1/20/2016

कसरि बन्छ प्लास्टिकबाट पेट्रोल?

photo: यतायता बाट 
भारतको नाकाबन्दीले चरम इन्धन अभाब भएपछि नेपालमा उर्जाको विभिन्न विकल्पहरुबारे बहस भै रहेको छ । यसै क्रममा दाङमा एक युवाले सल्लोको खोटो र प्लास्टिकबाट तेल निकालेर गाडि चलाएको खबर आयो । नेपालको एकमात्र सरकारी बिज्ञान प्रबिधी प्रतिस्ठानले प्लास्टिकबाट तेल निकाल्ने प्रबिधि भित्र्याउने खबर पनि आयो । 

प्लास्टिकबाट निकाल्न सकिने इन्धनको प्रक्रियाको बारेमा बुझ्नु अघि प्लास्टिक र इन्धनको छोटो जानकारीबाट सुरु गरौ है त यो ब्लग ।

के हो प्लास्टिक र के हो पेट्रोल, डिजेल? 
कच्चा तेलको (जमिन मुनिबाट निकालिंछ) प्रसोधनबाट निस्किने पेट्रोलियम पदार्थ हो पेट्रोल र डिजेल । पेट्रोलमा विभिन्न किसिमका चार देखि बाह्र कार्बन एटम भएका हाइड्रोकार्बन रसायनको समिश्रण हुन्छ-अक्टेन, ब्युटेन, टोल्युन आदी । डिजेल पनि यस्तै यस्तै हो तर त्यसमा बाह्रभन्दा बढी कार्बन एटम भएका हाइड्रोकार्बन हुन्छन । जब कच्चा तेल निकालिंछ, त्यसपछि त्यसको प्रसोधन गरेर डिजेल, पेट्रोल र अन्य पेट्रोलियम पदार्थमा छुट्टाइञ्छ । यसरि छुट्टाउन सामान्यतया fractional distillation नामको तरिका अपनाइञ्छ । फरक कार्बन एटम हुने रसायनको घनत्व र उम्लने तापक्रम फरक हुने हुनाले त्यसैको आधारमा पेट्रोलियम पदार्थहरु छुट्टाइञ्छ । अन्य आवस्यक रसायन पछि  मिसाइञ्छ पछि । 


हामीले प्रयोग गर्ने प्लास्टिक पनि कच्चा तेल प्रशोधन गर्दा निस्केको बाइ-प्रोडक्टबाट बन्ने हो । जस्तो पोलीथिन भञ्छौ नि त्यो कच्चा तेल प्रसोधन गर्दा निसकिने इथीन नामको रसाएनबाट बन्छ । प्लास्टिक इथिन जस्तै साना साना इकाई जोडेर बनेको पोलिमर हो । भने पछि पेट्रोल, डिजेल, प्लास्टिक एउटै स्रोतबाट आउने हुन । 

कसरि निस्कंछ प्लास्टिकबाट तेल?