(मेरो बुवा आमा अमेरिका भ्रामण आउनु भएको थियो केही समय अघि। त्यसैको अनुभब लेख्नु भयो बुवाले यो पोस्ट मा। दाङ बाट निस्किने नयाँ युग्बोध पत्रिकामा छापेको छ यो टुक्रो। यसपाली बाको पालो! )
कृष्ण गिरी लामो समय बिद्यालयमा सामाजिक बिषय पढाउदा अमेरिका भन्ने देश उत्तरी गोलार्दको उत्तर अमेरिका महादेशमा पर्छ भनेर किताब, नक्सा र ग्लोब देखाएर पढाएको म अहिले शिक्षण पेशाबाट अवकाश पाए पछि प्रत्यक्ष्य रुपमा अमेरिका हेर्न आइपुगेको छु । हामि सबैले बुज्ने अमेरिका भन्ने देश संयुक्त राज्य अमेरिका हो। हुनत अमेरिका जाउला र घुमौला भनेर मैले कहिल्यै पनि कल्पना गरेको थिइन। किनभने यो मेरो पहुच भन्दा बाहिरको कुरा थियो। एक त धेरै टाढाको ठाउ, धेरै पैसा खर्च हुने, त्यसमाथी हामि नेपालिलाई त्यति सजिलो संग भिसा नदिने।
क्याम्पस |
क्याम्पस परिसरमा रहेको घोडा चड्ने गोठालोको शालिक |