5/24/2008

माओवादीहरु, जवाफ देऊ

This article was published on mysansar.com few days ago. I think its still relevent to the viewers of this blog. It is re-published here with authors permission.
........................................................................................................................................................................

-उत्तम बाबु श्रेष्ठ-

माओवादीको हेडक़्वाटर प्रचण्ड निवास नयाँवजार र चितवनको शक्तिखोर अवस्थित माओवादी तेस्रो डिभिजन कार्यालय विचको दुरी कति छ ? शक्तिखोर क्याम्पमा घटेको घटनाको प्रतिक्रिया आउन प्रचण्डलाई दुई दिन लाग्यो तर हिजोका दिनमा त्यहि वटालियनले कृष्णभिरमा आक्रमण गर्दथ्यो तर त्यो दुरी भन्दा दशौं गुणा दुरीमा वसेका प्रचण्डहरुको वक्तव्य दुई घण्टामै आउँदथ्यो । के माओवादीहरु सुस्त भएका हुन त ? पक्कै होइनन् रामहरि श्रेष्ठको हत्याको घटनाका प्रकृति र त्यसपछि व्यक्त प्रतिक्रियाहरु हेर्दा लाग्छ माओवादी उक्त घटनाको ढाकछोपमा लागेका हुन् । माओवादी सिद्वान्तका गुरु माओ भन्नु हुन्थ्यो । “हजारौं मृत्युहरु स्वभाविक हुन्छ तर एउटा मृत्यु दुखद हुन्छ ।” त्यसैले होला जनयुद्वताका करीब १३००० मानिसहरुको मृत्यलाई स्वभाविक र परिवर्तनका लागि, ठुला ठुला क्रान्तिका आवश्यक वलिदान वा कोटा भनेर त्यसको पृष्टी गर्ने खोज्ने माओवादी यतिखेर माओवादी शिविरमा हत्या गरिएका रामहरी श्रेष्ठको दुखद मृत्युको चर्चादेखि भाग्दैछ ।

ऐतिहासिक संविधान सभाको पहिलो वैठक वस्न लागेको पूर्बसन्ध्यामा भएको उनको हत्या यर्सथ पनि दुखद छ कि यसले मुलुकका राष्ट्रीय ऐजेण्डाहरुलाई ओझेलमा पार्न थालेको आभाष भएको छ । हामी चाहन्थ्यौं, यतिखेर राजनैतिक दलहरु संविधान सभाका पहिलो वैठकको कार्यसुची निर्माण गर्नमा व्यस्त हुन् । वुद्विजीवीहरु देशलाई सहज किसिमको निकास दिने उपायहरु निकाल्न छलफल गरुन्, मार्गदर्शनहरु सिदान्तहरु निकालुन् । पत्रकार र लेखकहरु परिवर्तनका सुन्दर लेखहरु लेखुन् अनि नेपाली जनताहरु उज्वल भविष्यका कामना सहित घरघरमा नयाँ नेपालको लागि वहस गरुन र आफ्ना भुमिकाहरु खोज्न व्यस्त हुन् । तर विडम्वना, यतिखेर माओवादी इतरका अन्य राजनैतिक दलहरु माओवादी शिवीरमा घटेको यो दुखद घटनाको विरोध बक्तब्य निकाल्न व्यस्त छन् । पत्रकारहरु माओवादीका उदण्ड क्रियाकलापको समाचार वनाउन व्यस्त छन् । मानिसहरु हत्याको विरोधमा सडकमा उत्रन बाध्य छन् । घर घरमा संविधान सभाको वहसको सट्टा माओवादीद्वारा मारिएका रामहरि श्रेष्ठको चर्चा गरिरहेका छन् । घटनाको विरोध बढ्दै जाँदा उपत्यका वन्दको समेत आव्हान भइसकेको छ । आखिर नयाँ नेपाल वनाउँछु भन्ने नेपालको सबैभन्दा ठुलो पार्टी आफ्नो जनसेनाको क्याम्पमा घटेको यो घटनालाई सकेसम्म चाँडो निकास दिएर राष्ट्रिय एजेंडातिर देशलाई डोहर्‍याउन सकिरहेको वा चाहिरहेको छैन किन ?

लहानमा गोलिकाण्ड भयो, पत्रकार विरेन्द्र शाह मारिए नोवेल एकेडेमीका डाक्टरहरु वाइसिएलका कार्यकर्ताहरुद्वारा पिटिए । माओवादी पार्टीले र्सार्वजनिक रुपमा माफी माग्यो, हत्यारालाई कानुनको हवाला गर्ने प्रतिवद्वता र्सार्वजनिक गरयो तर दोषीहरुलाई कारवाही भएको सुनिनमा आएन । त्यसैकारण उक्त घटनाको श्रृंखला बढ्दै गरेर आज जनसेनाको शिवीरमा र्सवसाधारण नेपालीको पिटेर हत्या गरिएको छ । यस्तो लाग्छ, माओवादी पार्टी यस्ता घटनाहरु ऐजेरु जस्तै झ्यागिंदै छन् । घटना पश्चात उनका आफन्तहरु माओवादीले र्सार्वजनिक रुपमा माफी माग्नु पर्ने, अधिकार सम्मन्न आयोग गठन हुनु पर्ने र हत्यारालाई कारवाही गर्नु पर्ने आदि माग गरिरहेका छन् र त्यसको लागि आन्दोलित भइरहेका छन् । आन्दोलन बढ्दै जाँदा फेरी माफि मागिएला त्यसले तपाईहरुका माफिका खातामा नयाँ रेकर्ड थपिएला तर त्यसले जनतालाई के फरक पार्छ ? जवसम्म यस्ता घटना सम्पूर्ण रुपमा रोकिदैनन् । अनि त्यस्ता घटना घटाउने तपाईहरुले भन्नु भएका आफ्नै पार्टी भित्रका अपराधी तत्वहरुलाई कानुनको हवाला गर्नको सट्टा घटनालाई ढाकछोप गर्न तिर लागिन्छ ।

मलाई लाग्छ, अरुले भनेजस्तै धेरै र्सवसाधारण नेपाली मानिसहरुमा माओवादी अध्यक्ष प्रचण्डको जेल लगाएर सिल्लिक कोरेको सेक्सी कपालमा मात्रै आर्कषित भएका होइनन् । उनको नेतृत्वको टिमले नयाँ नेपालको लागि कोरेको स्पष्ट खाका, गणतन्त्रको लागि उनीहरुले गरेको ठुलो त्याग र वलिदानी र उनीहरुको अहिलेसम्मको तुलनात्मक साधारण जीवनशैली, उनीहरुले देखाएको उज्वल भविष्यप्रतिको आशा आदी नै उनीहरु प्रतिको आर्कषणको कारणहरु हुन् । लामो समयदेखि असल नेता छान्दा छान्दा दिक्क भएका धेरै नेपालीलाई लागेको छ, यीनले चाहि केहि गर्छन है । व्यक्तिगत रुपमा भन्दा पनि प्रचण्डको गरिव देश नेपालले संसारलाई नयाँ विचार किन दिन सक्दैन भन्ने अभिव्यक्तिप्रति म नतमस्तक छु तर सँगैसँगै उहाँ प्रति सहानुभुती पनि छ । देश र राष्ट्रको लागि नयाँ सोच र दृष्टीकोण वनाउनु पर्ने, विकाश निर्माणका ठुला ठुला योजनाहरु वनाउनु पर्ने । नयाँ विचारको निर्माण गर्नु पर्ने अझ भनौं निकट भविष्यमा गणतान्त्रिक नेपालको सफल नेतृत्व दिनु पर्ने एउटा व्यक्तित्व यतिखेर फलाना कार्यकर्ताले विरोधीलाई चुट्यो माफि माग हाजीर होउ । जनसेनाले शिवीर भित्र मान्छे मार्यो माफी माग्दै वक्तव्य निकाल । पत्रकारहरुले त्यस घटनाको वारेमा प्रश्न सोध्छन् त्यसको मिलाउदै जवाफ देउ । आदी इत्यादी जस्ता सानातिना कार्यक्रममा नै व्यस्त छन् । कस्तो विडम्वना जुन मान्छे सिँगो विश्वलाई नयाँ विचार दिने कुरा गरिरहेको छ उसलाई तपसिलका प्राविधीक कुराहरुमा अल्भिन परिरहेको छ । तर यस्तो स्थीती आउनमा दोषी को ? जवसम्म माओवादीले पार्टी भित्रका रहेका उनीहरुकै शव्दमा ‘अवसरवादी’, ‘लालची’, ‘ भ्रष्ट’ ‘कुहिएका आलु’हरुलाई त्यहाँवाट फाल्दैन वा तह लगाउँदैन तवसम्म यस्तो विडम्वना पूर्ण स्थीतीबाट मुक्त हुन सकिदैन । मलाई लाग्छ, प्रचण्डले भने जस्तै अव उनीहरूले आफ्नो टाउकोमा आगो झोस्ने दिन आएको छ ।

माओवादीका चर्चित युवा नेता नेत्रविक्रम चन्द विप्लव भन्छन् हामी सिध्यियौं भने आफ्नै कारणबाट सिध्यिन्छौं अरुको कारणवाट होइन । आफु भित्रको खराव तत्वले सिगो पार्टी लाई वदनाम गरेर सिध्याउने प्रयत्न भईरहँदा किन तपाईहरु त्यसको विरुद ढाकछोपमा तल्लिन हुनु हुन्छ । कुहिएको आलुहरु माओवादी भित्र प्रसस्त छन् भन्ने थाहा पाँउदा पाउदै त्यसलाई फाल्नुको साटो लुकाएर राख्नाले पुरै माओवादीलाई कुहाउदैन र ? स्पष्ट छ, अहिलेको स्थीतीमा करीव एक तिहाई नेपालीहरुले भोट दिएको पार्टी माओवादी कुहिनु भनेको ती तमाम नेपालीहरुको सपना पनि कुहिनु हो । त्यसकारण माओवादीले त्यो आफु भित्र रहेका उनीहरुकै शव्दका अपराधी, अवसरवादी तत्वहरुलाई पर्दाफास गर्नेपर्छ । रामहरी श्रेष्टको हत्या हुनु र त्यसपछिका घटनालाई अवसरको रुपमा लिएर घटना घटाउने तलदेखि माथिसम्मका तत्वहरुलाई कानुनका अगाडि उभ्याउनु भविष्यमा यस्ता विडम्वना पूर्ण स्थिती आउनुबाट रोक्नु हो ।

अन्त्यमा, समाजभित्र राम्रा, नराम्रा विकृत सुसंस्कृत सबै तत्वहरु हुन्छन् । तर नयाँ नेपाल वनाउँछु भन्ने, नयाँ संस्कार निर्माण गर्छु भन्ने पार्टीलाई आफुभित्र विकृतीका किराहरु स्याउ स्याउ पालेर सुसंस्कृत नयाँ नेपाल बनाउन सभंव छ भन्न सुहाँउछ र कमरेड ?
ubshrestha@yahoo.com

No comments:

Post a Comment

Please type your comment in the box below.