5/28/2011

हिमालयन थारको खोजिमा घान्द्रुक देखि लान्द्रुक सम्म

-सुस्मा 

नेपाल प्राक्रितिक सम्पदाले भरिपुर्ण देश हो भन्नेमा कसैको दुई मत नहोला। छेत्रफलमा सानो भएपनि जैबिक विविधताको हिसाबले धनी राष्ट्र हो। यसले नै पर्यटकलाई आकर्षण गरिरखेको छ। यहाँ धेरै ठाउँहरु छन् जुन explore भएका छन् र पर्यटकिय छेत्रका रुपमा विकसित गरिएका छन्। तर धेरै यस्ता ठाउँ पनि छन् जुन explore भएका छैनन् र अझै पनि wild stage मा छन्। गन्तब्य तर्फ जाँदा बाटोमा पर्ने यी ठाउँ एवम् दृश्य यति सुन्दर छन् की जो कोहि पनि त्यहाँ एकछिन  रमाउन चाहन्छ। यसै प्रसँगमा आज म 'थार' सम्बन्धि  अनुसन्धान को क्रम मा field जाँदाखेरीको अनुभव बाँड्न चहन्छु।

जानु पार्ने थियो ब्याम्बो भन्ने ठाउमा। काम थियो "हिमालयन थार" ले के-के खान्छ र कस्तो कस्तो ठाउँमा बस्छ/घुम्छ भनेर अनुसन्धान गर्नु। त्यसको लागि त्यो बाख्रो जस्तो पनि देखिने जनावरको आची खोजेर ल्याउने र त्यो आची भेटिए को ठाउ ओरिपरीको बनस्पतीको नमुना ल्याउने काम्। यो ठाउ  ACAP (Annapurna Conservation Area Project) अन्तर्गत पर्छ। घान्द्रुक गाबिसमा पर्ने यो ठाउँमा Bamboo को एउटा species (जसलाई नेपालीमा टुसा भनिन्छ) अधिक मात्रामा पाइन्छ।  त्यसैले यो ठाउँलाई Bamboo भनि नामाकरन गरिएको हुनुपर्छ । हामी चार जनाको टोली थियो।  पोखरा बाट Bamboo पुग्ने धेरै बाटो छन्। ती बाटोहरु ACAPका प्रख्यात trekking route मध्ये थिए।

4/30/2011

निकाल्यौ हिरा मोती बनायौ सुनका दरबार

मे १ मजदुर दिबस। नेपालमा मइ  दिबस भन्छन्। मजदुर दिबस्, अन्तराष्ट्रिय मजदुर दिबस्।

यहाँ म बस्ने 'कुटि' बाट स्कुल (काम गर्ने ठाउँ, अन्त भए युनिभर्सिटी भन्दा हुन्) बसमा जादा आउँदा दिन दिनै यौटा बनाउदै गरेको ठुलो घरमा काम गरि रा'का मान्छेहरु देख्छु। आजभोलि त यहाँको मौसम् खासै खराब छैन। अली अली हिउ पर्छ तर पग्ली हाल्छ। फेब्रुअरीको सुरुका दिनमा -३५ F पुग्यो। त्यस्तो बेलामा सास फेर्दा पनि जम्थ्यो। नाक नछोप्ने हो भने नाक भित्रको तरल पदार्थ आइस बनेर घोच्थ्यो। त्यति बेला काम गरि रा'का मजदुर लाई देख्दा कसरी काम गर्न सकेका हुनन भन्थे। पक्कै पनि रहरले त होईन होला। खास गरि यस्ता काममा मेक्सीको तिरका illegal आप्रबासी हुन्छन्। यिनीहरुको कथा ब्यथा बेग्लै छ। भौतिक काम जति यिनिहरुकै जिम्मामा हुन्छ। हाम्रो बिभाग (department) मा पनि मर्मत सम्भारको काम भैरा' छ। त्यहा पनि उही हो कुरो। दिमाग लगाउने काम खैरेको बाँकी हात् पाखुर लगाउने काम तिनै मेक्सिकनहरुको । जसरी तसरी आउछन्, महल बनाउछन् थोरै पैसामा तर कस्को लागि  हो कस्को।  बनाइसके पछि पाइला टेक्ने अवसर तीनलाई मिल्दैन।

यस्तै देख्दा देख्दा जीवन शर्माले यिनै किसान्, मज्दुरको बारेमा गाउने गीत को याद् आइ राछ आजभोलि।


निकाल्यौ हिरा मोति बनायौ सुनका दरबार!
न हामलाई एक छाक रोटी न पायौ ओत् लाग्ने घर!!

4/23/2011

नेपालबाट अम्रिका आउँदा शब्दहरुको परिवर्तन

फुट्पाथ = साइड वाक
मार्क = ग्रेड
चकलेट = क्यान्डी
ट्वाइलेट = रेस्ट रुम
होस्टल = डोर्म
मोबाइल = सेल फोन
चप्पल = फ्लिप फ्लोप

सोफा = काउच
बिस्कुट = कुकिज
पेट्रोल = ग्यास

पुलिस = कप
फुट्बल = सकर


हाम्ले नेपालमा पढेको र बोल्ने/ब्यवहारमा प्रयोग गर्ने अङ्रेजी बेलायतको हो। आम्रिकने अङ्रेजी अलि फरक छ। त्यसैको कारण हुन यी शब्द हरुमा परेको फरक्। धेरै जसो शब्द फरक परे पनि अर्थ बुज्न गार्हो छैन्। तर कुनै कुनै ले त अफ्ठेरो नै पारे नि। जस्तो काउच, ग्यास्, कप भनेको सुरुमा बुझिन मैले त। तपाईंले सम्झेका अरु यस्तै केही छन् भने थप्नुस् है। 
-------------------
यो पोस्ट गरे पछि आएका २ टा कमेन्ट: 


प्रदीप भाइ लेख्छन: 
सेडुअल = इस्केजुल

अनि सिताराम सरले लेख्नु हुन्छ: 

क्लास (class) = ग्रेड (grade)
एक्जाम (exam) = टेस्ट (test)
ब्याग (bag) = ब्याग्प्यक (bag pack)
कोनिकल फ्लास्क (conical flask) = एर्लेन्मेयेर फ्लास्क  (Erlenmeyer flask)
फ्ल्याट (flat) = अपार्ट्मेन्ट (apartment)
लिफ्ट (lift) = एलेभेटर (elevater)
टोर्च (torch) = फ्ल्याश लाइट  (flash light)
नम्बर प्लेट (number plate) = लाइसेन्स प्लेट (license plate)
किउ (queue) = लाइन  (line)
डस्ट बिन = ट्र्यास क्यान

फेसबुकमा साथीहरुले थप्दै जादा 

जिरो(0) = ओ
कोल्ड ड्रिन्क्स = सोडा