9/17/2015

एक पोका है बैनी

बुद्दएयरको २:१० बजेको उडानबाट पोखरा जानको लागी काठमान्डू अन्तराष्ट्रिय एयर्पोर्टको #KTM आन्तरिक टर्मिनलमा जहाजसम्म पुर्याउने बसमा चढेको थिए । बस दुइ पाइला हिडिसकेपछि एकजना पहेलो ज्याकेट लगाएको र संचार सेट बोकेको व्यक्तिले बस रोक्ने इसारा गर्यो । यसो पछाडी हेरेको, केहि यात्रु छुटेका रैछन, तिनैलाई बसमा चढाउन पर्ने रहेछ । कोहि ठुलै मान्छे (नेतै) पो छुटेछन कि जस्तो लाग्या थ्यो । छुटेका मध्ये एकजना सर्ट पाइण्ट र टाइ सहित खैरो कोट काधमा हाल्नेले थर्काउदै गरेको जस्तो देखिन्थ्यो । बोलेको त सुन्नेन तर हाम्लाई किन छोडेको, पख तलाई देखाइदिञ्छु भनेको हो कि जस्तो आभाष भयो मलाइ ।  करिब पचासको हाराहारीमा रहेका ति महानुभाबले फुर्तिफार्ती बसमा पनि देखाउदै थिए । उनिसंगै अलि जवान अर्का व्यक्ति पनि थिए ।

प्लेन चढियो र उढ्यो पनि । केहि बेर आफ्नै तालमा थिए, ति महानुभावलाई बिर्सेको थिए । प्लेनले डाडो काट्यो अनि बादल भित्र छिर्यो । पहिलो पटक डोमेस्टिक र सानो प्लेन चढ्दै थिए, अलि उत्सुकता र अलिकति डर पनि थ्यो । यात्रुहरु गफ सफमा ब्यस्त थिए । ठ्याक्कै मेरो पछाडीको सिटमापनि एकजनाले अर्कोलाइ खुब गफ दीराथ्यो । उसको (कोटवाला) गफ यस्ता थिए कि मेरो कान तेती तेस्री हाले। 

काठमान्डू एर्पोर्टमा बुद्ध एरको जहाज 

विभिन्न सक्तिकेन्द्रहरुसंग आफु नजिक देखाउन खोजेको देखिन्थ्यो।

भारतीय दुताबाससंगको सम्पर्क र भुइँचालोपछि सिदै दुताबासले प्रदान गरेको राहत को १५-२० ट्रक सामान कता लगेर बाडेको रे ।
 
एक से एक नेता संगको सम्पर्कको त कुरै नगरौ भो । काङ्ग्रेस देखी एमाले सम्मका । कुन कुन ठुलै नेतासंग (अहिलेको सरकारमा बरिष्ठ मंत्री)  लुम्बिनी गैर बुद्ध धर्म प्रबर्धन गर्न के के गरेको रे ।
 
अमेरिकाबाट मिलियन का मिलियन डलर ल्याएको ।
 
भारतीय गुप्तचर संस्था "र" को चिफले सिदै फोन गरेको । उसले भन्दै थियो "आज भर्खर पनि र प्रमुखले फोन गरेको थियो तर उठाइन ।"

लौ हेर मिस्ड कल, देख्यौ? भन्दै छेउमा बसेको अर्को मान्छेलाइ फोन देखाउदै थियो । कति धेरै भीआइपीहरुले उसलाई फोन गर्ने गरेको तर वास्ता गर्ने नगरेको रे ।

को-कसको फोन आउछ भनेर मिस्ड कलको लिस्टै  देखाउदै थियो ।

सुन्नेले पत्याउदैन कि भनेर ति बरिष्ठहरु संगै खिचेको फोटोहरु पनि देखाउदै बुझी रा थे मैले कुराकानीबाट ।

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

यस्तो गफ लाउने र सुनेर पत्याउने मान्छे कस्ता खालका होलान जस्तो सोच्दै थे ।

यत्तिकैमा बिमान परिचारिकाले चकलेट र पानी बाड्दै आइन । ति बरिश्ठले प्लेटबाट चकलेट निकाले ।

त्यति मात्रै हैन, उनले भने "बैनी चकलेट कति मिठो है । मलाइ अलि धेरै चाइएको छ ।  घरमा केटाकेटीलाइ दिनु हुन्छ । एक पोका ल्याइदिनुस न है ।"

मलाइ हासो लाग्यो।  यति ठुलो ठुलो कुरा गर्नेले के जहाजमा चकलेट मागेको होला भनेर । परिचारिकाले ल्याइदिन होला साएद चकलेट ।

पुरै लगभग ३० मिनेटको उडानभरिनै यस्तै यस्तै कुरा सुन्नु पर्यो ।
  
ति महानुभाबसंगै आएका (पहिले त ब्यक्तिगत सहयोगी हो कि जस्तो लाग्या थ्यो।) युवा ब्यापारी जस्तो अथवा कुनै नया बिजनेस गर्न खोजेको जस्तो बुझिन्थ्यो । पैसा भएको, नेपाली नै बोलने, तर के सहयोग चाइएको हो खुलेन । मैले मेसो पाइन ।

काली बाबा देखि के जाति के बाबा सम्मको कुरा गर्थे।  फलानो बाबाले हात हेर्यो भने मिलाउछ पनि भन्थे दुवैले। भारतको कुन चाइ ज्योतिषसंग हात हेराउने हो भने म सजिलै समय मिलाइदिञ्छु पनि भन्थे ति बरिश्ठले।

भन्दा बित्तिकै भोलि नै बिहान वा बेलुका ठुलै नेता (प्रधानमन्त्रि) भेटाइदिन सक्छु"। म कसरि भेटाइदिञ्छु अनि थाहा हुन्छ मेरो तरिका भनेर भन्दै थियो प्लेन ल्याण्ड गर्ने बेला भयो ।

म आफ्नो बाटो लागे, ति कता गए वास्ता पनि गरिन। 

No comments:

Post a Comment

Please type your comment in the box below.