4/30/2015

नया प्रविधिले सजिलो पारेको उद्दार र प्रकोप ब्यवस्थापन

अस्ति शनिबार गएको भुइचालोले हजारौको ज्यान लियो, हजारौ घरहरु भत्के र लाखौ घाइते भए। कतिपय ठाउमा भर्खर उद्दरकर्मिहरु पुग्दै छन बल्ल ४-५ दिन पछि । 
भुइचालोबाट प्रभावित क्षेत्र नक्सामा 
यो भन्दा करिब ८२ वर्ष पहिले पनि यत्तिकै ठुलो भौइचालो जादा करिब दस हजार (नेपालमा मात्रै, भारतको बिहारमा करिब सात हजार) को मृत्यु भएको थियो । 

अहिलेको भुइचालो पछिको उद्दार, राहत ब्यवस्थापन २४सै भन्टा हेरीरहदा ९० सालको भुइचालोपछिको अवस्था त्यतिबेलाको समाज र सरकारले कसरि सम्हाल्यो होला जस्तो लाग्छ । त्यतिबेला न अहिलेको जस्तो संचारको सुबिधा थियो, न बाटोघाटो र गाडिहरुको। हेलिकोप्टर र प्लेनको त कुरै छोडौ। न अहिलेको जस्तो बिस्व एक भएको जस्तो अवस्था. जसरि अन्तरास्ट्रिय सहयोग सजिलो र समयमै आउने अवस्था। 

यसपालिको भुइचालो पछि मानिसहरुको ज्यान बचाउन केहि समय यता प्रयोगमा आएका नया प्रविधिले ठुलो भूमिका खेलेका छन । जसले गर्दा उद्दरकर्मिहरुलाई भत्केका ठाउको महत्वपुर्ण सुचना पाउन, चेपिएका र घाइतेहरुकोबारेमा थहपाउन, र उद्दारका सामग्री पठाउन सहयोग गरेको छ । 

सबैभन्दा ठुलो भूमिका सामाजिक संजालले (फेसबुक, ट्विटर, स्काइप, भाइबर) गर्यो । करोडौले ट्विटहरु भए यो अबधिमा, जसले गर्दा #Nepal, #NepalQuake, #NepalearthQuake, #NepalQuakeRelief जस्ता ह्यासट्यागहरु ट्रेण्डिन भए केहि दिन सम्म। सहि सुचना पुर्याउन, स्वमसेवकहरु समन्वय र परिचालन गर्न । त्यो भन्दा पढि अन्तराष्ट्रिय क्षेत्रबाट सहयोग (रकम वा जिन्सी) सकलन गर्न । केहि वर्ष अगाडी पनि यो सम्भब थिएन ।

फेसबूकले म सुरक्षित छु भन्ने (Safety Check Feature) अभियान चलायो, जसले गर्दा आफन्त र साथीभाई सुरक्षित भएको थाहापाउदा धेरैलाई राहत मिलेको छ ।

त्यस्तै गरि गुगलको व्यक्ति पत्ता लगाउने टुलले (Person Finder Tool) पनि निकै मद्दत गरेको छ । 

केहि वर्षदेखि मात्रै बजारमा आएको ड्रोन प्रविधिले आकाश माथिबाट तलको द्रिस्य खिच्न, मान्छे र हेलिकोप्टर पुग्न नसक्ने ठाउको स्थिती बुझ्न निकै मद्दत गरेको छ । तर यो प्रविधिको प्रयोग धेरै सिमित मात्रामा मात्रै भएको पाइयो । केहि स्वदेशी र बिदेशी पत्रकारले मात्र । चीनको उद्दार टोलीले पनि ड्रोन प्रयोग गरेको खबर आइरहेको छ । क्यानाडाको एरोन प्रयोगशालाले तिन वटा ड्रोन नेपाल पठाएको जनाएको छ । यी ड्रोनले तापीए क्यामेरा प्रयोग गरेर मानव शरिर भएको नभएको, १००० फीट टाढा बाट मानव अनुहार चिन्न सक्ने गरि फोटो खिच्न सक्ने रहेछ । साथ् साथै यस्ता ड्रोनले प्रभावित क्षेत्रको २-डि र ३-डि नक्साहरु बनाउन पनि सहयोग गर्न सक्छन ।


   
  ड्रोनबाट खिचेको भुइचालो पछिको अवस्था 

तापिए फोटो खिच्ने क्यामेरा (IR Camera) भने खासै प्रयोग भएको थाहा पाउन सकिन । यो क्यामेराले बस्तु वा ठाउ बाट आउने तापक्रमको आधारमा फोटो खिच्छ । जसलाई कुनै पुरिएको ठाउमा मान्छे वा जनावर छ कि छैन भनेर थाहा पाउन प्रयोग गर्न सकिन्थ्यो । खासै महँगो पनि नपर्ने क्यामेरा नेपालमा प्रयोग गर्ने व्यक्तिहरु वा संस्थाहरु त्यति नभएको जस्तो लाग्यो । 

डिजिटल नक्सा प्रविधिले पनि उद्दरकर्मी र राहत वितरण गर्ने हरुलाई विभिन्न ठाउमा सजिलो संग पुग्न मद्दत गरेको छ।  

९० सालको भुइचालो संग तुलना गर्दा अहिले हेलिकोप्टरले पनि ठुलो मात्रामा सहयोग गरेको उद्दार, राहत बितरन आदिमा । 

4/18/2015

Mid April Snowfall in Wyoming #OnePlusOne #Photoblog

UW campus infront of Union
It snowed really hard past couple of days closing Cheyenne to Laramie section of interstate 80 (I 80) for two days. Yesterday, there was multiple vehicle collision at Harriman Road exit in I 80 involving ~50 vehicles.


University of Wyoming closed its regular business at noon today, very rare decision in its history-I guess.


Laramie is on a high plain between two mountains at 2184 m above see level. Average high temperature of April in this area is 10.6 and average low is -4.1 deg Celsius. Average snowfall of this month is 24.1 cm.

Here are some photos I took around campus using OnePlus phone camera. [click on the photo for bigger high resolution view]
A giant #Snowman 
Click below for more photos

4/09/2015

म बैज्ञानिक हु किनभने.......

गत आईतबारदेखि ट्विटरमा संसारभरका बैज्ञानिकहरुले किन आफु बैज्ञानिक भए भनेर लेखेका छन । #IAmAScientistBecause भन्ने ह्यासट्यागमा सुरु भएको यो "अभियान" मा कसैले कसरि यो क्षेत्रमा आइपुगे भन्ने लेखेका छन् भने कसैले किन यो पेशा मन पराइराखेको छु भन्ने लेखेका छन । आफुले गरि राखेको काम किन गरिराखेका छन् भन्ने लेखेका छन । थरि-थरिका बिचार ।  बैगनिकहरुका बिचारले भरिएको छ ट्विटर । यो ह्यासट्याग अहिले ट्विटरमा ट्रेण्डिङ्ग भै राखेको छ ।









किन बैज्ञानिक भएको?  किन मास्टर नभा? किन किसानी नगर्या? किन डाक्टर अथवा इञ्जिनिएर नबन्या? किन हिरो हिरोइन वा पत्रकारिता तिर नगएको? बैंकिंग क्षेत्रमा गएको भए धेरै पैसा कमाइन्थ्यो नि तर किन नगएको? अथवा राजनीति गरेको भए अझ ठुलो मान्छे बनिन्थ्यो नि किन राजनीति नगरेको? बास्तबमा यो धेरै गम्भिर प्रश्न हो ।

कि अरु कुनै क्षेत्रमा फिट नहुने भएर हो?









केहि रमाइला ट्विटहरु हेरम है त ।















यसो भए पनि खुशी उसो भए पनि खुशी



















भन्नुहोला अरुको त थाहा पाइयो आफु नि? मा किन अहिले गरिराखेको क्षेत्रमा आइपुगे भनेर प्रतिस्थित बैज्ञानिक जर्नल साइन्समा केहि वर्ष अघि लेखेको थिए  त्यसैको सेरोफेरो वाला ब्लग यहा छ   आउन त यो क्षेत्रमा आइछस तर किन अहिले पनि यसैमा छस भनेर सोदनेलाइ मेरो ट्विट 





अरु बैज्ञानिकहरु किन यो क्षेत्रमा आए र किन यो क्षेत्रमा रमाई राखेका छन् तल पद्नुस ।