12/31/2010

सानो सानो खरायो आजभोलि कता हरायो?

यही हो सानो सानो खरायो 
अम्रिकामा छुट्टीका दिन सुरु भा'छन्। क्रिस्मस सक्कियो। अब नयाँ बर्ष आउँदै छ। स्कुल औपचारिक रुपले बिदा भा'को पनि एक हप्ता भयो। अब नयाँ बर्षको तेस्रो दिन बाट मात्रै खुल्छ। बस पनि कुद्न छोडे। बस चल्दैन, मलाई स्कुल जान गार्हो। हिडेर जाम भने लग्भग २० मिनेट लाग्छ अनी तेस्मा पनि हिउ नै हिउ को समय। गार्हो। घरमै बसेर गर्ने काम को पोको बोकेको छु। हेरम कत्तिको गरिन्छ घरमा बसेर काम्। सबै लाई क्रिस्मस र नयाँ बर्षको शुभकामना। यसपालीको घुम घामको योजना पनि प्राबिधिक कारणले रोकियो। ठाउँ सुन सान छ। 


हिजो राती अलि अलि हिउ पर्यो। पहिले परेको त छदै छ। आज र भोली पनि मजाले  हिउ पर्छ भन्या छन्। घर भित्र सोफामा बसेर झ्याल बाट बाहिर को सेतै हिउ हेरी रदा पोहोर साल देख्ने गरेको सानो सानो खरायो को याद् आयो। तेती बेला र अहिलेको कुटी छुट्टा छुट्टै हो। खरायोको कुरा पहिलेको कुटिको। कुटी बाहिर पार्क गरेको शशी सर को गाडी ओरिपरी बसी राख्या हुन्थ्यो कुक्रुक्क परेर। एउटा मात्रै हो की धेरै हो, पत्ता लाउन त सकिन। जुन हेरे पनि उस्तै। भाले हो की पोथी? त्यो पनि के था र मलाइ। कहिले गाडीको मुनी बसी राख्ने कहिले टाएरको। ब्यान उठेर स्कुल जादा गाडी मुनी देखेको खरायो दिउस भात खान आउँदा सम्म पनि तेही हुन्थ्यो। अझ कहिले काही त बेल्का सम्म पनि बस्थ्यो।  


चिसो महिना भरी यता तिर जनजिबन बडो गाह्रो हुन्छ। मान्छेहरु त जसो तसो जीवन सुचारु गर्छन्। घर भित्र त तातो हुन्छ। तर अरु चरा मुसा देख्न पाइन्न। समर र फल मौसम मा देखिने चरा हरु बेपत्ता हुन्छन्, लोखर्के हरु दुलो भित्र पस्छन होला। त्यसै गरेर खरायोहरु पनि दुलो भित्र पस्छन होला। तर यति लामो समय सम्म के खान्छन होला यिन्ले?










त्यो खरायो देख्दा पक्कै पनि भोकायर बाहिर निस्केको हुनपर्छ भन्ने शशी सर र मेरो अनुमान थियो। अनि हाम्ले बेबी क्यारोट (साना साना गाजर्) २-४ वटा फाल्दिम उ तिर। खाइ हाल्छ कि भनेर। गोडा एक दुई त खायो होला। बिचार गरि गरि। यी मुला मान्छे ले के देका हुन के? खाइयो भन्ने मरिने पो हो की भन्ने सोच्यो होला। एउटा बेबी क्यारोट खाको घन्टौ कुरे पछि बल्ल अर्को खायो। हाम्ले गनी'राथिम कति वटा खान्छ भनेर। सायद् एउटा खाएर त्यसको असर हेरेको हुनु पर्छ। नराम्रो गर्‍यो भने नखाने नत्र अरु खाने। त्यो सानो खरायो कम्ता बाठो थे'न। हामी मान्छे ले मर्ने पो हो की भनेर तेल्ले खुब अनुसन्धान गर्यो। के भर भो'र दङाली केटाहरुको। मारेर भुट भाट पार्ने पो हुनकी भन्ने पिर थ्यो होला तेल्लाइ। हामले कुनै हानी नगर्ने ढुक्क भए पछि बल्ल खान सुरु गर्‍यो अनि अलि नजिक जादा पनि भागेन। त्यसको केही दिन पछि सम्म पनि आउँदै जादै गर्थ्यो। पछि देखिन छोड्यो। अहिले को कुटी तिर भने देख्दिन त्यस्तो खरायो सरायो। अस्ति एक दिन लोखर्के भने देख्य थे'। यता उता दौडिदै, उफ्रिदै थियो।

खरायोको कुरा गर्दा सानै छदा एक्पटक खरायो मार्न गा'को सम्झना हुन्छ। ५-६ कलास पढ्ने बेला तिर हुनु पर्छ। साथिहरु र तिन्का काका, बा हरु सिकारी थिय। गुलेली ले चरा मार्ने, खरायो (चौडा-थारु भाषामा)मार्नु सामान्य थियो। बन तिर जादा चौडा देखिरन्थिम्, चौडै नदेखे पनि उस्को बास स्थान, उस्को आची त कति देखिन्थ्यो कति। एक दिन राती चौडा मार्न जाने टोलिमा म पनि जाने मौका पा'थे। जाल थापेर मार्ने। उनिहरु के गर्थे भने राती चौदा बारिमा चना खान आउने बाटो पत्ता लगाउथे। अनी त्यो बाटो लाई हरियो स्यौला प्रयोग गरेर अलि परिवर्तन गरेर एक ठाउमा जाल थाप्ने। गौडा गौडामा ढुकेर बस्ने, अर्को टोली ले बारी तिर गएर चौडा लखेड्दै ल्याउने ताकी त्यो जाल तिर जावस्। राती २-३ बजे सम्म त्यसो गर्दा पनि त्यो दिन चौडालाई जालमा पार्न सक्केन र तेत्तिकै फर्किनु पर्यो। दिनै नै हुन्, आजभोलि घर अगाडी नै चौडा देखे पनि खानेकुरा दिन मन लग्ने।  

No comments:

Post a Comment

Please type your comment in the box below.