जीवन कांडाकी फूल की लेखक झमकले यो सालको मदन पुरस्कार पाइछन्। उनलाई बधाई छ। खासमा यो समर सुरु हुन भन्दा पहिले नै मैले उक्त किताब पढेर सक्या थे'। मध्य जाडो तिर सुस्मा नेपाल बाट आउँदा सरिता लाई कुनै नेपाली किताब यत्तिकै पढ्नको लागि पठाइदिन भनेको थिय। ती मध्य झमकको उक्त किताब थोरै समय मा नै पढेर सक्या थे'। बसमा स्कुल जादा र फर्किदा (लग्भग १२ मिनेट लाग्छ एककोरो)। अर्को कृष्ण धाराबसीको किताब हुरी नआउने घर पनि धेरै जसो (दुइ तिहाइ भनम न) पढेको छु। अलि समय भो नपढेको। खासै यस्ता किताब पढ्ने मान्छे त म हैन। तर मदन पुरस्कार पाएको किताब यो नै होला मैले ध्यान देर पढेर सकेको। किताब सार्है मन छुने खालको छ तर पनि यति ठुलो पुरस्कार जित्ला भन्ने मैले सोचेको थिन। हुनत मैले जज गर्न सक्ने त हैन। अलि पैले नारायण वागलेको पल्पसा क्याफे ले खुब चर्चा पा' बेलामा पढ्न खोजेको झ्याउ लागेर पढ्न सकिन २-३ च्याप्टर बाहेक्। साहेद मेरो स्वाद को नभएर वा मलाई बुज्न अफ्ठेरो भएर हो जस्तो ला'थ्यो।
म भन्दा केही पहिले जन्मेकी झमकको बारेमा मैले था'पा को बी एस्सी पड्दा खेरी हुनु पर्छ। नव युबा मासिकमा उनको बारेमा बिस्त्रित लेखिएको थियो। त्यसपछि अरु पत्रिकामा पनि चापिन थल्यो। देखे जति पढेको छु। भौतिक रुपमा असक्त हुँदा हुँदै पनि यति सक्रिय रुपमा स्रिजना गर्न सक्ने अदभुद क्षमता हो। उनको कुनै स्रीजना त्यस्तो उल्लेख गर्नलाई याद् त छैन। तर पनि जीवन कांडा की फूल उनको आत्मा ब्रितान्त बनेको छ।