9/15/2008

Interview with Ganesh Shah-Minister for Environment, Science and Technology, Government of Nepal

Newly appointed minister for Environment, Science and Technology in Maoist led government in Nepal speaks his view about science and technology. This is an interview in "Chhalphal weekly", a Nepali Newspaper. Edited version of the published interview is presented here.
================================================================



हाम्रो मुलुकमा समावेशीका कुरा सबैभन्दा धेरै ठूलादलका नेताहरुले उठाउनुहुन्छ। तर व्यवहारमा सबैभन्दा कम लागू गर्नुहुन्छ। संयुक्त मार्क्सवादीका महासचिव समेत रहनुभएका विज्ञान प्रविधि तथा वातावरण मन्त्री गणेश साहले अन्तर्वार्ताका क्रममा भन्नुभयो– हामी हाम्रो पार्टीबाट हरेक निकायमा प्रतिनधित्व गराउँदा समावेशी गराउने गर्दछौं। नाई संघ खोलेर नाइहरुलाई संगठित गर्ने विषयमा होस् या राज्यबाट असाध्यै उपेक्षित पारिएका समलिंगीहरुलाई संगठित गरेर आफ्ना अधिकार खोज्ने साहस प्रदान गर्ने सन्दर्भमा होस् अर्थात् बहिरा लाटा र मजदुरहरुलाई नेतृत्व तहमा ल्याउने कायृमा होस्, मन्त्री शाहको योगदान कम महत्वपूर्ण छैन। मन्त्री बन्ने बित्तिकै आवास र आराममा लिप्त बन्ने अनि भेटघाटा पालो कुर्नुपर्ने मन्त्रीहरुको भन्दा आफूलाई पृथक पहिचानमा प्रस्तुत गर्ने मन्त्री शाह आफू जनताको मन्त्री भएको ठान्नुहुन्छ। आफू जनतासँग प्रत्यक्ष सम्पर्कमा जान सकियोस् भनेर आफ्नो फोन नं. समेत जनताका लागि सार्वजनिक गर्ने शाहको योजना पनि अनौठो छ आफ्नो मन्त्रालयमा विज्ञान प्रविधि सम्बन्धी कार्यक्रम दिनहुँ गरिरहने। जनतासँग प्रत्यक्ष कुराकानी र भेटघाट गरिरहँदा आफूलाई पूर्ण सन्तुष्टी मिल्ने बताउने वीनदास मन्त्री शाह जिम्मा पाएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयमा नयाँ आयाम थप्ने सुरसारमा हुनहुन्छ। उहाँले भन्नुभयो– यो हेपिएको मन्त्रालयलाई मेरो कार्यकालमा सम्मानित बनाउँछु।

० मन्त्रीको जिम्मेवारीमा पुगेपछि पहिलो काम के गर्नुभयो?
– नेपाल द्वन्द्वबाट गुजि्रएको एउटा अल्प विकसित मुलुक हो। यहाँ विज्ञान र प्रविधी मन्त्रालयप्रति कुनैपनि मन्त्रीको आकर्षण छैन। अहिलेसम्म नेपालमा वातबरण, विज्ञान तथा प्रविधि मन्त्रालय सबैभन्दा बढि अपहेलित मन्त्रालय हो। त्यसकारण अब यसलाई सम्मानित मन्त्रालयको रूपमा विकास गर्नु आवस्यक छ।

० तपाईंको पार्टी नेकपा(संयुक्त)ले कुन मन्त्रालय मागेको थियो?
– हाम्रँे पार्टीले कुनैपनि मन्त्रालयलाई मागको रूपमा सौदावाजी गरेको थिएन। मन्त्रालय चलाउने एउटा काम मात्रै हो तर हामी त अहिले एउटा मिसन पुरा गर्न लागेका छौं।

० तपाईं त इन्जिनियरिङ क्ष्ँेत्रको एउटा जल विज्ञ र मजदूर क्ष्ँेत्रमा स्थापित हुनु भएको व्यक्तित्व हुनुहुन्थ्यो। बिषय विज्ञतासँग मन्त्रालयको समन्वय त्यति मिलेजस्तो देखिएन नि होइन?
– आफ्नो लागि आफैले केही भन्नु उपयुक्त हुँदैन तर मलाई आफू बहूक्षेत्रमा अनुभव भएको व्यक्तित्व जस्तो लाग्छ। मेरो आफ्नै पृष्ठभूमि इन्जिनियरिङबाट राजनीतिज्ञ, श्रम क्षेत्रबाट विज्ञान र प्रविधि भएकाले यी दुवै क्षेत्रसँग मेरो अन्योन्याश्रि्रत सम्वन्ध छ। श्रम क्षेत्रमा असंगठित रहेका मजदुरहरूलाई सायद मैले नै संगठित गरेको हुँ। २० बर्षे यात्रामा मैले धेरै उतारचढाव ब्योर्होदै अगाडि बढेको छु। कुनै जमानामा नाई संगठन बनाई त्यसलाई स्थापित गरेँ त्यसपछि तेश्र्रो लिंगीहरूको संगठन निर्माण गरेँ। त्यसक्रममा म वाम राजनीतिमा हाँसोको पात्र पनि बने।



० नेपाल विज्ञान तथा प्रविधिको क्षेत्रमा निक्कै पछाडि नै छ। कुनैपनि सरकारले यस क्षेत्रको विकासमा त्यति ध्यान दिएको पनि देखिदैंन। तपाईंले यो मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि यस क्षेत्रको चुनौति र सम्भावना कस्तो देख्नुभएको छ?
– अवसर र चुनौति सँगसँगै जोडिएको हुन्छ। संघीय लोकतान्त्रिक गणतन्त्र भइसकेको हाम्रो जस्तो सानो मुलुकमा हामीले जुनसुकै क्षेत्रमा मेहनत गर्न सक्छौं। हामी अहिले हरेक क्षेत्रमा विज्ञान र नयाँ प्रविधिको कुरा गरिराखेका छौं। त्यसैले हरेक क्षेत्रलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्ने र नयाँ प्रविधीको प्रयोग गर्ने हो भने पछाडि परेको हाम्रो मुलुकलाई छिट्टै अगाडि बढाउन सक्छौं। त्यसकारण मैले मन्त्री भएपछि तीनवटा नारा अगाडि सारेको छु।

० ती नारा के–के हुन् त?
– विज्ञान शान्तीका लागि उपयोग गर्नुपर्छ। 'विज्ञान शान्तीको लागि, प्रविधि जनताको लागि र स्वच्छ वातबरण संसारका लागि।' अहिले विश्वको हावापानीमा दिनानुदिन परिवर्तन हुँदा वातबरण हरास हुँदै गएको छ। अर्थात वातबरणको मुद्धा विश्वव्यापी भइसकेको छ। मैले मन्त्रालय सम्हालिसकेपछि नेपाली किसान र मजदुरहरूलाई प्राविधिक ज्ञानसँगै प्रविधिको पनि ज्ञान दिई यसमा अभ्यस्त बनाउने सोच बनाएको छु। कुनैपनि व्यक्तिसँग शीप छ भने मात्रै उसले राम्रो आयआर्जन गर्न सक्छ। त्यसैले विज्ञान, प्रविधि र वातबरण एकअर्काका परिपुरक हुन्।

० हाम्रो जस्तो मुलुकमा कस्ता–कस्ता प्रविधिहरूको आवस्यकता देख्नुहुन्छ?
– मैले खासगरी तीन–चारवटा प्रविधिको पहिचान गरेको छु। पहिलो, कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग, दोस्रँे हाम्रो मुलुकमा प्रचुर जलविद्युत शक्ति भएकाले हाइड्रो पावर प्रविधिको विकास अत्यावस्यक छ। तेस्रँे, प्रत्येक बालबालिकालाई वैज्ञानिक शिक्ष्ँा दिन आवस्यक छ। भविष्यका कर्णधारहरूलाई अहिल्यैदेखि विज्ञानसँग जोड्न सक्नुपर्छ। युवा– विद्यार्थीलाई विज्ञानमा केन्द्रीत गर्नुपर्छ र प्रविधिमा किसानलाई प्रँथमिकता दिनुपर्छ।

० मन्त्री हुने बित्तिक्कै लोकप्रियताका लागि पनि ती नाराहरू अगाडि सार्नुभयो होला तर सरकारले नै विज्ञान तथा प्रविधिको क्षेत्रमा नै थोरै लगानी गरिरहेको छ। अनि कसरी होला त यस क्षेत्रको विकास?
– नेपालमा अहिले धेरै वैज्ञानिकहरू कुण्ठित अवस्थामा बसिरहेका छन्। उनीहरूको क्षमताको उपयोग नै भएको छैन। त्यसकारण सरकारले वैज्ञानिकहरूलाई नैतिक रूपले वलियो बनाउनेछ। यसको अर्थ उनीहरूको सम्मान गर्ने, राज्यको मूल धारमा समाहित गर्ने काम राज्यले गर्नेछ। विज्ञान र वातबरण अहिले विश्वव्यापी जोडिने बिषय भइसकेको छन् त्यसकारण मन्त्रालयले नेपालमा यस क्षेत्रको विकासका लागि वैदेशिक लगानी समेत भित्र्याउन प्रयास गर्नेछ। उद्योगी र व्यापारीहरूले पनि यस क्षेत्रमा लगानी गर्नुपर्छ। गैरआवसिय नेपालीहरूले पनि चासो देखाउनु पर्छ। सम्पूर्ण स्रँेतसाधन एकै ठाउँमा ल्याई विज्ञान र प्रविधिको विकासका लागि सरकारले पहल गर्नेछ।

No comments:

Post a Comment

Please type your comment in the box below.