फोक्सोको बिचमा रहेको मुटु (फोटो: स्रोत) |
डा. कुमुद धिताल सहितको टोलिले केहि दिन अघि एक जनाको मुटु अर्कोमा प्रत्यारोपण गरेको खबरले मेडिकल जगत र नेपाली समुदाय बीच खुब चर्चा चलेको छ । यो ब्लगमा उनले खास के आबिश्कार वा चमत्कार गरेका हुन त भनेर खोतल्ने प्रयास गरेको छु ।
मुटु प्रत्यरोपरण के हो?
कुनै मान्छेको मुटुले कुनै कारणले कामै गर्न छोड्यो भने उसको जिबन बचाउनको लागि अर्को मान्छेको (डोनर) मुटु राख्नेलाइ मुटु प्रत्यारोपण भनिञ्छ । संसारमा सबै भन्दा पहिले सन् १९६७ मा पहिलो पटक मुटु प्रत्यारोपण गरिएको थियो । अहिले संसारभरि करिब ३५०० मुटु प्रत्यारोपण हुन्छन प्रत्यक बर्ष । यसरि प्रत्यारोपण गरेका मान्छे १५-२० वर्ष सम्म बाच्ने गरेका छन ।
कसरि हुन्छ प्रत्यारोपण?
विश्वमा करिब ८ लाख व्यक्ति मुटु फेर्न पर्ने स्थितिमा रहेको अनुमान गरिएको छ । तर चाहदा बित्तिकै मुटु फेर्न कहाँ पाइञ्छ र ? पहिलो कुरो त मुटु दान दिने डोनर भेट्टाउन पर्यो । डोनर मुटु र मुटु लिने बिरामीको आवश्यक जाच गरेर मुटु फेर्न मिल्छ भनेर निर्क्योल गरे पछि बल्ल सल्यक्रिया सुरु हुञ्छ । पहिले मुटु निकाल्न पर्यो । जिउदो मान्छेको मुटु निकाल्ने कुरो भएन, मरेको मान्छेको मुटु पनि मरि सकेको हुन्छ त्यसैले त्यो पनि काम लाग्ने कुरो भएन ।
अहिले सम्म के गरिन्छ भने, डोनर मुटु ब्रेन डेथ भएको मान्छेबाट निकालिञ्छ । ब्रेन डेथ भनेको ब्रेनले सम्पुर्ण रुपमा काम गर्न छोड्ने स्थिति हो । धेरै जसो मृत्यु घोषणा गर्दा यहि स्थितिलाइ आधार मानिञ्छ । तर कहिले काही आवस्यक पर्यो भने life support or ventillator मा राखेर पनि ब्रेन डेथ भएको व्यक्तिलाइ केहि समय राख्ने गरिञ्छ । त्यसो गर्दा स्वास फेर्ने र मुटुको धड्कन रही रहेको हुञ्छ । डोनरको मुटु निकालेर बरफमा राखिञ्छ । यसरी राखेको मुटु ४-६ घण्टा सम्म मुटु लिने बिरामीको छाति भित्र राखी सक्न पर्छ । त्यसैले life support मा राखेको ब्रेन डेथ भएको डोनर भेट्टाउनु पर्यो र तुरुन्तै प्रत्यारोपण गर्न सक्नु पर्यो । यो दुइवटा कारणले मुटु प्रत्यारोपण जति सहज हुन पर्थ्यो सकेको छैन, पैसो तिर्छु भन्दा पनि । मुटु प्रत्यारोपण गर्न करिब दस लाख अमेरिकी डलर लाग्न सक्छ । कति पए देशमा ब्रेन डेथ भएको व्यक्तिबाट शरीरको अंग निकाल्न मिल्दैन । यी सबै अफ्ठेरोलाइ डा. धितालको नया प्रयोगले सहयोग पुर्याउने देखिञ्छ ।
उनले जिउदो (ढुक ढुक गरि राखेको) हैन कि मरेको मुटु (ढुक ढुक गर्न छोडेको) लाइ जिउदो मान्छेमा प्रत्यारोपण गरे । डोनर मान्छे सम्पूर्ण रुपमा मरेको २० मिनेट पछि उनले मुटु निकाले । तर के चमत्कार गरे र मरी सकेको मुटुले पनि काम गर्यो त? उनले मरेको मुटुलाई एक किसिमको बक्समा राखे जसलाई "heart in a box" भनिञ्छ । यो बक्समा मरेको मुटुलाई ब्युताइञ्छ । त्यसको लागि एक बिसेस किसिमको झोल (preservation solution) प्रयोग गरेको भनिएको छ । उक्त बक्स भित्र राखेको मुटुलाई रगत दिएर अक्सिजन प्रदान गरिञ्छ । यसो गर्दा मुटु धेरै खराब हुन पाउदैन । अमेरिकाको ट्रान्समेडिक भन्ने कम्पनि बनाएको यस्तो बक्स भित्र मानब अंग राख्ने गरिएको अलि पहिले देखि नै हो । धितालको टोलीले प्रयोग गरेको झोल पदार्थ के हो भन्ने खुलेको छैन, यो पदार्थ र बक्सको प्रयोग नै अहिलेको नया उपलाधि हो । यस्तो झोला पदार्थ अरु मानब अंगको लागि प्रयोग भै सकेको छ ।
मुटु बिउताउने बक्स. (फोटो स्रोत) |
उक्त बक्समा मुटुले फेरी ढुक ढुक गर्न सुरु गर्छ र केहि समय फेरी बिउतेको मुटुलाइ जाची सके पछि उपयुक्त लागेमा मात्र जिउदो मान्छेमा प्रत्यारोपण गर्न सकिञ्छ । डोनर मरेको ३० मिनेट भित्र मुटु निकालेर उक्त बिसेस झोलमा डुबाइ सक्नु पर्छ नत्र मरेको मुटु फेरी बिउतिन सक्दैन । बक्स भित्र राखेको मुटु, जुन झोलमा डुबेको हुन्छ, लाइ अब जहाँ सुकै लगेर प्रत्यारोपण गर्न सकिञ्छ । उदाहरणको लागि डोनर मान्छे नेपालमा भेटियो भने डोनर मुटुलाइ उक्त बक्स र झोलमा राखेर अस्ट्रेलिया पुर्याएर मुटु लिनेको मा राख्न सकिने भयो । तर उक्त बक्समा राखेको मुटुलाइ कति समय भित्र प्रत्यारोपण गरि सक्न पर्छ त्यो खुलेको छैन । त्यसै गरि ३० मिनेटको समयलाइ बढाउन सकेको खण्डमा अझै यो प्रविधिले फड्को मार्ने थियो ।
अहिले सम्म डा धितालको टोलिले तिन वटा यस्तो प्रत्यारोपण गरेका छन्, तिन वटै सफ़ल ।
यो अंग प्रत्यारोपण नेपालीको लागि त लासाको सुन जस्तै हो तर बिज्ञान र प्रविधिको बिकास र नेपालीको आय स्तर बढ्यो भने मरेको मुटु हालेर बाच्ने दिन नेपालीको पनि आउन सक्छ ।
No comments:
Post a Comment
Please type your comment in the box below.