1/18/2009

काठमान्डुको फोहर कहिले बन्ला मोहर

बार्ह दिनदेखी काठमान्डुको सडकमै बसेको फोहर अब उठ्ने भएछ। यसपाली लाई त समस्या समाधान भयो भनौ। तर फेरी केहि महिना पछि दोहोरि हाल्छ क्यारे। असारमा म नेपाल हुदा त्यति सार्हो त थियन। तर पनि बागबजारमा फोहर बसिराखेको थियो। कहिले फोहर ट्रक आ उला र उठाउला भनेर। मानौ की बाटोमा फोहरको थुप्रो देखियन भने काठमान्डुनै नै होइन कि जस्तो के। यो तलको फोटो मैले त्यतिबेला खिचेको हो।


काठमान्डुमा फोहर थुप्रिनु के को नौलो भयो र। चोक-चोक र गल्ली गल्लीमा। यसपाली पनि दुई हप्तासम्म फोहर सडकबाट उठेन। मान्छेहरु नाक छोपेर हिड्न बानी परिसके। घर-घर बाट निस्कने फोहरको सहि ब्यवस्थान नहुनले यो समस्या पटक पटक दोहोरिरहेको छ। फोहर निकाल्ने एक ठाउबाट अनि लगेर फाल्ने अर्को ठाउमा। फोहर उत्पादन गर्छ काठमान्डुले अनि गनाउने गन्ध सुग्नु पर्ने अन्य गाउले ले। यो नै गलत छ। जहा फोहोर उत्पादन हुन्छ त्यहीनै ब्यवस्थापन गर्नु पर्छ। घर घरमा निस्कने फोहर बाटोमा फाल्ने अनि बाटोबाट उठाएर ल्यन्डफिल्ड साईटमा लगेर पुर्ने। त्यो पनि टाढा टाढा लग्नु पर्ने। कहीले बागमतीको किनारमा, कहिले बिश्णुमतीको किनारमा पुर्ने अनि कहिले छत्रेदेउराली त कहिले सिस्डोल अनि कहिले बन्चरे डांडा र कहिले ओखरपौवा। अनि त्यहाका बासिन्दाले बिभिन्न माग राखेर आन्दोलन् गर्छन। फोहर लान दिदैनन अनि सहर पुरै दुर्गन्धमा डुब्छ। यो फोहर तह लगाउन बिभिन्न बैज्ञानिक अध्ययनहरुले सल्लाह दिएकै छन। तर किन सरकारी सम्यन्त्र किन परम्परागत ढररा बाट बहिर आउन सक्दैन कुन्नी।

अध्ययनहरुले बताए अनुसार ७०% फोहर प्रङारिक प्रकारको छ। जसबाट प्राङारिक मल बनाउन सकिन्छ। यसो गर्दा त ७०% फोहर स्वत कम भैहाल्यो। अनि बाकी रहेको पनि पुन-प्रयोग गर्न सकिने लाई त्यसो गर्यो भने ल्यन्डफिल साईटमा पुर्ने पर्ने फोहर त निकै कम हुन्छ। अहिले काठमान्डुले दैनिक ३०० टन भन्दा बढी फोहोर निकाल्छ। अन्य देशका शहरहरुमा हेर्यो भने फोहरबाट बिजुली निकाल्ने गरेको पाइन्छ। फोहरलाई जलाइन्छ र त्यसबाट निस्कने तापलाई उर्जा निकाल्न प्रयोग गरिन्छ वा फोहरलाई जलाएर मिथेन जस्ता ग्यास निकाली ती ग्यासलाई उर्जाको रुपमा प्रयोग गर्न सकिन्छ।

कहिले होला काठमान्डुका सडक सफा भएको हेर्न पाउने?

1 comment:

  1. तपाईं अमेरिकाबाट फर्केर नयाँ मन्त्रालय (फोहोर ब्यबस्थापन भर्सेज उर्जा मन्त्रालय) गठन गरेर तपाईं त्यो मन्त्री भयो भने यो समस्या छु मन्तर चट् भैहाल्थ्यो भन्ने हाम्रो पार्टीको मान्यता रही आएको छ र हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ!

    ReplyDelete

Please type your comment in the box below.