11/11/2009

क्रेजी काउले जुत्तामा रोटी दियो: अचम्म छ बा !


साइड बाट हेरेको यस्तो देखियो।
ज्युरिचमा यौटा रेस्टुरेन्टको नामै क्रेजी काउ रैछ। अब यसलाई नेपालीमा के भनेर बोलाउने? उत्तेजित गाई भन्ने की उन्मादी गाई अथवा सनकी भन्नेकी पागल गाई रेस्टुरेन्ट? डिनर खान भनेर बसेको, वेटर ले यता उता पारेको यो बस्तुमा आखां पर्यो। यकछिनमा त मेरै टेबुलमा पो ल्याएर राख्दिन्छे तेल्ले त। मेरो मनले थाम्न सकेन, माथि कोठामा गए क्यामेरा ल्यायर फोटो खिचे। हेरौ त के रैछ?

चिन्नु भो? ल अरु फोटो हेरौ अनि चिन्न सजिलो हुन्छ की?


हाम्ले जाडोमा लाउने चप्पल जस्तो छैनत? तर कुरो अर्कै रैछ। यो भित्र रोटी ल्याइछ वेटरले त। मेरी बास्सै सन्सार बिचित्रको छ। त्यस्तो चलन किन रैछ कुन्नि, ति नानी लाई सोधौ भनेको तिनको फुर्सद भएपो। तपाईलाई थाहा भए यसो जानकारि पाउ न।

अनि अन्तिम मा यो फोटो पनि त्यही रेस्टुरेन्ट भित्र पस्ने ठाउंको।

लेखेको अनुसार त ठिकै थियो। रेस्टुरेन्ट देखाको ठाउ तिर रेस्टुरेन्ट थियो। अनि टोइलेट लेखेको तिर टोइलेट थियो। माउ गाईको सिङमा पेपर टावेल बेरेको,टाउको टोइलेट तिर अनि पछिल्लो भाग रेस्टुरेन्ट तिर। यो त उल्टो भएनर? यो माउ भन्दा तेस्का बच्चा गाईले राम्रो सङ्ग सन्केत गरेछन्। तिनको टाउको रेस्टुरेन्ट तिर फर्केर केहि खादै छन् अनि पछिल्लो भाग टोइलेट तिर।

7 comments:

  1. हैन लौ, यो रोटीसम्म त 'जुत्ता'मा टिस्यु पेपेरम बेरबार गरेर ल्याएछन, अरु चिज कसरी ल्याए हो?। अलिकता ग्रेभी बएको वा सुप खानु परो भने चैं 'बुट' मा ल्याउँछ कि के हो :)

    मैले चैं 'क्रेजी' को अर्थ यही रेस्टुरेण्टलाई मात्रै हेरेर अर्थ्याउने हो भने ' सनकी' नै भइको माने है ।

    ReplyDelete
  2. kati ramra batchha raichhan.

    ReplyDelete
  3. लु मैले त केहि कुरो बुझिन बा! के के हो के के । बिचित्रकै छ यो संसार ।

    ReplyDelete
  4. लौ त ! अचम्मै को रेष्टुरेन्ट रहेछ । यस्तो मैले कहि देखेको सुनेको थिइन । सा¥है अचम्मको टाँसो टास्नुभएछ तपाईले ।
    www.onlinekhaskhas.blogspot.com

    ReplyDelete
  5. हा हा। लौ न के के देख्नु पर्‍यो। हा हा अचम्मै है। बास्तबमै क्रेजीनै रहेछ सबै कुराहरु। नाम अनुसारको काम पनि त गर्नु पर्यो नी हैन त। कता किचनमा ट्बाईलेट प्यान जस्तो चुलो रहेन छ। कतै थियो कि? जान पाउनु भएन होला। साह्रै रमाईलो पोष्ट राख्नु भएछ ।

    ReplyDelete
  6. SANKAHA NAI PARECHHA MALIK PANI TARA BYABASAYA GARNE TARIKA PANI RAMRAI HO.

    ReplyDelete

Please type your comment in the box below.