नेपालको बारा जिल्लाको गढिमाइ मन्दिरमा प्रत्यक पाच वर्षमा हुने जनावर बलिको पक्ष र विपक्षमा चर्को बहस चलेको छ, कम्तिमा पनि पत्र पत्रिका र सोसल मेडियामा । स्वभाविक रुपमा विपक्षमै बढि । किनभने जो त्यहाँ पाडा वा बोका लगेर जान्छन, मेडियामा उनीहरुको पहुच नै छैन ।
|
ब्यक्तिगत रुपमा मलाइ बलि दिएर मान्छेको भाकाल पुरा हुन्छ जस्तो कहिले लागेन । म सानो हुदै (करिब २१-२२ वर्ष अघि) हाम्रो परिवारले एउटा बोकालाइ बलि देको याद छ । परिवारका एकजना सदस्यको स्वास्थ स्थिति अत्यन्तै बिग्रिए पछि हाम्री बोइ (हजुरआमा) ले देबीको नाममा एउटा कालो बोको भाकल गरिथिन । त्यसपछि कसैले रहर पनि गरेको छैन भाकल गर्ने वा बलि दिने । हाम्रो जस्तो अबिकसित, अशिक्षित र पिछडिएको समाजमा यति धेरै समस्या छन् कि ति मान्छेले आफैले समाधान गर्न सक्दैनन । अनि कुनै अदृस्य शक्ति वा भगवानले केहि गर्दिन्छन कि भनेर आशा गर्ने बाहेक अर्को विकल्प छैन । त्यसैको क्रम हो यो बलि दिने पनि, समस्यामा जकडिएकाहरु केहि भैहाल्छ कि भनेर आउदा हुन । यस्तै विस्वासमा सदियौ देखि आएको हाम्रो समाज र पारिवारिक वातावरणले बाध्य पनि पर्छ होला । मेरो अनुमानमा गढ़िमाइमा बलि दिन आउने धेरै यस्तै मान्छेहरु होलान । कतिपाए परिवार यस्ता पनि होलान बिचरा बलि दिएको जनावरको मासु खान पाइएला भनेर कुर्नु पर्ने पनि ।
बलि पक्ष वालाले भन्छन यो हाम्रो संस्कृति हो यसलाई जोगाउनु पर्छ । यस्तो तर्कको केहि अर्थ छैन । राम्रो संस्कृति जोगाउने हो, नराम्रो फेर्ने हो । बलिको कुरो आउदा आधारभुत रुपमै यो गलत छ. संस्कृति भनेको समय अनुसार परिवर्तन हुन्छ, मान्छेको चेतना स्तर बदलिदै जादा । जब जब हाम्रो समाज शिक्षित हुदै जान्छ, यस्ता प्रथाहरु बदलिदै जाञ्छन ।
बलि विपक्ष वालाहरु एकथरी शहकारी छन् जो जनावर मार्ने हुदैन भन्ने छन । तर संसारमा बढीमा १०% मात्रै मासु नखाने छन् । बाकि ९०% लाइ मासु नखाउ भनेर कसरि भन्ने? यदि बलि नदेउ भन्ने हो भने अर्कै कुरो । अर्को कुरो जनावर मार्न त ठिकै हो नमार्ने कुरो ब्यवहारिक हुदैन तर अलि राम्ररि मार्न पर्छ भन्ने हो भने त्यो अलि ब्वावाहारिका होला ।
अहिलेको सन्दर्भमा गढ़िमाइ बलि तुरुन्तै बन्द गर्ने भन्ने कुरो ब्यवहारिक नहोला, करोडौ मान्छेको आस्थाको कुरो । यसलाई व्यवस्थित गर्ने पर्ने देखिञ्छ । तत्कालको लागि तलका व्यवस्था लागु गर्न सकिञ्छ ।
अहिलेको सन्दर्भमा गढ़िमाइ बलि तुरुन्तै बन्द गर्ने भन्ने कुरो ब्यवहारिक नहोला, करोडौ मान्छेको आस्थाको कुरो । यसलाई व्यवस्थित गर्ने पर्ने देखिञ्छ । तत्कालको लागि तलका व्यवस्था लागु गर्न सकिञ्छ ।
- बलि दिने पशुको स्वास्थ जाच: भगवानले अस्वस्थ र असक्त पशुको बलि त स्विकार्दैनन होला पक्कै पनि ।
- केटाकेटीलाइ बलि स्थानमा प्रवेश निषेध: कम्तिमा नागरिकता नभएका (तेस्तै उमेर समूह) लाइ उक्त स्थानमा जान नदिने ।
- फोहर व्यवस्थापन: बलि बाट निस्किने फोहरको उचित ब्यवस्थापन । यसको लागि जसले बलि दिन्छन उसै बाट शुल्क लिए हुञ्छ ।
यी बुदा राम्ररी लागु गरे बलि दिनेहरु निरुत्साही पनि हुञ्छन ।