1/29/2011

अम्रिका को दुई थरि मानव अधिकार र प्रजातन्त्र:इजिप्टको आन्दोलनको सन्दर्भ

इजिप्टको दङगा पुलिसले आन्दोलित जनता माथि प्रयोग गरेको अम्रिकामा बनेको अश्रु ग्यासले त होस्नी मुबारकको समर्थन गरेको ठरिन्न होला। तर इराक युध्ध ताका देखि अम्रिकाको महत्वपुर्ण सहयोगी मुबारकको सरकार अहिले जनता को आन्दोलन को तारो बनेको छ। ८२ बर्षे, तीन दशक सम्म शासन गरेको मुबारकलाई ओबामाले फोन गरेर जनताको भावनालाई सम्मान  गर्न भने र मानव अधिकार र प्रजातन्त्र को कुरा पनि गरे। तर राजनीति बाहिर देखे जस्तो हुन्न। भित्र भित्र अनेक कुरा हुने गर्छन्। भित्र भित्र ओबमाले के  भने के  था हाम्लाइ। यसो अनुमान लाउदा खेरी अहिलेको यो आन्दोलनले इजिप्ट्मा मुबारक को निद हराम गरेको छ भने यता अम्रिकामा ओबामा को। अम्रिकी  सेनाको नजिकको सम्बन्ध छ भनिएको इजिप्टको सेनाले मुबारक लाई साथ् देको छ र त्यसैले मुबारकले सेना परिचालन गरेर आन्दोलन दबाउन प्रयास गर्दै छ। अघिल्लो बर्ष मात्र अम्रिका ले इजिप्टलाई $१.३ billion दान देको रैछ। यसै बाट बुझिन्छ अम्रिकी  स्वार्थ।

अम्रिका यस्तो मुलुक हो आफ्नो स्वार्थ पुरा हुने भयो भने जस्लाइ, जस्तो सरकार लाई पनि सहयोग र समर्थन गर्दछ। उसका मानव अधिकार र प्रजातन्त्र त अरुलाई सिकाउन मात्रै प्रयोग गरिने शब्द मात्र जस्तो। 

तीन दशक देखी शासन गरिराको मुबारक डिक्टेटर नै हो। तर अम्रिकी सरकारको उप-राष्टपतिले उसलाइ डिक्टेटर नभन्ने रे। किन भने उनिहरुको सम्बेदन्सील सम्बन्धको कारणले। अम्रिकाले भनेको खुरु खुरु मान्यो भने केही नहुने। निरन्कुस शासन भए पनि कान थुनेर बस्ने। सुनेको नसुनेइ झै गर्ने। यस्ता अरु धेरै उदाहरण छन्।

अर्को तर्फ अम्रिकाको इसरामा नचल्ने र उसलाइ सहयोग नगर्नेलाई के गरेको छ, त्यो त हामले देखि रा'कै हो। अहिलेको इजिप्टको आन्दोलनले अब ओबामा प्रसासनको टाउको साच्चिकै दुखेको छ। हेरम कसरी ह्यन्डल गर्छ यो इस्सुलाइ।

सबै आन्दोलनहरु उपलब्धिमा टुङिदैनन्। त्यसको लागि धेरै कुराहरु मिल्नु पर्छ। सहि नेत्रित्व एउटा महत्व पूर्ण पाटो हो। यो आन्दोलनको नेत्रित्व कस्तो छ त्यो हेर्न बाँकी छ। त्यहाका जनता ले दसकौ सम्म एक कोरो शासन गर्ने मुबारकलाई कम्तिमा पनि फाल्न चाहेका छन्। उनिहरुलाई मेरो सुभकामना छ।  सके सम्म काम छेतिमा धेरै उपलब्धी मिलोस्।   

1/23/2011

Supporting Tourism Year in Nepal

Last December biodiversity people in Nepal organized an International Conference on Climate Change and Biodiversity in Kathmandu. Among the hundreds of participants, ~50 were from abroad. This year on March Nepalese chemists are hosting an International conference on advanced material (POLYCHAR 19) which is held in different places of the world. This will attract international participants at least in a number mentioned above. This is another way of getting more and more tourists in our country. The number of people coming to Nepal for such purpose might not be significant. However, these are the people who can have significant influence in their own society (both professional and social). If they are impressed they could send more people. In this respect such tourists are important. There is no doubt that our country is beautiful and it has lots of breath taking views and scenes. Professional meetings are organized such that participants could share their findings and have some good time from their routine work. Nepal could be a center place in this respect. Hundreds of similar international meetings/conferences can be organized. Nepalese professionals also get benefit from these meetings professionally.

Nepal is celebrating "Nepal Tourism Year 2011" this year hoping to receive at least 1000000 international tourists. Tourism is one of the main industry that brings foreign currency to Nepal. Thousands of people make their living in this industry. It has created lots of employment opportunities both skilled and non-skilled manpowers. 


1/16/2011

अम्रिका बस्दाका केही रोचक प्रसँगहरु-२

भाग १ 
१. गिरी हैन जिरी: डिपार्ट्मेन्ट चेअरले (Department Chair) एउटा अवार्ड थाप्ने बेलामा बसान्ट जिरी (बसन्त गिरी, Basant Giri) भन्दा पो हासो लाग्यो मलाइ त। खैरेले हाम्ले भन्ने G लाई Z भनेर बुज्छन्। सुरु सुरु मा त अफुले बोलेको खैरेले बुज्दैनन अनि उनिहरुले बोलेको अफुले नबुज्ने। समस्या तेही हो। अङ्रेजी को। मैले कहिले पनि अङ्रेजी बोलिन भन्दा पनि हुन्छ अम्रिका आउन भन्दा पहिले। चार कलास बाट A, B, C, D सिकेको, त्यो पनि गाउ तिर को सरकारी स्कुलमा।  अनि किताब घोकेको भरमा पास् गरिन्थ्यो। बोल्न त पर्थेन अनि किन बोल्नु र। पछि कलेज पड्ने बेलामा पनि लेख्ने हो बोल्न पर्थेन केरे। पढाउने बेलामा भने बोल्थे सकी नसकि, तर तेसले के काम गरुस र। कठै बरा। आमने सामने भएर बोल्दा त यसो हाउ भाउ ले मेसो पर्थ्यो के भन्न खोजेको भनेर। कहिले काही फोन मा कुरा गर्न पर्‍यो भने, त्यसो गर्न नपरे हुन्थ्यो जस्तो लग्थ्यो। सुरुकै महिना हुनु पर्छ। एक्जना Jason नामको खैरेलाई कफी पसल मा भेट्नु थियो। एक्छिन सम्म कुरेको आउदैन केटो त। अनि कफी पसले लाई ज्यासन आथ्यो अघि भनेर सोदेको कोहि आछैन "ज्याक्सन" नाम को मान्छे भन्छ। खासमा "जेसन" भन्नु पर्ने रैछ। अर्को एक्पटक पढाउनु पर्ने ल्याब मा विद्यार्थी को नाम बोलाउदै signature गराउदै पर्ने थियो, सुरुको दिन्। नाम बोलाउदै गए आउँदै signature गर्दै गै रा' थे। यौटा नाम थियो Michelle, मैले माइकल भन्छु कोहि बोल्दैन, अनी कोहि पनि आउदैन। त्यो नाम लाई लास्ट मा राखे। मलाइ सन्का लाग्यो की मैले सहि उच्चारण गरिन भनेर। अनि ल्याब सहायक लाई यो नाम कसरी उच्चारण गर्छौ भनेको मिसेल हो भन्छ। भित्र भित्रै लाज लाग्यो। अनि त्यो नामको के टी लाई माफ पाऊँ तिम्रो नाम गलत उच्चारण गरेको मा भने। के गर्नु आफुलाई था' भा' पो।

नाम भन्यो बुज्दैन। बसन्त भन्यो बसन्द (Basand) बुज्छ अनि गिरी भन्यो जिरी बुज्छ। त्यो समस्या बाट पार पाउन एक एक गरेर बुजाउनु पर्ने, यो भनेको यो अनी त्यो भनेको त्यो भनेर। आजकल् भने बिस्तारै बानि परेको छ। खैरेले बोलेको त बुज्छु तर मैले बोलेको अझै बुज्दैनन र बेला बेलामा केरे केरे के भनिस भन्छन्।