1/16/2011

अम्रिका बस्दाका केही रोचक प्रसँगहरु-२

भाग १ 
१. गिरी हैन जिरी: डिपार्ट्मेन्ट चेअरले (Department Chair) एउटा अवार्ड थाप्ने बेलामा बसान्ट जिरी (बसन्त गिरी, Basant Giri) भन्दा पो हासो लाग्यो मलाइ त। खैरेले हाम्ले भन्ने G लाई Z भनेर बुज्छन्। सुरु सुरु मा त अफुले बोलेको खैरेले बुज्दैनन अनि उनिहरुले बोलेको अफुले नबुज्ने। समस्या तेही हो। अङ्रेजी को। मैले कहिले पनि अङ्रेजी बोलिन भन्दा पनि हुन्छ अम्रिका आउन भन्दा पहिले। चार कलास बाट A, B, C, D सिकेको, त्यो पनि गाउ तिर को सरकारी स्कुलमा।  अनि किताब घोकेको भरमा पास् गरिन्थ्यो। बोल्न त पर्थेन अनि किन बोल्नु र। पछि कलेज पड्ने बेलामा पनि लेख्ने हो बोल्न पर्थेन केरे। पढाउने बेलामा भने बोल्थे सकी नसकि, तर तेसले के काम गरुस र। कठै बरा। आमने सामने भएर बोल्दा त यसो हाउ भाउ ले मेसो पर्थ्यो के भन्न खोजेको भनेर। कहिले काही फोन मा कुरा गर्न पर्‍यो भने, त्यसो गर्न नपरे हुन्थ्यो जस्तो लग्थ्यो। सुरुकै महिना हुनु पर्छ। एक्जना Jason नामको खैरेलाई कफी पसल मा भेट्नु थियो। एक्छिन सम्म कुरेको आउदैन केटो त। अनि कफी पसले लाई ज्यासन आथ्यो अघि भनेर सोदेको कोहि आछैन "ज्याक्सन" नाम को मान्छे भन्छ। खासमा "जेसन" भन्नु पर्ने रैछ। अर्को एक्पटक पढाउनु पर्ने ल्याब मा विद्यार्थी को नाम बोलाउदै signature गराउदै पर्ने थियो, सुरुको दिन्। नाम बोलाउदै गए आउँदै signature गर्दै गै रा' थे। यौटा नाम थियो Michelle, मैले माइकल भन्छु कोहि बोल्दैन, अनी कोहि पनि आउदैन। त्यो नाम लाई लास्ट मा राखे। मलाइ सन्का लाग्यो की मैले सहि उच्चारण गरिन भनेर। अनि ल्याब सहायक लाई यो नाम कसरी उच्चारण गर्छौ भनेको मिसेल हो भन्छ। भित्र भित्रै लाज लाग्यो। अनि त्यो नामको के टी लाई माफ पाऊँ तिम्रो नाम गलत उच्चारण गरेको मा भने। के गर्नु आफुलाई था' भा' पो।

नाम भन्यो बुज्दैन। बसन्त भन्यो बसन्द (Basand) बुज्छ अनि गिरी भन्यो जिरी बुज्छ। त्यो समस्या बाट पार पाउन एक एक गरेर बुजाउनु पर्ने, यो भनेको यो अनी त्यो भनेको त्यो भनेर। आजकल् भने बिस्तारै बानि परेको छ। खैरेले बोलेको त बुज्छु तर मैले बोलेको अझै बुज्दैनन र बेला बेलामा केरे केरे के भनिस भन्छन्।  

२ . ड्राइभर लाइसेन्स र बिहे:  यो देशा' रौ'सी खान लाई २१ बर्ष पुग्नु पर्ने। अनि कतै बार सार मा जादा उमेर खुलेको प्रमाण चाइने। अब भो फसाद्। आफु सँग त छैन त, पास्पोर्ट बाहेक्। गोडा दुई बिसेक पाँच (बिदेशी ग्र्यजुअट विद्यार्थीको सालाखाला उमेर्) हुँदा पनि पास्पोर्ट बोकेर हिड्डा खैरेले असो आँखा तरेर हेर्ने।  अब रौ'सी खानलाइ पास्पोर्ट बोकेर  हिड्नु। खैरे ले त ड्राइभर लाइसेन्स बोकेर हिड्छन्, करिब पन्द्र सोर्ह हुँदा देखि। यति ठुलो हुँदा पनि डाइभर लाइसेन्स नहुने मान्छे पनि हुँदा रैछन भन्ने लाग्दो हो तिन्लाइ। यो संसार सबै तिर एकैनासको छैन भन्ने हामलाई पो थ' छ र, तीनलाई के था'।  अनि अर्को कुरो चै: बिहे वा गर्ल फ्रेन्ड को। यिनले जे पनि सानै उमेरमा गर्ने। जुन छोराले गर्ल फ्रेन्ड बनायो बाउ आमा खुशि। आजभोलि नेपाल तिर पनि इस्कुल देखि नै लव खेल्छन खेल्न त, तर बाउ आमा ले गर्ब गर्ने गरि त होईन होला। मैले त न ब्या गर्या थे' न अम्रिका आउने बेला सम्म लब सप नै खेलियो। ब्या गर्ने खैरेले गरिसके, नगरेका पनि कसैको कतिवटा गर्ल फ्रेन्ड रे कसैको कति। अनि अहिले सम्म हाम्रो त्यस्तो केही पनि छैन भन्दा फेरि पनि ती चकित्। संसार बिचित्रको छ भन्ने था' नभाका खैरे। 

३. बुद्ध र सगरमाथाको देश: नेपाल लाई चिनाउनु पर्‍यो भने हामले भन्ने भनेको बुद्ध र सगरमाथा हो। तर के गर्नु धेरै लाई था'नै नहुने। हाम्रो ल्याबमा आएको कोरिएन नयाँ पोस्ट-डक सँग कफी गफ हुने क्रम मा ऊसले आफु बुद्धिस्ट भएको बतायो। मलाइ सोद्न मन लाग्यो र सोदी हाले "बुद्ध कहाँ जन्मेको था' छ?" भनेर। एक्छिन अकमकिएर उसले इन्डिया भन्यो। अब भयो। हामले मात्रै बुद्ध नेपालमा जन्मेको भनेर था' पाएर के गर्नु। जुन देशमा (कोरिया)धेरै मान्छेले बुद्ध धर्म मन्छन त्यहिकैलाई थाहा छैन बुद्धको जन्म स्थानको बारेमा। हुनत उनिहरुलाई यसले खासै फरक पार्दैन। अनि संगै बसेको केरला तिरको ईण्डियनले पनि भन्यो की नेपाली सँग संगत गर्नु भन्दा पहिले उसलाइ पनि बुद्ध नेपालमा जन्मेको भन्ने था' थेन रे। भारत (वा भारतिय हरु)ले बुद्ध को जन्म-स्थान भारतमै हो भनेर प्रचार प्रस्सर गरि रा'छन्। यसलाई खण्डन गर्न नेपाल लाई हम्मे हम्मे पर्छ पक्कै पनि। हामले हाम्रै भने पनि सन्सार्का धेरै मान्छेले अर्कै तिर भन्दे पछि.

सगरमाथा चाँही संसारमा धेरैले नेपाल वा चीन मा पर्छ भन्छन् होला। तर मैले यस्ता पनि भारतिय भेटे जसलाई यो कुरा थाहा नै छैन। हैदराबाद, ईन्डिया को साथी सँग कुरा हुँदै थियो। कतिपये लाई त नेपाल को बारेमा केही थाहा नहुदो रैछ। उनिहरु लाई भारत उत्तरमा हिमालय सम्म र दक्षिणमा समुद्र सम्म फैलिएको छ भनेर पढाउने रैछन। अनी यो नेपाल भन्ने देश कहाँ छ भन्ने था'नहुने पनि हुदो रैछ। अनी त्यसै भएर त होला सगरमाथा पनि भारत मै पर्छ भन्ने सोच्दा हुन तिन्ले। हाम्रो मन कडक्क हुने। देखाउने अरु केही छैन। भा'को पनि अन्तै छ भनेर अरुले बुज्दा के गर्नु। 

4 comments:

  1. Mind blowing writing.

    ReplyDelete
  2. Reality !! I went Through same situation.

    Dallas bro

    ReplyDelete
  3. sabai ko halat ustai ho basanta ji. Ajhai Anthony ko name Tony,Joshua ko name jo, suru suru ma ta k ho kho jasto lagthyo.

    Ani arko farak prasanga, चौथो अन्तराष्ट्रिय नेपाली ब्लगर भेला माघ २२,२०६७-१० बजे शनिबार बिहान(Feb 5,10AM NST) हुंदैछ भेलाको समय दौंतरी ब्लगमा पाल्नूहोला.

    ReplyDelete
  4. Very nice article!!Aru ta testai ho..maile Buddha bhanera chahi dherai lai bhanina. Mt Everest chahi dherai le bujhe..dherai lai thaha thiyo. Nepal bhanda pani nikai jaso le bujhthe(bujhchhan) sabai kura thaha nabhaye pani!!

    -Vagaban Subedi

    ReplyDelete

Please type your comment in the box below.