केहि दिन पहिले सियाटल तिर घुम्दा देखिएका यि चटकेको चटक एकछिन हेरेको थिए। त्यहाको चर्चीत पाईक मार्केट घुमेपछि नजिकै रहेको सानो पार्कमा भेटीएका केही चटके मध्य मैले यहा प्रस्तुत गरेका चटके अलि बिषेश लाग्यो मलाई। एउटा चटके सडक-सडक, चोकहरु, वा जहा मान्छे जम्मा हुन्छन तेहि आउछ। चाहे त्यो रत्नपार्क होस चाहे पाइक मार्केट। चटक देखाउछ, मान्छेलाई मनोरन्जन दिन्छ। आफ्नो कला, सिप देखायो, केहि पैसा जम्मा गर्यो अनि फर्क्यो।

आर्को चटक चाही गार्है थियो। फलामको रिङ भित्र उनी छिर्नु पर्ने। त्यो पनि हात, खुट्टा अनि टाउको एकैपटक। लौ है शुरु भयो। खुट्टा र हात छिराएर।


यी चाईनीज चटके राम्ररी अङ्रेजी बोल्न नजान्ने। कम, थ्यान्क्यु जस्ता केहि शब्द भन्ने। यिनको दैनिकि, सुटकेशमा चटके सामान बोकेर आयो, चटक देखायो, पैसा राम्रै कमायकि जस्तो लाग्या थ्यो मलाई। उनले देखाएका धेरै चटक मध्य एउटा थियो-ब्यालेन्सिङ। तलको तस्बिरमा हेर्नुस त। मुखले ए उटा सानो लठ्ठी च्यप्यो, अनि त्यसमा आर्को अड्यायो, त्यसमाथि सानो काठको टुक्रा। त्यसमाथि उभिएको छ सिसाको बोतल।

आर्को चटक चाही गार्है थियो। फलामको रिङ भित्र उनी छिर्नु पर्ने। त्यो पनि हात, खुट्टा अनि टाउको एकैपटक। लौ है शुरु भयो। खुट्टा र हात छिराएर।

हरे कसरी होला। बल गर भाइ बल गर।

लौ खेल खत्तम। कस्तो लाग्यो त?

g i-phone with less cost. It has many features like camera, email, internet, TV etc. Most important thing, it came free with new plan.




