2/24/2013

गुगलको "प्रोजेक्ट ग्लास"





चाइना जानुस-चाइनिज जान्नु पर्दैन, दोभासे नि चाहिदैन।
सोर्स 
फोटो खिच् भन्यो फोटो खिच्छ, भिडियो खिच् भन्यो भिडियो खिच्छ।
त्यति मात्रै होर, खिचेको फोटो भिडियो  अन्लाइन पोस्ट गर्दे भन्यो-तु गर्दिञ्छ।
बाटो सोद्यो-देखाइदिञ्छ।
बोलेको भरमा इन्टरनेटमा उपलब्ध सबै कुरो थाहा पाइञ्छ।

अस्ति मात्रै गुगलले "गुगल ग्लास" भन्ने जिनिस सार्बजनिक गर्यो। यो चस्मा जस्तो चिजले माथि लिस्ट गरेका काम गर्छ। चस्मा लगायो अनि आदेस दिएसी यो चस्माले आदेस अनुसार काम गर्छ। यसले अहिले गर्न सक्ने कामको बारेमा गुगलले बनाको यो भिडियोमा मज्जाले हेर्न सकिञ्छ।  खासमा यो अहिले पनि परिक्षण कालमै छ क्यारे। $१५०० तिरेर केहि प्रक्रिया पुर्याए पछि यो किन्न पाइञ्छ।  अहिले तेती बबाल रकेट साइन्स जस्तो नदेख्खे पनि अलि पछि यस्तो टाइपको डिभाइस मान्छेको दैनिक जिबनमा महत्वपुर्ण भूमिका हुनेछ भन्ने मलाइ लाइरा' छ। 

भर्खर एकजना बैज्ञानिक  प्रोफेसर काकुले सन् २०३० मा बिस्व कस्तो होला भन्ने बारेको युट्युब भिडियो हेरेको थिए। अनुमान गर्नुस तपाइले टोइलेटमा पिसाब गरेको भरमा ससिरको रोगको जाच हुञ्छ। ग्लुकोज कति छ, कुनै क्यान्सरको बिकासपो हुदै छ कि। आदि आदि। मेरो बिचारमा यो निकट भबिस्यमा नै सम्भब छ। हाम्रो पिसाबमा रोगसंग सम्बन्धित महत्वपुर्ण प्रोटीन वा अन्य रसायन हुन्छन। टोइलेटमा फिट गरेका रोग टेस्ट गर्ने "चिप" हरुले रोगसंग सम्बन्धित महत्वपुर्ण सुचना दिनेछन। यत्तिको लागि अस्पत्ताल जाने र डाक्टरले जाच्न नपर्ने हुनेछ। बैज्ञानिक र प्रबिधिगत आबिस्कारले मानब जिबन निकै सजिलो बनाइदेको छ। जसरि आज हामि इन्टरनेट बिनाको दिन कल्पना गर्न सक्दैनम। यो दुइ तिन दसक अगाडि कसैले कल्पना नि गरेको थियन। 

"गुगल" प्रविधिको दुनियामा निकै ठुलो र महत्वपुर्ण कम्पनि हो। यसले उपलब्ध गराईराखेको प्रबिधिको बारेमा मैले यहा व्याख्या गरिरहन जरुरि छैन होला। म आफैले नि गुगलको क्रोम प्रयोग गर्छु इन्टरनेट चलाउन। केहि कुरा सर्च गर्न पर्यो भने गुगल नै हो। त्यस्तै यो ब्लगर नि अहिले त गुगल कै। योउटुब नि उस्कै।  आशा छ गुगल को नया "ग्लास" ले नि तहल्कै मच्चाउला। 

2/10/2013

चस्माको खोल क्यामेरा हैन

एकपटकको कुरा हो। करिब पन्द्र वर्ष अघिको। म प्युठान तिर घुम्न गा'थे रेकम र शिव अन्कलहरुसंगै। हामले घुम्दै नारिकोट सम्म पुग्ने बिचार गरिम। पुर्खौली थलो दहखोलाबाट माथि पूर्व तिर। नियमित हिड्नेलाइ त 3-4 घण्टा लाग्दो हो तर हाम्लाई करिब 6 घण्टा जति लाओ। तेती बेला मैले लगाउने चस्माको खोल कम्मरको पेटीमा झुन्डाको थे। चलन नै तेस्तै थ्यो। चस्मा त अहिले नि लाउछु तर खोल कम्मरमा भिर्दैन। तेही चस्माको खोल लाई कति पए केटा-केटि ले क्यामेरा बुझेछन। अनि फोटो खिच्देको खिच्दे भनेर हैरान पारे। हामी तिन जनै अचम्म परिम। बिचारा ती केटा केटिलाइ के थाहा। न राम्ररी नजिक बाट देखेको, न कहिले खेलाको (प्रयोग गरेको). त्यै भएर त होला कालो कालो क्यामेरा जत्रो डल्लो देख्यो कि क्यामेरा भन्ने छाप परे होला। विकट ठाउँका ठुलै मान्छेहरूको पनि त्यस्तै बुज्न सक्छन्।  

कुरो जोड्न खोजेको यता तिर है। केही महिना अगाडी प्रेम बानियाको टिभी कार्यक्रममा हिमाल तिर राखिएका क्यामेराको बारेमा निकै जोर तोडको प्रस्तुति थियो। दुई तिन सृन्खालाको उक्त कार्यक्रमको निचोड के थ्यो भने पश्चिमी देशका जासुसहरुले जासुसीको लागि ती क्यामेरा राखेका हुन सक्छन्। त्यसले हाम्रो राष्ट्रियता ध्वस्त भयो। यसरि प्रस्तुत गरिएको थियो कि तिनै क्यामेरालेगर्दा नेपाल भन्ने देश अब रहने छैन जस्तो। त्यो कार्यक्रमको बारेमा उत्तम बाबु श्रेष्ठले मेरोसंसार मा लेखेको ब्लग हेरे हुन्छ अलि धेरै थाहा पाउने भए। 

गत हप्ता साइण्टिफ़िक अमेरिकन भन्ने प्रसिद्ध पत्रिकामा यसै सम्बन्धी समाचार छापियो।  भएछ के भने   त्यहाँ राखेका मध्ये एउटा क्यामेरा यहाँ नजिकैको विश्वविद्यालय कोलोराडो-बोल्डर (University of Colorado-Boulder) मा PhD  गर्दै गरेकी विद्यार्थीले राखेको एउटा क्यामेरा हराएछ। उनको अनुसन्धानले उच्च हिमाली क्षेत्रमा भएका ग्लेसियेरको गतिविधि टाइम ल्याप्स फोटो (निश्चित समयको अन्तरालमा फोटो खिचिरने) बाट अध्यन गरिरहेको रहेछ। उनीहरू लगायतको समूहले विश्वका यस्ता धेरै ठाउँमा यस्तै किसिमका अनुसन्धान गरिरहेको छ। यस्ता अनुसन्धानको महत्वको बारेमा कसैको दुई मत छैन होला। 

उनको क्यामेरा हरायो। कसले लग्यो अत्तो पत्तो छैन। सरकारले निकाल्यो कि अरू कुनै व्यक्ति वा समूह ले?  यदि टिभी कार्यक्रमकै प्रभावले  सरकारले निकालेको भए लास्टै बेइजेत हो यो त।  अब हिउँ अनुसन्धानको लागि राखेको क्यामेरा लाई जासुस गर्ने भाडो भन्नु त मैले सुरुमा भने जस्तो चस्माको खोल लाई क्यामेरा भने जस्तो। अमेरिकाले जासुसी गर्न बिश्वबिध्यालयको विद्यार्थीलाई क्यामेरा दिएर पठाउन पर्छ त? अहिलेको जमाना भनेको स्याटेलाइट र ड्रोन को हो। जसले हजारौँ मिटर माथि बाट प्रिथिबीमा हुने हरेक गतिविधि हेरी रहन सक्छन्। 

तर उक्त विद्यार्थीले पनि गल्ती गरेकी हुन्। स्विकिर्ती नलिइ उक्त ठाउँमा/कुनै पनि ठाउमा क्यामेरा राख्न नहुने। अर्को तर्फ सो गल्तीको सजाए भनेको क्यामेरा थाहै नदीइ निकालिदिनुको सट्टा केही फाइन तिराएर पनि त हुन्थ्यो नि। वैज्ञानिक अनुसन्धानको महत्व नबुझे पछि यस्तै हो।