यो माक्सले कति छेक्ला त धुलो? तर धेरैले मास्क लगाउन थालेका छन। |
धुलोका कणहरु
धुलो त नाङ्गो आखाले देख्ने गरेरै छ । तर हाम्रो आखाले देख्न नसक्ने सार्है साना साना धुलोका कण पनि हावामा रहेका हुन्छन । धूलाका कणको कुरो गर्दा तिनको नाप बुझ्नु पर्छ। धेरैजसो अनुसन्धान गर्दा धुलोका कण (Particulate Matter-PM) दश माइक्रोन भन्दा साना (PM 10) र २.५ माइक्रोन भन्दा साना (PM 2.5) गरेर नापिएको हुन्छ । नेपालको वातावरण मन्त्रालयले PM10 को मात्रा यदि १२० माइक्रोग्राम प्रति घनमिटर भन्दा बढी भएको हावालाई असस्थ भनेको छ । सन २००८ मा गरेको एक अनुसन्धानले [१] काठ्माण्डुका विभिन्न दश ठाउमा PM10 नाप्दा बार्षिक औसत मात्रा करिब ६४० माइक्रोमिटर प्रति घन मिटर देखाएको छ । त्यो भनेको नेपालको मापदण्डभन्दा पाच गुणा बढी हो । जुन खतरनाक छ हाम्रो स्वास्थको लागी । अन्तरास्ट्रिय क्यान्सर अनुसन्धान एजेन्सी (IARC) र WHO का अनुसार यस्ता धुलोका कणहरु क्यान्सरजन्य समूह एकमा पर्छन । धेरै साना कणहरु फोक्सो र रक्त नलि भित्र पस्न सक्छन । DNA mutations, heart attacks र premature मृत्यु पनि गराउन सक्छन यस्ता कणले । यी कणको जलवायु परिवर्तनमा पनि महत्वपुर्ण भूमिका खेल्छन जसको यहाँ चर्चा गरिएको छैन ।
क्यान्सर जन्य रसायनहरू