| हिजोको टोर्नेडोले भत्केको घर्। पुरै काठले बनेको घर। (स्रोत ) |
अली अघि कृष्ण धाराबासीको आधी न आउने घर भन्ने किताब पढ्या थे। तराई तीरको फुस्को घर हरेक चैत बैषाखमा आउने हुरीले भत्काइदिने, अनि फेरि ओतको लागि बनाउनु पर्ने दुख्ख विवरण सहितको त्यो किताबमा उनले पक्की घर बनाउन पाए देखि यो आधीले केही गर्ने थिएन भनेका छन्। पछि त धाराबासी पनि आधी नआउने पक्की घरमा बस्न थाले होलान् मेरो बिचारमा। नेपाल् जस्तो देशमा अंरिकामा जस्तो टोर्नेडो र अन्य प्राक्रितिक प्रकोप आइरने हो भने कति मान्छे मर्दा हुन है? हुन त हाम्रो तीर मान्छे मर्न अरु नई कारणहरू जति पनि छन्।
हाम्रो पहिले खरले छाएको घर हुँदा प्राय जसो फागुन चैत तीर हावा हुरीले छानोको खर उडाएर लैजान्थ्यो। अनि धराबासीको किताबमा उल्लेख गरे जस्तै बल्ल तल्ल खर खोजेर की म आफै (बच्चा तेतिबेला) की छिमेकीलाई बोलाएर पानी पर्न भन्दा पहिले नै मिलाउनु पर्थ्यो। सार्है हैरान लाग्थ्यो, प्रत्यक बर्ष तेसो गर्न पर्दा। कुनै बर्ष त दोहोरिएर। अनि मलाइ पनि लाग्थ्यो, यो घर टीनले छाउन पाए त पानी पनि चुन्थेन र घरि घरि छानो चढेर खर मीलाई रन नी पर्थेन। तीन तले घरको छानोमा चढेर काम गर्दा सातो नै जान्थ्यो। अहिले सम्झिदा लाग्छ, छानो मात्रै उडाउने हावा हुरी अमेरिकाको घरै भत्काउने भन्दा त धेरै राम्रो। नेपालमा हावा हुरीले घरै भत्काको तेति हुदैन। पछि (आठ कक्ष्यामा पढ्ने समय तिर) मौरिघाट स्कुल नजिकै बसाइ सरे पछि उक्त समस्या त परेन पक्की घरले गर्दा तर त्यहा भएका आंपका रुखमा लागेका बतिला सबै झार्दा भने मन रुन्थ्यो।