2/12/2010

दाङ बाट प्युठान जान भिषा? वाइह्यात।

कतै कतै यौटा प्रदेश बाट अर्कोमा जादा भिषा लिनु पर्छ भन्ने सुनेर, पढेर मलाई अचम्म लागेको छ। भर्खरै एक जना सभासदले यसै भनेछन। हुनत हाम्रा सभासदले कति पो ज्ञान राख्छन र? कहि नभाको जात्रा हाडीगाउंमा भने जस्तो। म दाङ देउखुरिमा बस्ने मनुवा, प्युठान जानलाई भिषा लिने त? त्यो पनि एउटै देश् भित्र?  भिषा त एउटा मुलुक बाट अर्कोमा जानलाई पो चाइने हो त। कतिपय कुलुकमा त तेहि पनि चाइन्न। हाम्लाई भारत जान त भिषा चाईन्न त गाठें। अनि एउटै देश भित्र घुम घाम गर्न पनि भिषा चाइने? वाइह्यात। कुबुद्दि। सानो नलेज। भारतका मान्छेले एउटा प्रदेश बाट अर्कोमा जान लाई भिषा बोकेर हिड्छन् त? बिहारको ले उत्तर प्रदेश जादा? आम्रिकाको ओरेगन बाट क्यालीफोर्निया जान त भिषा चाइदैन त। यि दुबै संघिय मुलुक हुन त। कुरो बुजेर गर्नु नि।

नयां सम्बिधान बनाउन अब थोरै दिन बाकि छ। यति दिन भित्र बन्छ भनेर अहिले कसैले पनि पताउदैन। सबैभन्दा ठुलो पार्टी माओबादिले समय थप्ने प्रस्ताव गर्दै छ रे। ढिलो चाडो नयां सम्बिधान बन्ला। सबै भन्दा महत्वपुर्ण कस्तो सम्बिधान बन्छ भन्ने नै हो। नयां सम्बिधानले संघिय नेपाल बनाउने लग्भग निस्चित भैसक्यो। भलै राष्ट्रिय जनमोर्चा मात्रै यसको बिरोधमा कम्मर कसेर लागेको किन नहोस।


नयां सम्बिधानको महत्वपुर्ण र चुनौतिपुर्ण काम भनेको मुलुक लाई बिभिन्न संघमा बिभाजन गर्ने र तिनको अधिकार बाडफाड नै हुनेछ। यसमा बिभिन्न ब्यक्ति, पार्टि, समुहहरुको आ-आफ्नै स्वर्थ छन् अनि तेसै अनुसार थरी थरीका संघिय नेपाल को स्वरुप प्रस्ताव गरेका छन्।

हाम्रा सभासदहरुको यौटा टिमले मुलुक लाई १४ संघमा प्रस्ताव गरेको छ। सो समितिमा बहुमतले पारित सो प्रस्ताबकै वरिपरि घुमेर संघिय नेपाल हुन सक्ने सम्भावना बलियो छ।

त्यो प्रस्ताव अनुसार मेरो क्षेत्र लुम्बिनी–अवध–थारूवान मा पर्छ। सर्ब प्रथम त यो नाम नै भएन के। संघको नामै यति लामो? ब्यवहारिक रुपमै अफ्ठ्यारो।  हुनत नामले मात्रै केहि फरक पर्ने होइन तर यसले धेरै कुराको प्रतिनिधित्व गर्छ। जोड-जाड पारेको नाम धेरै समय नटिक्न सक्छ। नारायणी देखि महाकाली सम्म को पुरै भाग यसैमा। यो प्रदेशको आधार के हो? जात वा धर्म वा भाषा वा भुगोल के हो त?








3 comments:

  1. Kasle bhanyo Visa chahine kura Dai? Kun sabhasad? Achammma.. Sachchinai kahi nabhako jatra Nepal mai huney bhayo.. Sabai bhanda pahile ta Nepal lai states ma badhne kura pachekai chhaina, tesmaathi Visa chahine bhaye pachhi ta khai k po huney ho.. Kura gari nasaknu bhanya

    ReplyDelete
  2. आबुइ!!! के कुरा गर्या हुन यस्तो!!! भिषा नलगाइ हाम्रा प्रसेशाँ आउँला भन्या हौला!! खबरदार!!! नयाँ नेपाल भनेकै यस्तै त हो नि!हाम्रो त मगरात हो! लाइदीइन्छ पाँतुरी फाइन!!

    ReplyDelete
  3. मेरो दुइटा घर मध्ये एउटा चाई लुम्बिनी माँ अर्को खप्तड माँ .
    म लाई सधै भिसा चाहिरंछ म त राजदुतावास धा को धाई गर्छू.
    हहह्हहहहाह

    Mahesh

    ReplyDelete

Please type your comment in the box below.