2/08/2009

Stanford University in Worlds Smallest Letters


सबै भन्दा सानो अक्षरमा स्टान्फोर्ड युनिभर्सिटी

हाम्रा हजुरबाहरुले हामीले पढ्ने गरेका किताबमा अक्षर देखेर भन्नु हुन्थ्यो "कति सारो दुब्लाएका आजकल यी अक्षरहरु"। त्यसको अर्थ पहिले अलि ठुला अक्षर लेखिन्थे। पुराना किताबहरु हेर्यौ भने पनि त्यो थाहा हुन्छ। अक्षरहरुको आकार घट्दै गैरहेको छ। ब्यवहारीक रुपमा प्रयोग हुने अक्षरको आकार मानिसका आखाले देख्न सक्ने भएपनि सानो भन्दा सानो अक्षर बनाउने होडबाजी बैज्ञानिकहरु बिच चलिरहेकै छ। यसमा प्रबिधीमा आ उने बिकासले साथ दिन्छ। यसै क्रममा स्टान्फोर्ड युनिभर्सिटीका बैज्ञानिकहरुले सबैभन्दा सानो अक्षर लेखेको दाबी गरेका छन।यो भन्दा पहिले १९८५ मा पनि यो श्रेय उक्त युनिभर्सिटीलाई थियो। जो १९९० मा खोसिएको थियो।


प्रोफेसर हरिको नेत्रित्वमा ग्राजुयट बिध्यार्थीले गरेको खोज बाट उक्त उपलब्धी हांसिलभएको हो। ति अक्षरहरु 0.3 nm साना subatomic bits जोडेर लेखिएका हुन। एक न्यानोमिटर (nm) भनेको एक मिटरको दश करोड भागको एक भाग हो। सानो अक्षर लेख्ने खोजाईले न्यानोप्रबिधीको बिकास भएको मानिन्छ। यो प्रबिधी अहिलेको जल्दो बल्दो क्षेत्र हो बिज्ञान प्रबिधीमा। सानो अक्षर बनाउने होडले एक त रेकर्ड कायम त गर्छ नै। मुख्य फाईदा भनेको धेरै सुचनालाई सानो ठाउमा राख्ने प्रबिधीको बिकासमा सहयोग पुर्याउछ। तपाईको कम्प्युटर चिपमा सुचना कति खादेर राख्न सक्नु हुन्छ त्यसैमा महत्व छ। अहिले सम्मको मान्यता अनुसार अधिकतम एउटा परमाणुले एक बिट प्रतिनिधित्व गर्न सक्छ भन्ने छ। यो भन्दा तल ओर्लन सम्भव छैन। तर यो नया अनुसन्धानले पहिलेको मान्यतालाई भत्काइदेको छ। उप-परमाणीक आकारमा पनि एक बिट राख्न सकिन्छ भनेर हरिको समुहले प्रमाणीत गरेको छ। जो आफैमा ठुलै उपलब्धी हो।

Researchers from Stanford University write S U (Referring Stanford University) in worlds smallest letter. This achievement is described in Science daily. Here is the full story.

1 comment:

Please type your comment in the box below.