12/20/2009

बन्द् कीर्तिपुर



हिजो बेलुका सम्म् तिन दिने बन्द् फिर्ता हुन्छ् कि भनेर आशा गर्नेहरुलाई बन्द फिर्ता नहुने भए पछि हिस्स पार्यो। बिहानैको चिसोमा कीर्तिपुर को पाङा दोबाटोमा तिर टहल्दा पसलहरु सबै बन्द थिय। माओबादीको बन्द त्यो पनि कीर्तिपुरमा!पछिल्लो निर्बाचन देखि कीर्तिपुर् माओबादीमय बनेको छ क्यारे।

औसधि पसल बाहेक सबै बन्द। पत्रिका बाटोमा बेचिदै थिय। मान्छेहरु चोकमा घाम ताप्दै, पत्रिका पड्दै, गफ् गर्दै थिए। चिया त खानै पर्यो-बिहान, त्यो पनि चिसो समय अनि बन्दमा।

हिजो अस्ति कसैले भन्दै थिए-यो बन्द त फिर्ता गर्छ् कि। पुरै फिर्ता नगरे पनि पछिल्लो २ दिनको त पक्क फिर्ता हुन्छ। आज बन्द भए पनि भोलि पर्सी को फिर्ता गर्छन् कि भनेर आशा गर्ने हरु पनि तमम छन्। अनि कसैले भन्दै थिए-कार्यकर्ताले के मान्लान र फिर्ता लिन। मानै कि बन्द कार्यकर्तालाई सक्रिय राख्नलाई हो। जागिर भएका, बन्दले आम्दानी कम नहुने हरुले भन्दै थिए-फिर्ता भयो भने त बोर हुन्छ यार्। कस्तो प्लान छ तिन दिनको बन्दमा!! एक जना सर ले भन्दै थिय-धेरै भयो बिदा नभाको मजाले घाम तापेर बिताइन्छ बन्दमा।


बिगत केहि हप्ता देखिको नेपाल बसाईको क्रम मा यो तेस्रो दिनको बन्द हो मेरो लागि। यो तिन दिने बन्द कीर्तिपुरमा मनाइन्छ। बिहान बेलुका चिसो छ। दिनभरि मजाको पारिलो घाम लगेको छ।

माओबादीले नागरिक सर्बोचत्ताको लागी गरेको यो तिन दिने बन्दले उसको माग पुरा हुने छाट त छैन। के गरे वा भए पछि नागरिक सर्बोचत्ता कायम हुन्छ? धेरैको बुझाईमा यो माग पुरा हुने भनेको अहिलेको सरकार ढलेर माओबादी कामरेडहरु सत्तामा पुगे पछि हो। सत्ता भन्ने कुरो कसैले पाए पछि सितिमिति कहा छोड्छ र? 

तपाइलाई कस्तो लाग्छ? माओबादीको यो माग र नेपाल बन्दको औचित्यता कति होला?

4 comments:

  1. lau, kirtipur dekhna payeyo dhari lamo samaya pachi. tapai lai dhari dhari dhanyabaat. Nepal basai ramro hos.

    ReplyDelete
  2. हामी सित जय बन्द र जय होस् बन्द गर्ने को भन्नु बाहेक अरु विकल्प छैन !

    ReplyDelete
  3. बन्दको त के कुर गराइ भो र, एक जना मित्रले नेपालबन्द.कम नै खोलेका छन। त्यसमा गएर हेर्ने हो भने बन्दको जात्रा मज्जाले हेर्न पाइन्छ। सुरू सुरुमा नेपाल बन्दा हुंदा त बिदा भए जस्तै लाग्थ्यो। अब भने दिक्कै लाग्ला? कहिले कांही आउने भए पो, सधै आउंछ यो बन्द।
    साथै गिरी जी तपाइलाइ नया बर्षको हार्दीक शुभकामना।

    ReplyDelete

Please type your comment in the box below.