfed in smog and we admired and tried identifying the majestic Himalayan peaks behind the hills. The team was also very keenly locating places down below that looked tiny from our height and those airplanes landing at the airport. 

As we were moving towards Champadevi trail, the place was littered everywhere and it was shocking. Champadevi is one of the most visited hiking trails in Kathmandu and that day as well, large number of national and international visitors could be seen along the way. Before starting our climb to Champadevi hill, we had a break and had our home-packed snacks. Then we walked through the dense forest which was dominated by jungle nuts/ katus and other tree species like Chilaune (Schima wallichi), Rhododendron, etc. Again those steep stairs to the Chamapadevi temple were tiring and seemed impossible to me. Shishir accompanied me while other team members waited for us at the top at the temple. After 45 minutes, we finally reached our destination at around 2:30 pm. Phulchowki and Bhasmasur hills could be seen from atop the hill. We planned to trek Bhasmasur peak next time. On our way back, we asked one of the visitors about the way to reach Machhegaun, and he asked to take a right turn from a large garbage pile. It struck me that littering has become so common in this place that a garbage pile can even be used as a waypoint. It can be a very serious issue as wild animals roam round in the forest. We walked down through the slippery and small but very difficult trail. It took us about 1.5 hours to reach Machhegaun, from where we took a bus home.

The day turned out to be tiringly-awesome as I had not been for a hike for so long. It is said difficult trails take us to the most beautiful adventures.