सानो छदा पुष माघ महिनामा नुहाउन अतिनै जाडो हुने। आमाले नुहाउन भन्दा भोलि नुहाउछु भन्ने तर भोलि आउन गार्है पर्थ्यो। अनि आमाको "तेरो नुहाउने कुरो पनि छेपाराको शास्तर भयो" भनाई खुब सुन्न पर्थ्यो।

यहां जोड्न खोजेको नेपालमा हुने यौटा जल्दो बल्दो समस्या-लोडसेडिङ्को हो। लोडसेडिङ्ले कति नोक्सान पुर्याको छ भन्ने तिर अहिले म लाग्दिन्। यो समस्याबाट मुक्ति पाउने र छेपाराको शास्तर उस्तै उस्तै छ।
पोहर साल प्रचन्ड प्रधानमन्त्री हुदा खुब लोड सेडिङ भयो। दिन्मै दर्जन घन्टा भन्दा बढि। जति बेला समस्या पर्यो तेति बेला मात्रै तात्ने क्या। अनि सुरु भयो लोड शेडिङ हटाउन यो गर्छु, त्यो गर्छु आदि इत्यादि। यति मेघावाटको हाईड्रोपावर, यतिको थर्मल, अनि कतिको विन्ड र सोलार तेस्पछी त बिजुलि फालफाल। त्यसमा सिएफेल चिम कुरा त छदै छ।त्यसै मेसोमा प्रचन्डले युरोपको अध्ययन भ्रमण पनि गरे। बिस्तारै खोलामा पानी बढ्न थाल्यो अनि बिजुली बत्ती पनि अलि लामो समय आउन लाग्यो। सबैले बिर्से। यो हिउद न आउदा सम्म लोडशेडिङ अलि अलि त थियो नै तर पचेकै थियो।
तर अब अलि बढि भयो। अनि सुरु भयो फेरि यो, त्यो परियोजना बनाउने, यो अनि त्यो गर्ने लोडशेडिङ् हटाउन लाइ। अहिलेका बिजुली मन्त्रिले भनेछन् अझै दुएक बर्ष लोडसेडिङ्ले छोड्ने छैन। यिनले पनि यो र त्यो कुरा गर्लान केहि महिना सम्म। अनि फेरि बिस्तारै बर्खा लाग्छ, खोलामा पानी बड्छ, लोड्सेडिङ् अलि कम हुन्छ। त्यो सबैलाई सामान्य लाग्न थाल्छ। अनि छेपाराले दिउसो हुदा सम्म घर बनाउने कुरो बिर्से जस्तो, लोड्शेडिङको कुरो हराउनेछ। छेपाराको रात जस्तै फेरि हिउद आ उदा छेपाराले घर बनाउने कुरा जस्तो लोडशेडिङ् हटाउने कुरो हुने होला।
आशा गरौ छेपाराले घर नबनाय पनि नेपालमा लोडशेडिङ सदैका लागी हटोस।
Tapai ko article sanga 100% sahamat chhu.
ReplyDeleteTapai prayash prasansaniya chha.
Mahesh Bhatt
एकदम चिततबुझ्दो कुरो! कतिञ्जेल छेपाराको शास्तरको पिडा खप्नुपर्ने हो हामीले कुन्नि??
ReplyDeleteएकदमै सही लेख्नुभयो। यहाँ धेरै चिज छेपाराको शास्तर नै बनिरहेका छन्।
ReplyDeleteBasant nai jalasrot mantri nahunjel yo samasya ko tungo nalagne bho...
ReplyDelete