Showing posts with label twitter. Show all posts
Showing posts with label twitter. Show all posts

4/09/2015

म बैज्ञानिक हु किनभने.......

गत आईतबारदेखि ट्विटरमा संसारभरका बैज्ञानिकहरुले किन आफु बैज्ञानिक भए भनेर लेखेका छन । #IAmAScientistBecause भन्ने ह्यासट्यागमा सुरु भएको यो "अभियान" मा कसैले कसरि यो क्षेत्रमा आइपुगे भन्ने लेखेका छन् भने कसैले किन यो पेशा मन पराइराखेको छु भन्ने लेखेका छन । आफुले गरि राखेको काम किन गरिराखेका छन् भन्ने लेखेका छन । थरि-थरिका बिचार ।  बैगनिकहरुका बिचारले भरिएको छ ट्विटर । यो ह्यासट्याग अहिले ट्विटरमा ट्रेण्डिङ्ग भै राखेको छ ।









किन बैज्ञानिक भएको?  किन मास्टर नभा? किन किसानी नगर्या? किन डाक्टर अथवा इञ्जिनिएर नबन्या? किन हिरो हिरोइन वा पत्रकारिता तिर नगएको? बैंकिंग क्षेत्रमा गएको भए धेरै पैसा कमाइन्थ्यो नि तर किन नगएको? अथवा राजनीति गरेको भए अझ ठुलो मान्छे बनिन्थ्यो नि किन राजनीति नगरेको? बास्तबमा यो धेरै गम्भिर प्रश्न हो ।

कि अरु कुनै क्षेत्रमा फिट नहुने भएर हो?









केहि रमाइला ट्विटहरु हेरम है त ।















यसो भए पनि खुशी उसो भए पनि खुशी



















भन्नुहोला अरुको त थाहा पाइयो आफु नि? मा किन अहिले गरिराखेको क्षेत्रमा आइपुगे भनेर प्रतिस्थित बैज्ञानिक जर्नल साइन्समा केहि वर्ष अघि लेखेको थिए । त्यसैको सेरोफेरो वाला ब्लग यहा छ ।  आउन त यो क्षेत्रमा आइछस तर किन अहिले पनि यसैमा छस भनेर सोदनेलाइ मेरो ट्विट ।





अरु बैज्ञानिकहरु किन यो क्षेत्रमा आए र किन यो क्षेत्रमा रमाई राखेका छन् तल पद्नुस ।