2/15/2009

भविस्यको पानीको तनाब

काठमाडौंमा दशकौ देखिको पानीको समस्या समाधान हुने कुनै लक्षण देखिएको छैन। कुनै ठाउमा एक दिन बिराएर धारोमा पानी उछ कुनै ठाउमा एक हप्तामा एक पटक मात्रै। पिउन खाना पकाउन मात्रै भएपनी पानी पायो भने भाग्यमानी मान्छन काठमाडौं बासी आफुलाई। नुहाउने, लुगा धुने अन्य कामको लागी कुरै छैन। कतिपयले यस्तै तरिकाले दैनिकी चलाऊन थाले भने कतिले अझै पनि मेलम्चीको आशा मार्न छोडेका छैनन। पानी उने दिन घरका धारामा बाल्टिन गाग्रीका लाइन लाग्छन, अघिल्लो दिन देखी नै। अनि फलानाले दुई बाल्टि मलाई एक मात्रै भनेर भनाभन, बेला बेलामा पिटा पिट अनी तेती गर्दा गर्दै पानी सुकी सक्छ। करीब दश बर्ष अघी नयबजार म्हेपी बस्दा सुख्खा मौसममा पल्लो कोठामा स्ने म्याडमले बिहानै चार बजे भाई उठ्नुस पानी लिन जान ढिलो भयो भनेर उठ्नु अनी बिष्णुमती पुलको छेउमा रहेको सार्बजनीक धारमा लाइन बस्नु एक किसिमले बानी नै परेको थियो। पढ्न बसेको केटोलाई कती डिस्टर्ब भयो तेसको लेखा जोखा नै छैन। के कुरा गराई भयो र। कुरो गर्यो कुरै को दुख्ख। एक पानी आउदैन आएको पानी पनि फोहर, अशुध्ध। त्यसैले खाने पानी हो नत्र पिउने पानी हुन्थ्यो नि भनेर ठट्टा गर्ने मसला मिलेको छ। कति दुख्ख पाईयो साध्य छैन। अस्ती पटक नेपाल गएर फर्किदा हैजाका किटाणु पनि सङै पछि लागेर आएछन। यता खैरेलाई हैरान। सेन्टर फर डिजिज कन्ट्रोल देखी विस्व स्वास्थ सङठन सम्म। (click here for more and here)

पानीको समस्या नेपालमा मात्रै नभएर सन्सार भरि नै छ। कतै बढी अनि कतै कम मात्रै। कतिले अहिले देखीनै समस्या झेलिरहेका छन भने कतिले केहि समय पछि झेल्ने छन। हामीले देखेका प्रत्यक्ष अप्रत्क्ष रुपमा भोगेका युध्द तेल को लागी भए भने अब हुने युद्धहरु पानीको लागी हुने भविश्यबाणी हुने गरेका छन। सन् १९९५ मै बिश्व ब्यांकका उपाध्यक्षले आउदो शताब्दीमा युद्धहरु पानीको लागी हुन्छन् भनेर दाबी गर्दा तहल्का मच्चियको थियो। पानीको समस्या सदियौ देखि रहदै आयपनि अहिले सम्म त्त्यसकै लागि लडाई भएको निकै कम ईतिहासमा पाइन्छ। आज भन्दा करिब ४५०० बर्ष पहिले टिग्रिस नदिको लागि लगाश उम्मा सहर बिच भएको बाहेक। हाम्रै छिमेकी भारतले उसलाई हुने पानीको हाहाकारको समाधानको लागी बिशाल नदी जडान योजना अघि बढाउदै छ। त्यसको लागी उसले नेपालका नदी नाला माथि नजर लगाएको सबैलाई थाहा नै छ।

बड्दो जनसंख्याको कारणले बिकसित भन्दा बिकासशील देशहरुमा प्रति ब्यक्ती पानीको मात्रा निकै घटेको UN को प्रतिबेदन ले देखाएको छ। प्रति ब्यक्ती पानीको उपलब्धता सन् १९५० देखी अहिले सम्म बिकसित मुलुकमा ४०% बिकासशील मुलुकमा ८०% ले घटेको छ। अनि मौसम परिवर्तन बिश्वब्यापी तापक्रम ब्रिधीको कारणले पानीका मुहानहरु सुख्खा हुदै गैरहेका छन। बैज्ञानिकहरुले गरेको एक् projection ले देखाए अनुसार सन् २०२० सम्म अधिकांस मुलुकहरु पानीको कारणले उच्च तनाबमा हुने छन। त्यसमा नेपाल पनि अछुतो रहने छैन। भलै बिश्वको दोश्रो धनी देश-पानीको लागि किन नहोस। जसको अर्थ हुन्छ एक लाख लिटर पानी प्रति ब्यक्ति प्रति बर्ष मात्र उपलब्ध हुनेछ। अनि सन् २०५० २०७० सम्म पुग्दा नेपालको पानी तनब त्यति नबढे पनि धेरै मुलुकहरु अत्यन्त तनाबको स्थितिमा हुनेछन। परिआएका समस्या समधान र्दै आएका मानिसले यो समस्या लाई कसरि समाधान गर्ने हुन।

माथीको तस्बिरले सन् २०२० मा पानी तनाब बिश्वमा कस्तो हुनेछ भनेर देखाएको छ। (Photo from BBC.com)

2/08/2009

Stanford University in Worlds Smallest Letters


सबै भन्दा सानो अक्षरमा स्टान्फोर्ड युनिभर्सिटी

हाम्रा हजुरबाहरुले हामीले पढ्ने गरेका किताबमा अक्षर देखेर भन्नु हुन्थ्यो "कति सारो दुब्लाएका आजकल यी अक्षरहरु"। त्यसको अर्थ पहिले अलि ठुला अक्षर लेखिन्थे। पुराना किताबहरु हेर्यौ भने पनि त्यो थाहा हुन्छ। अक्षरहरुको आकार घट्दै गैरहेको छ। ब्यवहारीक रुपमा प्रयोग हुने अक्षरको आकार मानिसका आखाले देख्न सक्ने भएपनि सानो भन्दा सानो अक्षर बनाउने होडबाजी बैज्ञानिकहरु बिच चलिरहेकै छ। यसमा प्रबिधीमा आ उने बिकासले साथ दिन्छ। यसै क्रममा स्टान्फोर्ड युनिभर्सिटीका बैज्ञानिकहरुले सबैभन्दा सानो अक्षर लेखेको दाबी गरेका छन।यो भन्दा पहिले १९८५ मा पनि यो श्रेय उक्त युनिभर्सिटीलाई थियो। जो १९९० मा खोसिएको थियो।


प्रोफेसर हरिको नेत्रित्वमा ग्राजुयट बिध्यार्थीले गरेको खोज बाट उक्त उपलब्धी हांसिलभएको हो। ति अक्षरहरु 0.3 nm साना subatomic bits जोडेर लेखिएका हुन। एक न्यानोमिटर (nm) भनेको एक मिटरको दश करोड भागको एक भाग हो। सानो अक्षर लेख्ने खोजाईले न्यानोप्रबिधीको बिकास भएको मानिन्छ। यो प्रबिधी अहिलेको जल्दो बल्दो क्षेत्र हो बिज्ञान प्रबिधीमा। सानो अक्षर बनाउने होडले एक त रेकर्ड कायम त गर्छ नै। मुख्य फाईदा भनेको धेरै सुचनालाई सानो ठाउमा राख्ने प्रबिधीको बिकासमा सहयोग पुर्याउछ। तपाईको कम्प्युटर चिपमा सुचना कति खादेर राख्न सक्नु हुन्छ त्यसैमा महत्व छ। अहिले सम्मको मान्यता अनुसार अधिकतम एउटा परमाणुले एक बिट प्रतिनिधित्व गर्न सक्छ भन्ने छ। यो भन्दा तल ओर्लन सम्भव छैन। तर यो नया अनुसन्धानले पहिलेको मान्यतालाई भत्काइदेको छ। उप-परमाणीक आकारमा पनि एक बिट राख्न सकिन्छ भनेर हरिको समुहले प्रमाणीत गरेको छ। जो आफैमा ठुलै उपलब्धी हो।

Researchers from Stanford University write S U (Referring Stanford University) in worlds smallest letter. This achievement is described in Science daily. Here is the full story.

2/05/2009

मौसम परिवर्तनले रुखको आयु आधा घट्यो।

नेपालीको औसत आयु ६१ बर्ष छ अहिले। अझ स्पस्टरुपमा भनौ भने अहिले जन्मिने एउटा नेपालीले औसतमा ६१ बर्ष बाच्ने आशामा जन्मिन्छ। तर यो घटेर ३० पुग्यो र मान्छेहरु तिन दशकमै मर्न थाले भने के होला? हामी यो कुरा सुन्न पनि चाहदैनौ। स्वास्थ्य क्षेत्रमा आएको सुधार र शिक्षाले नेपालीको औसत आयु बिगत ५ बर्षमा २ बर्षले बढे पनि रुखहरु भने उमेर नपुग्दै भटाभट मर्न थालेका छन। रुखको औसत आयु ६०० देखी १००० बर्ष हुन्छ। तर अहिले रुखहरु आधा उमेरमै मर्न थालेका छन। यसको ब्रिहत्तर र ब्यापक असर पर्ने पक्का छ। रुख बिरुवाको महत्वको बारेमा बयान गरि रहन नपर्ला। जङलका रुखहरु कम उमेरमै मरे भने पानि कम पर्ने देखी लियर पहिरो जाने सम्मका खतरा ब्यहोर्नु पर्छ। नेपाली पहाडमा यो समस्या आइसक्यो कि सकेन त्यो त अझै थाहा भएको छैन। अमेरिकाको पस्छिमी भाग तिरका रुखमा यो देखी सकेको छ।

गत महिना साईन्स जर्नलमा प्रकाशित अनुसन्धानले उक्त कुरा बताएको हो। अनुसन्धानमा सङलग्न Oregon State University का प्रोफेशर मार्कका अनुसार अहिले अ मेरिकाको पस्छिमी भेगका रुखहरुको उमेर आधा घटेको छ। म्रितुदर दोब्बर बढे पछि, रुखहरु ३००-५०० बर्ष मात्र बाच्न थालेका छन्। चाख लाग्दो कुरा के छ भने, यसको कारण कुनै अरु रोग-सोक होइन। कारणको रुपमा बैज्ञानिकहरुले अहिले चलन चल्तीमा रहेको प्रमुख वातारणिय समस्या मौसम परिवर्तनलाई लिएका छन। रुखहरु चाडै मरे त के भयो भनेर साधारण तरिकाले हामीले हेर्यौ भने समस्यालाई नजरन्दाज गरेको हुनेछ। मानव जीबन रुख-जङलमा आधारीत छ। हाम्रो समुदाय जङलमा आधारीत छ-पानीको सहित अन्य बन जन्य उत्पादनको लागी अनि मनोरन्जनको लागी पनि।असन्ख्य बन्य जन्तुको बासस्थल पनि जङलनै हो। यसको अर्को महत्वपुर्ण असर भनेको कार्बन सन्चयमा पर्ने छ। कार्बन सन्चिती ग्लोबल वार्मिङको लागी अत्यन्तै महत्वपुर्ण छ। अत्यधीक कार्बन उत्सर्जनको कारणले ग्लोबल वार्मिङ भैरहेको छ। यसरी उत्सर्जीत कार्बनलाई रुख बिरुवाले र केही मात्रामा समुद्रले सोसेर लिने गर्दछन र वातावरणमा कार्बनको मात्रा कम गर्न सहयोग गर्छन। रुखहरु यसरी अकालै मर्न थाले भने जति कार्बन सन्चीत हुनु पर्ने हो त्यो हुन सक्दैन।

रुखमर्नुमा ग्लोबल वार्मीङनै दोशी छ भन्नलाई अनुसन्धानमा सङलग्न बैज्ञानिकहरुने कारणहरु दिएका छन। अनुसन्धान गरिएको भेगमा बिगत चार दशकमा 0.3°C-0.4°C प्रति दशकको हिसाबले तापक्रम ब्रिधी भैरहेको छ। जसको कारणले पानी र हिउ कम पर्ने, परेको हिउ पनि चाडै पग्लीने हुनाले समर लामो र सुख्खा हुदै गैरहेको छ। रुखहरुले पाउने पानीको मात्रा कम् हुदै जान्छ, सुख्खा स्ट्रेस बड्छ, रुखलाई आक्रमण गर्ने रोग र किटाणुहरु सक्रिय हुन्छन।ग्लोबल वार्मिङ र मौसम परिवर्तन यस्तो समस्या हो जसको समधान तत्काल सम्भव हुदैन। समाधानको उपाय अहिले अपनाउदै गयो भने केहि दशक पछि मात्रै त्यसको असर देख्न पाइन्छ। हामीले अहिले बुध्धी नपुर्यौउने हो भने भाबी पुस्तालाई अत्यन्तै गार्हो हुनेछ। यसको लागी प्रमुख रुपमा जिम्बेवार अ मेरिकाले महत्वपुर्ण कदम चाल्न जरुरि छ। नया कमाण्डर ओबामाले केहि गर्छु भनेका छन-हेरौ कति सम्म पुरा गर्छ्न।

Full article in Science