Showing posts with label alternate fuel. Show all posts
Showing posts with label alternate fuel. Show all posts

1/20/2016

कसरि बन्छ प्लास्टिकबाट पेट्रोल?

photo: यतायता बाट 
भारतको नाकाबन्दीले चरम इन्धन अभाब भएपछि नेपालमा उर्जाको विभिन्न विकल्पहरुबारे बहस भै रहेको छ । यसै क्रममा दाङमा एक युवाले सल्लोको खोटो र प्लास्टिकबाट तेल निकालेर गाडि चलाएको खबर आयो । नेपालको एकमात्र सरकारी बिज्ञान प्रबिधी प्रतिस्ठानले प्लास्टिकबाट तेल निकाल्ने प्रबिधि भित्र्याउने खबर पनि आयो । 

प्लास्टिकबाट निकाल्न सकिने इन्धनको प्रक्रियाको बारेमा बुझ्नु अघि प्लास्टिक र इन्धनको छोटो जानकारीबाट सुरु गरौ है त यो ब्लग ।

के हो प्लास्टिक र के हो पेट्रोल, डिजेल? 
कच्चा तेलको (जमिन मुनिबाट निकालिंछ) प्रसोधनबाट निस्किने पेट्रोलियम पदार्थ हो पेट्रोल र डिजेल । पेट्रोलमा विभिन्न किसिमका चार देखि बाह्र कार्बन एटम भएका हाइड्रोकार्बन रसायनको समिश्रण हुन्छ-अक्टेन, ब्युटेन, टोल्युन आदी । डिजेल पनि यस्तै यस्तै हो तर त्यसमा बाह्रभन्दा बढी कार्बन एटम भएका हाइड्रोकार्बन हुन्छन । जब कच्चा तेल निकालिंछ, त्यसपछि त्यसको प्रसोधन गरेर डिजेल, पेट्रोल र अन्य पेट्रोलियम पदार्थमा छुट्टाइञ्छ । यसरि छुट्टाउन सामान्यतया fractional distillation नामको तरिका अपनाइञ्छ । फरक कार्बन एटम हुने रसायनको घनत्व र उम्लने तापक्रम फरक हुने हुनाले त्यसैको आधारमा पेट्रोलियम पदार्थहरु छुट्टाइञ्छ । अन्य आवस्यक रसायन पछि  मिसाइञ्छ पछि । 


हामीले प्रयोग गर्ने प्लास्टिक पनि कच्चा तेल प्रशोधन गर्दा निस्केको बाइ-प्रोडक्टबाट बन्ने हो । जस्तो पोलीथिन भञ्छौ नि त्यो कच्चा तेल प्रसोधन गर्दा निसकिने इथीन नामको रसाएनबाट बन्छ । प्लास्टिक इथिन जस्तै साना साना इकाई जोडेर बनेको पोलिमर हो । भने पछि पेट्रोल, डिजेल, प्लास्टिक एउटै स्रोतबाट आउने हुन । 

कसरि निस्कंछ प्लास्टिकबाट तेल?


10/19/2015

इन्धन परनिर्भरता कम गर्न नेपाल सरकारलाई मेरो १० सुझाब

यो तेस्रो नाकाबन्दी हो भारतबाट । सतहमा जे जति कारण भए पनि भाबिस्यामा पनि यस्ता नाकाबन्दी हुने सम्भावनालाई नकार्न सकिदैन । यो नाकाबन्दीले इन्धन आपुर्ती नहुदा सबैभन्दा बढि थिलोथिलो पारेको छ अर्थतन्त्रदेखी सार्बजनिक जनजिबनसम्म । नयाँ प्रधानमन्त्रि र उनका उर्जा, बिज्ञान र आपुर्ती मन्त्रीहरुले के सोचेका छन यो समस्या समाधान गर्न त्यो अझै आइसकेको छैन । 

म सरकारको यो समस्यासंग सम्बन्धित संस्थाको नेतृत्वमा भएको भए के गर्थे होला त? 

यो ब्लगमा इन्धन परनिर्भरता कम गर्न के के गर्नु पर्छ तात्कालिन र दिर्घकालिन रुपमा लेखेको छु । भारतबाट सजिलो रुपमा इन्धन आपुर्तीको लागी जे जे गर्नु पर्छ यो गर्दै,  द्रुत गतिमा तलका काम गर्ने थिए । 

मुख्यतया दुई कामको लागी आयातित इन्धन प्रयोग भएको छ नेपालमा । घरभित्र भान्सामा र यातायातको लागी गाडीहरुमा । 

खान पकाउन चाहिने एल पी जी ग्यासको खपत कम गर्न:
  1. गोबर र गु ग्यास:  हाम्रो घरमा २२ वर्ष अघि बनाएको प्लाण्टले अझै काम गरि राखेको छ । नेपालले बायोग्यासमा राम्रो प्रगति गरेको छ । गाउगाउमा अझै गोबर ग्यासलाइ प्रभाबकारी बनाउने । ग्यास प्लान्टमा अनिबार्य रुपमा चर्पी मिसाउने । पचासजना बढी मान्छे जम्मा हुने स्थानहरु जस्तै: ठुला रेस्टुरेण्ट र होटेल, स्कुल, कलेज, पुलिस र आर्मी ब्यारेकहरूमा अनिबार्य रुपमा बायो ग्यास बनाउन लगाउने । कस्सेर लाग्ने हो भने यो काम २-३ महिना भित्र गर्न सकिन्छ । सहरी क्षेत्रमा प्रभाबकारी हुने बायोग्यास प्लान्टको अनुसन्धानमा तदारुकताका साथ् लाग्ने । 
  2. बायोब्रिकेट र बायोचार: खासगरी सहरी क्षेत्रमा यसको प्रयोग ब्यापक हुनसक्छ। सिमित मात्रामा प्रयोग भैरहेको यो इन्धनको उत्पादनलाई ब्यापक बनाउने । गाउघरमा सजिलै र प्रसस्तै पाइने चिजहरुबाट बनाइने यो तत्कालै गर्न सकिन्छ । माथिका दुइ काम गर्ने हो भने मेरो बिचारमा तत्कालै १५-२०% सिलिण्डर ग्यास आयात कम गर्न सकिन्छ र केहि वर्ष भित्र ३०-४०% सम्म कम गर्न सकिन्छ । 
  3. काठ्माण्डु लगायतका केहि ठाउमा मिथेन ग्यास पाइएको भनिएको छ । त्यसको ब्यवासाहिक र ब्यवहारिक प्रयोगको लागि आवस्यक कार्यगरि प्रयोगमा ल्याउने । एक वर्ष भित्र यो काम सक्ने । प्राकृतिक ग्यास उपयोग गर्न सकियो भने यसबाट बिजुली पनि निकाल्न सकिन्छ । 
  4. बिजुलीबाट चुलो: दीर्घकालमा बिजुलीको उत्पादन प्रयाप्त भएमा बिजुलीबाटै किचेन चल्न सक्छ । यसको लागी बिजुली उत्पादनलाई प्राथमिकता दिने । 
यातायातको खपतको लागी: