10/17/2012

Dance your PhD

कुनै पनि अनुसन्धानको नतिजा सार्बजनिक गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। हार्बड बिश्वबिध्यालयका प्रख्यात रसायनशाश्त्री प्रोफेसर व्हाइट्साइड् ले भन्ने गर्छंकी सार्बजनिक हुदैन भने त्यो अनुसन्धान नगरेकै सरह हो। यी प्रोफेसर संसारकै जीवित मध्ये ठुला बैज्ञानिक (living chemist with highest H index) मानिन्छन। मुख्यतया अनुसन्धानको नतिजा सार्बजनिक गर्ने भनेको सम्बन्धित जर्नलमा प्रकाशित गर्नु हो। यसरि प्रकाशित भै सके पछी सम्बन्धित क्षेत्रमा काम गर्ने अन्य वैज्ञानिकले आफुले गरेको अनुसन्धानले मान्यता पाउनु पनि हो। त्यसै गरि कन्फेरेंसमा प्रिजेन्टेसन गरेर पनि आफ्नो कामको बारेमा व्याख्या गर्ने गरिन्छ। कसले कस्तो र कति अनुसन्धान गरेको छ भन्ने नाप्न उसले कुन जर्नलमा कति वटा  पेपर प्रकाशित गरेको छ हेरेर नापिन्छ। तर यी दुवै प्रक्रियाले सम्बन्धित क्षेत्रका बिज्ञलाइ मात्रै हुन्छ। सामान्य जनताले नाबुज्ने भाषा। अनुसन्धानको अर्को पाटोमा सर्ब साधारणलाइ अनुसन्धानको फाइदाको बारेमा बुझाउनु पनि त्यत्तिकै महत्वपुर्ण छ, नेपालजस्तो देशमा अझै बढी। 

खेतमा आलु लगायो भने आलु खान पाइन्छ, ब्यांकमा काम गर्यो भने पैसो चलाउन र कमाउन पाइन्छ तर यो ल्याबमा अनुसन्धान गरेर के पाइन्छ भन्नेहरु धेरै भएको देश/समाजमा ठुलो ठुलो र कम्प्लेक्स अनुसंधानको कुरो बुजाउन निकै गाह्रो छ। 

लेखन भन्दा फोटो र फोटो भन्दा भिडियोले भन्न खोजेको कुरो सजिलो संग बुज्न सकिन्छ। आफुले बर्षौ लगाएर गरेको PhD अनुसन्धान एउटा पाँच मिनेटको भिडियोमा नृत्यको माध्यमले देखाउन पर्यो भने कसरि होला? 

केहि वर्ष अघि देखि प्रतियोगिता भै रा छ। सर्बसाधारणले बुज्ने गरेर नृत्यको माध्यमले आफ्नो PhD अनुसन्धानको बारेमा ब्याख्या गर्ने। यसपालिको प्रतियोगिताको नतिजा बाहिर आएको छ। तलको भिडियो हेरम है त प्रथम भाको भिडियो। संयोगले यो रसायानाशास्त्रकै परेछ। 

A super-alloy is born: The romantic revolution of Lightness & Strength from Peter Liddicoat on Vimeo.

अरु यस्ता भिडियो हेर्ने भए यहा क्लिक गर्नुस।

मैले नि सोची रा छु आफ्नो PhD लाइ कसरि डान्स गराउने होला भनेर। पक्कै नि यो धेरै गाह्रो छ। कुनै नेपालि तरिकाको नांचमा आफ्नो PhD व्याख्या गर्न पाए त क्या मजा हुदो हो गाठे।

यौटा नया जर्नल सुरु भा'रैछ, जसमा ठुला ठुला बिज्ञान भन्दा पनि गरेको कामको process को भिडियो पनि बनाएर प्रकाशित गर्नु पर्ने। Journal of Visualized Experiments. मलाइ त यो जर्नल खुब मन पर्यो। 

No comments:

Post a Comment

Please type your comment in the box below.