12/16/2008

बुशले झन्डै "जुत्ता" खांदा

आफ्नो आठ बर्षे कार्यकालको अन्तिम समयमा इराक पुगेका आमेरिकी राष्ट्रपति जर्ज बुशले झन्डै जुत्ता खाए। हान्नेले ताकेरै हानेको हो तर उनले छलिदिए। यौटा मात्रै होइन दुइ-दुइ जुत्ता। उसले पहिलो जुत्ता खुट्टा बाट निकालेर बुशलाई हान्यो। इराकी प्रधानमन्त्री सङै पत्रकारलाई सम्बोदन शुरु गरेका बुश आफ्नो टाउकोलाई बाया तिर ढल्काएर जुत्ता छल्न सफल भए। आक्रमणकारीले उसको खुट्टामा लगाई राखेको अर्को जुत्ता पनि निकाल्यो र बुशमाथि प्रहार गरिहाल्यो। यसपाली बुशले सजिलै सङै छले र कुनै पनि जुत्ताले उनलाई लागेन। "तलाई कुकुर् लौ खा तेरो बिदाई चुम्बन" भन्दै बुशलाई जुत्ता हिर्काउने अल-बगदादिया टेलिभिजनको लागि काम गर्ने मुन्तादर अल्-जीदी थियो। मुन्तादरलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिए। बुशलाई कस्तो लाग्यो होला? बुशले ठट्टा गर्दै तत्कालै भने-"यो त दश नम्बरको जुत्ता रैछ।" आक्रमणकारी पत्रकारको उक्त कदमलाई बुशले प्रजातन्त्र र स्वतन्त्र अभिब्यक्तिको उदाहरण हो भन्दिए। मुन्तादरलाई इङीत गर्दै बुशले भने "कसैकसैले चर्चामा अौनलाई यस्तै गर्छन।" के कुरो यतिमत्रै हो त?

यो घट्नाले बुश र उनको अमेरिकी प्रशासन कति अन्-पपुलर छ भन्ने देखाउछ। साथै मानिसहरु उनलाई कति घ्रिणा गर्छन भन्ने प्रमाण पनि हो। बुशले बिना कारण इराकी युध्ध सुरु गरे जसले लाखौ इराकीहरुले किरा फटेङ्रा सरह जिबन गुमाउन पुगे। अनि मुसलमालहरुले उनिहरुको धर्म माथीको आक्रमण सम्झेरपनि घ्रिणा गर्छन। बुशलाई यो घट्नाले आफ्नो अनुहार ऐनामा हेर्न बाध्य पार्ला कि नपार्ला त्यो त केहि भन्न सकिन्न। उक्त पत्रकार कुनै अरु आतकंकारी सङठनसङ जोडिएको छ कि छैन खुलेको त छैन। अथवा उसको यो सुनियोजित योजना थियो वा उसले आबेशमा आएर जुत्ता हान्यो त्यो पनि बिस्तारै थाहा हुदै जाला। तर मेरो बिचारमा यस घटनामा अलिकति सुरक्षा कमजोरि पनि पक्कै छ। किन भने क-कसलाई उक्त पत्रकार सम्मेलनमा सामेल गर्ने भन्ने निर्णय गर्न सुरक्षा निकय चुकेको छ। अमेरिकी रास्ट्रपतिलाई जुत्ता हान्न सक्ने सम्भाबित मान्छे पहिचान गर्न नसक्नु र सिमित पत्रकार उपस्थित कार्यक्रममा जान दिनु। तर त्यो भन्दा पनि महत्वपुर्ण अमेरिकि निति नै हो।

उक्त अपमानित हुने बेइजेत र दुर्ब्यहारले अमेरिकि नागरिकहरुलाई कस्तो लाग्यो होला? आफ्नो रास्ट्रपतिलाई कसैले जुत्ताले हानेको हेर्दा? पुर्बीय सभ्यतामा जुत्ताले हान्नुलाई राम्रो मानिन्न। उता अरबि सभ्यतामा त झन घोर अपमान जनाउछ। सद्धाम हुसेनको सालीक ढालेपछि इराकीहरुले उक्त सालीकलाई जुत्ता चप्पलले हिर्काएका थिए। हुनत अमेरिका पनि बुश र उनको निति निकै अन्-पपुलर छ। जसको कारणले उनको पार्टीको मेक्केनले रास्ट्रपति निर्वाचनमा हारे। जुत्ता काण्डको भिडीयो हेरिसकेपछि मैले मेरो ल्याबमा पोस्ट डक्टोरेट गरिरहेका अमेरिकनलाई सोधे-कस्तो अनुभव गर्छौ? उ सङ कुनै उत्तर थियन। केहि भन्न चाहेन। हुनत उ डेमोक्रेट हो तर पनि उसको मन दुखेको हुनुपर्छ। आशा गरौ नयां अमेरिकी नितिले यस्तो ब्यहोर्न नपरोस।

जुत्ता काण्डको भिडियो हेर्नुस।



1 comment:

  1. खास मा मैले चाँहि केही बुझिँन, किन पत्रकार त्यती सारो उग्र भएकारहेछन् ।

    ReplyDelete

Please type your comment in the box below.