Showing posts with label cancer. Show all posts
Showing posts with label cancer. Show all posts

9/30/2015

काठ्माण्डुको घातक वायु प्रदुषण

यो माक्सले कति छेक्ला त धुलो? तर धेरैले मास्क लगाउन
थालेका छन। 
काठ्माण्डुमा दैनिक कामको लागी ओहोर दोहोर गर्नेलाई थाहा छ हामीले स्वास लिने हावा कति फोहर छ । घर बाहिर निस्केर घर फिर्ता हुदासम्म सास फेर्न गाह्रो हुन्छ, उकुस मुकुस हुन्छ । आखा र नाक छोपेर हिड्नु पर्छ । साएद फोहरी हावाले कपाल पनि बिगार्ने भएर होला, आजभोली केटीहरुले कपाल पनि ढाकेर हिडेको देखिन्छ । कपाल र अनुहार च्याप-च्याप लाग्ने हुन्छ । यसले कति मान्छेको स्वास्थमा असार गरेको होला? कति मान्छे यसकै कारणले मरे होलान्? बिस्व स्वास्थ संगठनले (WHO) केहि समय अगाडी निलालेको आकडा अनुसार सन २०१२ मा सन्सारभरी करिब सत्तरी लाख मान्छेले ज्यान गुमाउनु परेछ वायु प्रदुशनको कारणले मात्रै । त्यसमा पनि करिब एक तिहाइ त छिटो छिटो बिकास गरिरहेका हाम्रा छिमेकी चिन र भारत लगायतका एसियन मुलुकमा मात्रै । केहि बर्षदेखि काठ्माण्डुमा भैरहेको बाटोको कामले धुलो यति थपेको छ कि के कुरा गराई भयो र । संगसंगै बैशाखमा गएको भुइचालोले भत्काएका र त्यसैको कारणले भत्काउनपर्ने संरचनाले धुलोको मात्रा बढाइरहेको हामीले देखिरहेकै छौ । भर्खरै सक्केको बर्षा पछि अब वायु प्रदुषण बढ्दै जानेछ । हामीले लिने स्वासमा धुलोका कण र अनेक किसिमका रसायन हुन्छन । कति रसायन तिनै धुलोका कणमा टास्सेका हुन्छन । स्वास प्रस्वासको समस्या देखि क्यान्सर सम्म गराउने तागत राख्छन यी प्रदुषक तत्वले । तर काठ्माण्डुको हावा कति प्रदुषित छ र यसले मानव स्वास्थ्यमा कति असर गरेको छ जान्नलाई पर्याप्त अनुसन्धान भएको छैन । यो लेखमा बिगत केहि बर्षमा अनुसन्धानबाट निस्केका तथ्यका  आधारमा काठ्माण्डुको हावा कति खत्तम छ भन्ने बयान गर्न खोजिएको छ ।

धुलोका कणहरु
धुलो त नाङ्गो आखाले देख्ने गरेरै छ । तर हाम्रो आखाले देख्न नसक्ने सार्है साना साना धुलोका कण पनि हावामा रहेका हुन्छन । धूलाका कणको कुरो गर्दा तिनको नाप बुझ्नु पर्छ। धेरैजसो अनुसन्धान गर्दा धुलोका कण (Particulate Matter-PM) दश माइक्रोन भन्दा साना (PM 10) र २.५ माइक्रोन भन्दा साना (PM 2.5) गरेर नापिएको हुन्छ । नेपालको वातावरण मन्त्रालयले PM10 को मात्रा यदि १२० माइक्रोग्राम प्रति घनमिटर भन्दा बढी भएको हावालाई असस्थ भनेको छ । सन २००८ मा गरेको एक अनुसन्धानले [१] काठ्माण्डुका विभिन्न दश ठाउमा PM10 नाप्दा बार्षिक औसत मात्रा करिब ६४० माइक्रोमिटर प्रति घन मिटर देखाएको छ । त्यो भनेको नेपालको मापदण्डभन्दा पाच गुणा बढी हो । जुन खतरनाक छ हाम्रो स्वास्थको लागी । अन्तरास्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) र WHO का अनुसार यस्ता धुलोका कणहरु क्यान्सरजन्य समूह एकमा पर्छन । धेरै साना कणहरु फोक्सो र रक्त नलि भित्र पस्न सक्छन । DNA mutations, heart attacks र premature मृत्यु पनि गराउन सक्छन यस्ता कणले । यी कणको जलवायु परिवर्तनमा पनि महत्वपुर्ण भूमिका खेल्छन जसको यहाँ चर्चा गरिएको छैन ।   

क्यान्सर जन्य रसायनहरू