6/26/2019

के हामीले लगाउने मास्कले धुलोका कण रोक्छन त?

A) Commonly used cloth face masks, B) Surgical mask and
C) patter of mask use in Kathmandu in 2016
(Source: https://peerj.com/articles/7142/)
काठमाण्डु लगायत नेपालका केहि सहरहरुमा अत्याधिक वायु प्रदुषण रहेको सर्बबिदितै छ । दैनिक वायु प्रदुषणबाट बच्न सर्बसाधारणले अनुहार मास्क (face mask) लगाउने गरेका छौ । तर के साच्चिकै यस्ता मास्काले धुलोका कणहरु हाम्रो फोक्सोसम्म पुग्न रोक्छन त? कत्तिको प्रभाबकारी होलान त? त्यो जान्नको लागि मास्कमा प्रयोग गरिएका कपडामा हुने प्वाल र तिनको घनत्व थाहा हुन जरुरि छ।

यी कुरा थाहा पाउनको लागि त्रिभुवन बिस्वबिध्यालायाका प्राध्यापक डा. भानु न्यौपानेको नेतृत्वमा उहाको बिद्यार्थी संगीता मैनाली, काठमाण्डु व्यवहारिक बिज्ञान प्रतिष्ठानका बैज्ञानिक डा. बसन्त गिरी र अमिता शर्मा को समुहले अनुसन्धान गरेका थियौ। यो कामको नतिजा प्रतिष्ठित बैज्ञानिक जर्नल पीएर जे (PeerJ) मा आज प्रकाशित भएको छ

उक्त पेपरको यसै पेपरको मुख्य बुदाहरु निम्न बमोजिम सम्छिप्तमा लेखेको छु । 

कति मान्छेले प्रयोग गर्छन मास्क?
काठमाण्डुको धेरै गाडि गुड्ने प्रमुख स्थान मध्ये एक कलंकीमा सन् २०१६ मा गरिएको गणना अनुसार यो क्षेत्र भएर हिड्ने मान्छे मध्ये ३१% ले मास्क लगाउने रहेछन । प्रयोग गरिएका मास्कहरु मुख्य गरि दुइ किसिमको देखियो । करिब २४% ले सामान्य कपडाको मास्क र करिब ७% ले सर्जिकल मास्क लगाएको देखियो । माथिको चित्रमा बायाँ तिरका मास्क लुगाका हुन् र दायाँ तिरको सर्जिकल कास्क हो । 

कति ठुला प्वाल रहेछन त मास्कमा?
काठमाण्डु धेरै मान्छेले प्रयोग गर्ने लुगाको मास्क्मा हाम्रो अनुसन्धान केन्द्रित थियो । यी लुगाका टुक्रामा माइक्रोस्कोपले हेर्दा ४६१ माइक्रोन सम्म ठुला प्वाल भेटिए । याद रहोस यी मास्कले साना धुलोका कण १० माइक्रोन भन्दा साना कण छेक्ने आशाले हामीले लगाउछौ ।

तर मास्क्ले धुलोका साना कण छेक्ने नछेक्ने कुरा प्वालको साइज मात्रै नभएर तिनको घनत्व र तेहा उपलब्ध फाइबरको नेटवोर्कमा पनि निर्भर गर्दछ । हाम्रो अध्ययनले प्वाल घनत्व ४७ प्रत्यक ४.५ बर्ग मिलिमिटर पाइएको छ ।
मास्कमा देखिएका प्वालहरु। Pores in different face masks.
For details see PeerJ paper https://peerj.com/articles/7142/

यी मास्कले के धुलोका कण रोक्छन त?
यो थाहा पाउनको लागि हामीले पेट्रि डिस्क लाइ मास्क लगाइदियौ र खुल्ला ठाउमा केहि समय राखिदियौ । मास्कको अर्को तर्फा कति धुलोका कण छिरे भनेर नाप्यौ । आफै खसेका धुलोका कण (PM10) ६३% देखि ८४% सम्म मास्कको अर्को तर्फ नगएको देखियो । लुगाको मास्कहरुले भन्दा सर्जिकल मास्कले अझै धेरै (९४% सम्म) धुलोका कण रोकेको देखियो । याद गर्नुस कि हामीले नापेको दस माइक्रोन भन्दा साना कण हुन् ।धेरै साना कण हामीले प्रयोग गरेको माइक्रोस्कोपले नाप्न नसक्ने हुनाले, त्यस्ता कणहरु गणना गरिएको छैन । अनि सास लिदा ताने जस्तो कणहरु तानिएको पनि होइन । त्यसैले के भन्न सकिन्छ भने खास मान्छेले मास्क लगाउदा यस्ता मास्क्ले यहा दिइएका भन्दा कम कणहरु मात्रै रोक्न सक्ने हुन सक्छ ।

मास्क धुदा वा तानेर लगाउदा के हुन्छ त?
कपडाको मास्क लगाउने धेरैले फोहर भए पछि धोएर पुन लगाउने चलन पनि छ । तर यसरि धुदा मास्कका प्वालहरु झन् ठुला भएको देखिएको छ । यसरि धुदा करिब २०% सम्म धुलो छेक्ने क्षमता कम भएको पाइयो । त्यसै गरि तानतुन पारेर वा कानमा फिट गराउन तनकाउदा पनि मास्कका प्वाल ठुलो भएको पाइयो । प्वाल ठुलो हुने भनेको धुलोको कण छेक्ने क्षमता कम हुनु हो । 

त्यसोभए मास्क लगाउने कि नलगाउने त?
कपडाका मास्कहरु धेरै प्रभाबकारी छैनन् । तर पनि लगाउदा केहि हद सम्म हानिकारण धुलोका कानबाट हामीलाई जोगाउछन । कपडाको मास्क भए धेरै नतन्काइ लगाउने र नधोई लगाउने। सकेसम्म सर्जिकल मास्क लगाउने । 

3/08/2019

सुद्ध हावा कहिले?

- बसन्त गिरी



यसपालीको हिउदमा असामान्य बर्षा भयो । बर्षाले कि किशान खुशी हुन्छन कि काठमाण्डुबासी । पानी वा हिउले  खेतिबाली सप्रिने आशाले किसान खुशी हुन्छन । काठमाण्डुबासी भने पानीले क्षणिक भए पनि प्रदुषित हावा केहि हदसम्म सफा हुने आशाले खुशी हुन्छन । काठमाण्डुको हावा यत्तिकै त प्रदुषित छ नै, हिउदमा त झन् अत्यधिक हानिकारक तहमा पुग्दछ । पानीले पखालेर हावा सुद्ध हुने केहि क्षण र हदसम्मको लागि मात्र हो । त्यसपछि पुन: उस्तै । काठमाण्डुको हावा निर्धक्क रुपले स्वास लिने गरि कहिले सुद्ध होला त?

बिस्व स्वास्थ संगठनले भर्खरै सार्बजनिक गरेको रिपोर्ट अनुसार सन २०१९ को लागि मानव स्वास्थलाई खतरामा पार्ने दश मध्य वायु प्रदुषण एक प्रमुख हो । वातावरणिय हिसाबले वायु प्रदुशण सबैभन्दा जोखिमपुर्ण छ । संसारमा दश मध्य नौ जना मान्छेले प्रदुषित स्वास लिन्छन । र करिब ७० लाख वायु प्रदुषण कै कारण बर्षेनी मर्छन । प्रदुषित वायुमा हुने विभिन्न किसिमका प्रदुषक तत्वमध्य सुक्ष्म धुलोका कणहरु अत्यन्तै हानिकारक हुन्छन । अत्यन्तै साना कणहरु हाम्रो फोक्सो भित्र पस्छन र रगतमा पनि मिसिन सक्छन । र हामीलाई स्वासप्रस्वास सम्बन्धी, मुटु सम्बन्धी, फोक्सोको क्यान्सर, निमोनियाजस्ता रोग लाग्दछन । विभिन्न कारणहरुले गर्दा प्रदुषित वायुले मर्ने ९०% मान्छेहरु कम बिकसित र अल्प बिकसित मुलुकहरुमा बस्ने हुने गर्दछन । प्रत्यक एक लाख नेपालीमा १३३ जना प्रदुषित वायुको कारणले र्ने  गरेको रिपोर्टहरुले देखाएका छन् । त्यसमा पनि बुढा बुढी र बच्चा बच्चिहरु प्रदुषणको शिकार बढी हुन्छन । केहि अध्ययनले देखाए अनुसार मानब सम्भाव्य आयु घटाउनमा वायु प्रदुशणलाइ एच आइ भी एड्स, टीबी, चुरोट सेवन र युद्धहरु भन्दा पनि खतरनाक मान्न थालिएको छ । जुन सहरमा वायु प्रदुषण कम छ त्यहाका मान्छेहरु धेरै बाच्छन तर जुन सहरमा प्रदुषण बढि छ त्यहाका मान्छे कम बाच्छन । उदाहरणको लागि भारतको राजधानी दिल्ली बस्ने मान्छे वायु प्रदुषणको कारणले दश बर्ष कम बाच्छन । बैज्ञानिकहरुले अनुमान गरे अनुसार मसिना धुलोका कण (PM2.5) बिस्व स्वास्थ संगठन को मापदण्ड भन्दा १० माइक्रोग्राम प्रति घनमिटर  हावा बार्षिक औसत बढि हुदा लगभग एक बर्ष सम्भाभ्य आयु कम हुने रहेछ । यसरि हेर्दा नेपालको (खासगरी काठमाण्डुको - ५५ माइक्रोन पर घनमिटर मान्दा, किनभने अरु सहरको तथ्यांक उपलब्ध छैन) नेपालीको जन्मिने बेलाको सम्भाव्यता आयु करिब ४.५ बर्षले घटेको छ दुषित वायुको कारण । काठमाण्डुमा दुइ बर्ष अघि गरिएको एक अध्ययन ले वायु प्रदुषणको कारण PM10 को मात्रा १० ले बढ्दा २% ले स्वासप्रस्वास र मुटुको रोगको खतरा बढ्ने देखिएको छ ।

नेपालको वातावरण विभागले संचालन गरेको वेबसाइटमा उल्लेख गरिएको तथ्यांक हेर्ने हो भने चौध ठाउको तथ्यांक उपलब्ध छ । नापिएको तथ्याङ्क यदि सहि छन् भने - यसै बर्षको माघ दुइ गतेको तथ्यांक अनुसार तेह्र ठाउमा मसिना धुलोका कणको मात्रा बिस्व स्वास्थ संगठनको मापदण्ड भन्दा बढी छन् । यो तथ्याकले अर्को महत्वपुर्ण कुरा के भन्छ भने - काठमाण्डु मात्रै नभएर नेपालका अन्य ठाउहरु पनि अत्यन्तै प्रदुषित छन । उदाहरणको लागी सोहि दिन झुम्का, सुनसरी र नेपालगंजमा वायुको प्रदुशणको मात्रा रत्नपार्क, काठमाण्डुको भन्दा झन्डै तीन गुणासम्म बढि देखिएको छ । किन हाम्रा दक्षिणका स्थानहरुमा अत्याधिक प्रदुषण छ त? यो अध्यनकै बिषय हो । तर संसारकै अत्याधिक प्रदुषित दश सहरहरु उत्तर भारतमा छन् र ति नेपालबाट नजिक छन् । यी सहरहरुमा बिस्व स्वास्थ संगठनको मापदण्ड भन्दा दशौ गुणा बढि धुलोका कण छन । भारतीय श्रोतहरुबाट प्रदुषक धुलो नेपाल तिर आएको पनि हुन सक्छ । तराइमा नेपालको धेरै जनसंख्या बसोबास गर्छ।  त्यसैले यस्तो प्रदुषित वायु बाट धेरै जनसंख्या प्रभावित छ । यसमा खासै कसैको ध्यान गएको छैन । अर्को एउटा अध्ययनले काठमाण्डुको प्रदुषण बिगत पन्ध्र बर्षमा ५०% ले बढेको देखाएको छ ।

वायु प्रदुषण कम गर्ने नीति नियम बनाउनको लागि सबैभन्दा पहिले स्पस्ट रुपमा प्रदुक्षणका स्रोतहरु के के छन् पहिचान गर्नु पर्दछ । अनि मात्र प्रदुषणलाइ स्रोतबाटै कम गर्न चाहिने योजना र कार्यक्रम बनाउनु पर्छ भन्ने थाहाहुन्छ । सर्बसाधारणलाइ के लागेको छ भने मेलम्चीको कारणले र  चक्रपथ देखि अन्य बाटो विस्तारले प्रदुषण बढ्यो । त्यो एक हदसम्म सहि हो । सिमित अध्ययनले देखाए अनुसार काठमाण्डुको वायुमा हुने धुलोका कणको मुख्य स्रोतहरुमा इट्टा भट्टले, गाडिको धुवा र फोहर र अन्य बस्तु जलाउदा निस्कने धुवा पर्दछन । स्रोत पहिचानको लागि अझै घनिभुत अध्ययनको आवश्यकता छ । हिउदमा गाडिहरुले गर्ने प्रदुषण त छदै छ, सयौ इटा भट्टा चल्छन, जाडोबाट बच्न दाउरा देखि कागज र फोहर जलाउने गतिबिधि पनि बढी हुन्छ । त्यसैले हिउदमा हुने र अन्य समयमा हुने प्रदुषणको स्रोतको योगदान फरक हुन सक्छ । माटोको धुलोले पनि केहि मात्रामा वायु प्रदुषणमा योगदान गरेको छ । तर के अब मेलम्चीको काम र बाटो निर्माण सकियो भने प्रदुषण घट्छ त? यसरि हेर्दा बाटोहरु बनेर सकिए पनि धुलो उडेको नदेखिएला तर वायु प्रदुषण खासै कम नहुन सक्छ, खासगरी अत्यन्तै हानिकारक मसिना धुलोको कणको हिसाबले । काठमाण्डु आफैमा कचौरा जस्तो भएकोले पनि वायु प्रदुषण बढि हुन्छ । यसलाई त हामीले केहि गर्न सकिदैन । सक्ने भनेको मानव सृजित स्रोतहरुहाइ कम गर्ने हो ।

मानब सृजित श्रोतहरु मध्ये प्रमुख एक इट्टा भट्टाबाट निस्किने प्रदुषण कम गर्न कम प्रदुषण गर्ने प्रबिधीको प्रयोगलाई प्रोत्साहन र नियमन कडा गर्नु पर्दछ । ति भट्टालाइ सकेसम्म काठमाण्डु बाहिर सार्दा उपयुक्त हुन्छ । नागढुङ्गा गाडि र मान्छे काठमाण्डु प्रवेश गर्ने मात्रै नाका नभएर, हावा प्रवेश गर्ने प्रमुख स्थान पनि हो । यो स्थानबाट प्रवेश गरेको वायु दिन ढल्केपछि पुर्बतिरबाट बाहिर जान्छ । तर आजभोलि नागढुङ्गा देखि पश्चिमतिर त्रिभुवन हाइवेको ओरिपरि इट्टाभट्टा र सिमेण्ट कारखाना बढ्दै छन् । वायु प्रदुषणको हिसाबले अत्यन्तै संबेदनशील स्थानमा भएका यस्ता प्रदुषणका श्रोत कम गर्न के गर्ने? भुइचालोले भत्केका इट्टा भट्टाहरु पुनर्निर्माण गर्दा कम प्रदुषण गर्ने बाङ्गो टिङ्गो चिम्नी प्रबिधी भित्रियको छ । कति भट्टाले नयाँ प्रबिधी अपनाए? तिनको प्रभावकारिता कस्तो छ? थप अध्यन जरुरि छ ।

वायु प्रदुषणको अर्को प्रमुख कारण गाडिबाट निस्किने धुँवा हो । नेपालमा अहिले करिब चार लाख बढि गाडि कुद्छन र गत एक दशकमा गाडिको संख्या पाच गुणाले बृद्दी भएको छ । यी गाडिहरु मध्ये धेरै डिजेलबाट चल्छन । डिजेलबाट चल्ने गाडिले धेरै प्रदुषण गर्छन । गाडिबाट निस्किने प्रदुषण कम गर्न गाडिको कन्डिसन राम्रो राख्ने, प्रदुषण परिक्षण गरेर फेल हुनेलाई चल्न नदिने, बाटोको अवस्था राम्रो राख्ने, ट्राफिक जाम कम गर्ने जस्तो तत्कालिन अवस्थामा गर्न सकिने सुधारलाई ध्यान दिन आवश्यक छ । तर लामो अबधीको लागि भने परम्परागत इन्धनबाट चल्ने गाडि बिस्थापित गरि स्वच्छ उर्जाले चल्ने गाडी संचालन गर्नु नै एक मात्र उपाए हो । गाडिको, खासगरी ब्याट्री, प्रबिधीमा भैरहेको द्रुत बिकासका कारण बिजुली गाडी अब सम्भब हुदै छ । २०१५ को पेरिस जलवायु सम्मेलनमा नेपालले पाँच वर्षमा २०% सार्बजनिक यातायातलाई बिजुली यातायातमा पुर्याउने बाचा गरेको थियो । तर तीन बर्स बितिसक्दा पनि त्यस दिशामा केहिपनि काम भएको छैन । साझा यातायातले संचालन गर्ने भनेको पाँचवटा बिजुली बसको उद्घाटन गर्ने क्रममा दशैँताका प्रधानमन्त्री ओलीले फेरी उही २०% को कुरो दोहोर्याय । तर ति पाँच बस पनि आजसम्म संचालनमा आउन सकेका छैनन् । उता डिजेल पेट्रोलले चल्ने गाडि आयात कम र विस्थापनमा योगदान गर्ने कुनै नीतिगत निर्णय भएको छैन । यसले गर्दा तत्कालको लागि यस्ता गाडिको संख्या कम हुने कुनै लक्षण देखिदैन । बिजुली गाडिमा अब बिस्वमा आउने प्रबिधिगत परिवर्तनले नेपालमा पनि ति गाडिको आयात केहि मात्रामा बढ्ला तर त्यो वायु प्रदुषण कम गर्ने हदसम्म नहुन सक्छ । हुन त ओली सरकारले गत डिसेम्बरमा ३०० बिजुली बस किन्ने निर्णय गरेको पनि छ । त्यो कसरि र कहिलेदेखि संचालन होला? केहि अत्तो पत्तो छैन । ठोस तयारी र योजना नभई गरिने यस्ता हचुवा निर्णयले खासै अर्थ राख्दैनन् । तर प्रदुषण गर्ने परम्परागत यातायात प्रतिस्थापन गर्नको लागी हजारौ बिजुली बसको आवश्यकता छ ।

यस अघि उल्लेख गरे अनुसार नेपालको दक्षिण तिरका स्थानहरुको अस्वभाविक वायु प्रदुषणमा भारतीय प्रदुषणका श्रोतहरुको योगदान हुन सक्छ । निर्क्योल गर्नको लागी अनुसन्धानको आवश्यकता छ । जसरी जलवायु परिवर्तनमा नेपालको योगदान न्युन हुदाहुदै पनि त्यसको असर हामीले भोगिरहेकै छौ, त्यसरी नै अन्य देशले गरेको वायु प्रदुषण को असर हामीले नै प्रताडित भैरहनु पर्ने अवस्था हुन सक्छ । यसरी बोर्डर पारीबाट आउने प्रदुषण कम गर्न के गर्न सक्छ नेपालले? दशिण पुर्बी एसियाली देशहरुले यस किसिमको अन्तरदेशीय प्रदुषणको समस्या सम्बोधन गर्नको लागी सम्झौता गरेका छन् । नेपालले पनि दक्षिण एसियामा यस्तै किसिमको सम्झौताको लागि नेतृत्व लिन सक्छ ।

मेरी सात महिनाकी छोरीलाइ करिब महिना दिनसम्म खोकीले सतायो । तर उनि पोखरा गएपछि निको भयो । प्रदुषित वायुकै कारण मेरी छोरी जस्तै कति बच्चाबच्चीहरु समस्यामा परेका होलान? कति बुढाबुढीहरु अहिले दम र अन्य स्वास प्रस्वास सम्बन्धी समस्याले अस्पत्तालको शैयामा दिनरात काटिरहेका होलान । कतिलाई फोक्सो र मुटुको समस्या झन् बल्झिराखेको होला । यसले एक त स्वास्थ अवस्था खराब भयो र बिरामीले दुख्ख पायो। संगसंगै परिवारका अन्य सदस्यहरुलाई पनि दुख्ख अनि समय र पैसाको बर्बादी थोपरियो ।

तर अफसोच यदि सरकारले साच्चिकै प्रदुषण कम गर्ने आक्रामक नीति र सो नीतिको कार्यान्यन गरेन भने यो अवस्था अन्त्य हुने कुनै लक्षण देखिदैन ।

-------------------------

This article has been published in Kantipur daily - March 7, 2019. LINK

Also published in NepalKhabar.com on March 4, 2019.

I apologize for duplicate publication.

I had submitted this article to Kantipur on 8 February 2019 but I didn't receive any reply from Kantipur. Some authors who publish in Kantipur suggested me that articles not published within two weeks after submission won't be published in Kantipur.

Therefore I sent the same article to NepalKhabar on 28 February 2019 and they decided to publish. I had informed the handling editor of NepalKhabar that the same article was submitted to Kantipur but no response yet in our phone conversation.