3/28/2010

कहिल्यै प्राथमिकतामा नपरेको नेपाली विज्ञान–प्रविधि क्षेत्र

(के लेखौ के लेखौ भैराथ्यो। यसो कम्प्युटर भित्र खोज्दै जादा पुराना प्रकासित भैसकेका लेखहरुको पोको भेटियो। अनि ति मध्य यसैलाई ब्लगमा राखेर झारा टार्ने मन गरे। तर समस्या के आ इपर्यो भने प्रिटी फन्टमा लेखिएको त्यो लेख ब्लगमा राख्न नमिल्ने। फेरि टाइप गरौ भने पनि कति गर्नु। इन्टर्नेटमा खोज्दै जादा xnepali blog मा प्रिटि लाई युनिकोडमा बदल्ने सुबिधा रैछ। त्यसैको प्रयोग गरेर मेरो त्यो पुरनो लेख आज यहा पुन प्रकासित गरेको छु। मलाई लाग्छ करिब ५ बर्ष पहिले प्रकासित लेखको लेखको मुल आसय अझै पनि उस्तै छ।-Naya Lahure )

अहिलेको विश्व दुई भागमा वाँडिएको छ । २०% जनसंख्या सहित ४०% भु–भाग ओगटेका विकसित देशहरु एकातिर छन भने ८०% जनसंख्या सहित ६०% भु–भाग ओगट्ने अविकसित देशहरु अर्कातिर छन् । विकसित मुलुकहरुले ८०% भु–स्रोतको उपयोग गर्छन भने अविकसित र अल्प विकसित मुलुकहरुले २०% मात्र भु–स्रोतको उपयोग गर्छछ । कुनै देशको आर्थिक सुदृढता त्यसले विज्ञान र प्रविधिको उपयोग गर्न सक्ने क्षमता हो भन्ने कुरा प्रमाणित भइसकेको छ । अब्दुल सलामले भनेका छन्– विकसित र अविकसित राष्ट्रहरु वीच रहेको आर्थिक र प्रभावको खाडल आधारभुतरुपमा विज्ञान र प्रविधिको विच रहेको खाडल हो् । तथ्यहरुले के पुष्टि गर्छन भने कुनै देशका नागरिकहरुको जीवन स्तर त्यहाँको विज्ञान र प्रविधिको स्थितिमा निर्भर गर्दछ । विकसित विश्व अहिले अन्तरिक्षमा प्रभाव जमाउनका लागि प्रतिस्पर्धा गर्दैछ । ४० वर्ष अगाडी रुसबाट सुरु भएको अन्तरिक्ष यात्रा अमेरिका, युरोप घुम्दै एशियाका चीन, भारत र जापानतिर सर्दै छ । तर नेपाल लगाएतका अविकसित मुलुकहरुका लागि यी मानव उपलब्धिहरु हजारौं बर्ष पहिले रचिएका धार्मिक ग्रन्थका काल्पनिक कथा सरह भएका छन् । विज्ञान प्रविधिको विकास र यसको उपयोगवाट मावन जीवन सरल र सहज बनाउने तर्फ सोच्नु त कता हो कता आधारभुत आवश्यकता पुर्तिका लागि मरिमेट्दा पनि संम्भव भएको छैन् । 


उन्नाइसांै शताब्दीको शुरुतिर भएको औधोगिक क्रान्ति ताका युरोप, अमेरिकाले विज्ञान प्रविधिको अत्याधिक प्रयोग गरेर विकासको उकालो चढे । त्यस्तै दोश्रो विश्वयूद्ध पछि जापान, दक्षिण कोरिया, सिंगापुर आदि मुलुकहरुले विज्ञानद्धारा आविस्कार गरिएका प्रविधिको प्रयोग गरि सम्पन्नशाली बनेका हुन् । नजिकैका छिमेकी राष्ट्रहरु भारत र चीनको विकासको गति लम्किदै जानुको कारण पनि एउटै छ । त्यो हो विज्ञान र प्रविधिको उपयोग बीना विकास संम्भव छैन भन्ने सत्यलाई आत्मसाथ गर्नु । उनीहरुले यस क्षेत्रमा गर्ने लगानीमा अत्याधिक वृद्धि गरेका छन् । नयाँ चरणमा शुरु भएको सूचना प्राविधिलाई दह्रोसँग पक्रेका छन् । चीन हार्डवेयरको क्षेत्रमा र भारत सफ्टवेयरको क्षेत्रमा विश्वकै नेतृत्व गर्दैछन् । समयको खास–खास चरणमा यस्ता किसिमका अवसरहरु प्राप्त हुन्छन् । वुद्धिमानहरुले यस किसिमका अवसरहरुको सहि सदुपयोग गर्दै अगाडी बढ्छन तर समयसंग हिड्न नसक्नेहरु पछि पर्दै जान्छन्, जुन हालत हामी नेपालीहरुले भोग्दै आएका छौ । अपार प्राकृतिक सम्पदा भएको हाम्रो जस्तो देशको लागि विज्ञानको प्रयोगबाट विकास पथमा लम्किने सम्भावनाहरु हुँदा हुँदै पनि नेतृत्व तहको अवुझका कारण त्यो अहिलेसम्म सम्भव भएको छैन । 

विकसित विश्व र तेश्रो विश्वका विच विज्ञान र प्रविधिको उपयोग र विस्तारमा अहिले रहे जस्तो विशाल खाडल पहिले पनि यस्तै भने थिएन । समयको कालखण्डमा अहिलेको तेश्रो विश्वमा विज्ञान÷प्रविधि अहिलेका विकसित मुलुकहरुसँग तुलना गर्न लायक थियो । नेपालकै उदाहरणहरु लिएर यस तथ्यलाई पुष्टि गर्न सकिन्छ । नेपालको प्राचिनतम ज्ञान र परम्परागत प्रविधिको इतिहास गौरवमय रहेको छ । नेपाल धेरै परम्परागत प्रविधिहरुमा धनी छ । केहि त्यस्ता प्रविधिहरु कम्तिमा पनि दुई हजार वर्ष पुराना छन् । नेपालका परम्परागत प्रविधिहरुको सर्वेक्षणले हाम्रो देश केहि क्षेत्र जस्तैः– धातुकार्य, वास्तुकला, सिभिल इन्जिनियरिङ्ग, कागज वनाउने, कृषि, औषधी, भाँडा कार्य आदिमा राम्रो ज्ञान भएको प्रमाणित हुन्छ । 

तेह्रौ शताब्दीमा अरनिकोले नेतृत्व गरेको नेपाली टोली प्यागोडा शैलीमा मन्द्रि बनाउने कार्यमा संसारभर प्रख्यात थियो । उनीहरुलाई धातुकार्यको पनि राम्रो ज्ञान थियो । मिश्र धातु बनाउने तरिका, कति मात्रामा कुन–कुन धातु मिसाउँदा कस्तो धातु बन्दछ । त्यसको लचकता, कडापन, वातावरणमा खप्न सक्ने क्षमता आदिको वारेमा राम्रो ज्ञान हुनु पर्छ । त्यसैगरि विभिन्न प्रकारका धातुहरुबाट बनेका मुर्तिहरुवाट पनि यस सम्वन्धि ज्ञान प्रमाणित हुन्छ । नेपाली प्रविधिको साक्षात नमुना भक्तपुरको न्यातपोल मन्दिर हो । यो नेपाली वास्तुकला र सिभिल इन्जिनियरिङको नमुना हो । त्यसैगरि कागज वनाउने नेपाली प्रविधि पनि धेरै पुरानो र मौलिक छ । तेल पेल्ने कोल, अन्न प्रसोधनका लागि प्रयोग हुने ढिकी, जाँतो, पानी घट्ट, जस्ता प्रविधिको प्रयोग गरि मानिसहरुले आफ्नो जीवन चलाएका थिए । 

पश्चिममा मुलुकसंग समानान्तर रुपमा रहेको प्रविधिहरु नेपालको आन्तरिक राजनैतिक कारणले जस्ताको तस्तै रह्यो । विकास, विस्तार र प्रसार हुन सकेन । सन १७४३ मा पृथ्वीनारायण शाहले एकिकरण अभियान थाले देखि करिब एक शताब्दीसम्म नेपाल तिब्बत र व्रिटिश इण्डियासँगको द्धन्दमा रुमलिन पुग्यो । त्यसै गरी त्यसपछिको अर्को सिंगै शताब्दी एकतन्त्रीय राणा शासनका कारण गुप्त वास भित्र अन्धकार भयो । यी समयमा नेपाल वाँकी विश्वसँग अलगिएर वस्यो । राजनैतिक र भौतिक रुपमा वाहिरी संसारवाट सम्पर्क विहिन भयो । यी दुईसय वर्षसम्म नेपाल एकलिएर रहेका कारण विश्वमा भएको विज्ञान र प्रविधिको विकासवाट नेपाल प्रभावित हुन सकेन विसौ शताब्दीको मध्य सम्म । केहि आफ्ना मौलिक प्रविधिमा भर पर्नु वाहेक यसको विकास र आधुनिक विज्ञानको प्रयाग गर्न चुक्यो । त्यस कारण यही दुई सय वर्षको अवधिलाई विज्ञान र प्रविधिको लागी पनि कालो समय माने हुन्छ । 

उता यसै समयमा पश्चिमा मुलुकहरुले विज्ञान र प्रविधिको क्षेत्रमा अत्याधिक विकास गरे । नेपाल लगायतका पुर्वीय मुलुकहरुमा विज्ञान प्रविधिको विकास ठप्प भयो भने पश्चिमाहरुले विज्ञान प्रविधिको महत्व बुझि यसको विकासमा अघि वढे । स्थल यातायात, जल यातायात र हवाइ यातायातको अकल्पनिय विकास र परिमार्जनहरु भएका छन् । हवाई यातायातको स्वरुप अन्तरिक्ष अन्वेषण सम्म पुगेको छ । त्यसै गरि संचारको क्षेत्रमा कम्प्युटर क्रान्ति, मोबाइलको तहल्का उल्लेखनिय छ । उता औषधी विज्ञानको क्षेत्रमा मानव अंगहरु प्रत्यारेपण र टेष्ट ट्युब बेबी सम्म पुगेको छ । यसरी पछि परेको नेपाल, आफुले अग्रगति लिनु त कता हो कता अरुले गरेको प्रतिफललाई पनि प्रयोग गर्न नसक्ने अवस्थामा छ । 

वि.स. २००७ पछि दुई सय वर्षसम्मको धङधङतीबाट मुक्त भएपनि एक्कासी अन्य मुलुकसंग पौठेजोरी खेल्नु पक्कै पनि गाह्रो थियो । तर पछि पछि हिड्ने हिम्मत गरेको सम्म पाइएन । यताको समयमा विज्ञान शिक्षाका लागि विद्यालय, विश्वविद्यालयमा अध्ययनको अवस्था सिर्जना भएको छ । यसबाट केहि मात्रामा भएपनि जनशक्ति उत्पादन भएका छन् । केहि तत्सम्वन्धि निकायहरुको स्थापना भएका छन् । तर यतिले मात्र पर्याप्त हुँदैन । विज्ञान प्रविधि क्षेत्रमा नेपालको लगानी अत्यन्त न्युन देखिन्छ । सन् १९८० देखि विज्ञान प्रविधि क्षेत्रको अनुसन्धान र विकासमा गरिएको लगानी अध्ययन गर्दा औसतमा देशको जम्मा न्म्ए को ०.३ प्रतिशत भन्दा कमै देखिन्छ । यसैका लागि भारतले ०.८ प्रतिशत, जापानले २.८, दक्षिण कोरियाले २.१ प्रतिशत लगानी गर्छन् । विज्ञान प्रविधि क्षेत्रमा संसारमा हुने सम्पुर्णं लगानीको ३८ प्रतिशत उत्तर अमेरिका, २८ प्रतिशत पश्चिमी युरोप, ५ प्रतिशत चीनले ओगट्छ । अत्यन्त न्यून लगानीका कारण हाम्रा वैज्ञानिकहरु अनुसन्धान नगरि बस्न बाध्य छन् । पछिल्लो समयमा देशमा चलिरहेको युद्धका कारण रोनास्ट, रिकाष्ट, विश्वविद्यालयका वैज्ञानिकहरु, प्राध्यापकहरुले तलब मात्र थाप्न बाध्य छन् । अनुशन्धानका लागि कुनै रकम छैन् । कम लगानीको मुख्य कारण निती निर्माण तहमा रहने राज्य सन्चालकहरु सहित आम जनमानसले यस क्षेत्रलाई विलासिताको रुपमा हेर्नू हो । हामी गरिब भएका कारण विज्ञान प्रविधि क्षेत्रमा लगानी गर्न सक्दैनौ । अनि यस क्षेत्रमा कम लगानीका कारण सधै गरिव छौ । यो चक्र फनफनी घुमीरहेको छ । यस चक्रलाई एक न एक ठाउँवाट टुक्राउन अत्यावश्यक भइसकेको छ ।

– बसन्त गिरी

7 comments:

  1. Everything has to do with political stability. Politics of Nepal is just around uneducated corrupt people. How did you imagine that they would invest more in science n tech even they have been unable to invest enough for primary education in remote areas?
    I appreciate your article.
    Pyaro bhai
    Dallas

    ReplyDelete
  2. Nice to know that the tool has been useful. Your article is great.
    Appreciated!

    Yes, the political stability has a great role to play. The government system should be made more efficient before something can be prioritized.

    ReplyDelete
  3. लाहुरेजी, तपाईंको लेख पुरानो भए पनि नयां संसार बनाउने बिषयमा भएकोले अझै समसामयिक छ, भलै यति समयको बीचमा पनि संसारमा कत्रा कत्रा महत्वपूर्ण खोजनीहरु भए होलान जसले संसारलाई अझ नयां बनाउने छन | हामी आशा गरौं, छिट्टै देशलाई कु-राजनीतिको तुवाँलोले छोडोस र बिज्ञान प्रबिधितर्फ़ पनि कसै कसैको ध्यान जावोस |

    ReplyDelete
  4. निकै राम्रो विश्लेषण गर्नुभएको रहेछ। आर्थिक विकास र विज्ञान-प्रविधिको विकास सँगसँगै जोडिएर आउने कुरा परे। देशमा लगानी-अनुकूल वातावरण बन्ने र उत्पादनमूलक उद्योगधन्दा फस्टाउने नीति सरकारले ल्याउन सक्ने हो भने मात्रै तपाईंले उल्लेख गर्नुभएको चक्र तोडिएला, अन्यथा त यो फनफनी घुमि नै रहने देखिन्छ।

    ReplyDelete
  5. एकदम यथार्थपरक र उत्कृष्ट विश्लेषण! हाम्रो परम्परागत प्रविधिको संरक्षण, विकास र बिस्तार र नयाँ प्रविधि भित्र्याउने-दुबै काम नगरी हाम्रो आर्थिक/सामाजिक स्थितिमा कुनै परीवर्तन आउन सक्दैन।

    ReplyDelete
  6. सुरुको भूमिका पढ्दा म पनि सोच्दै थिएँ, सायद यो पोस्ट केही पुरानै लाग्ला भनेर। तर पढदैं जाँदा भने हाम्रो मुलुकको लागि त अझै पनि नयाँ नै रहेको पाएँ ।
    तपाईको 'बटम लाईन' मा म पनि सहमत छु, कुनै न कुनै उपाएबाट यो 'दुष्ट चक्र' लाई टुक्रयाउनै पर्छ ।

    BTW, if you require offline application which can convert 'non-unicode' to unicode and vice versa, you can download a very light weight java based software from

    here:

    ReplyDelete
  7. Nice overview with lots of facts, Basanta ji! I think it's extremely important to set a short & long-term goals with adequate investments on Science & technology. I still vividly remember myself attending one of the workshop organized by the Ministry of Science and Technology for drafting a Science and Technology Policy, I feel sorry to say it was very unprepared and least prioritized! when would we see political leaders and government officials making decisions based on the expert consultations and inputs???

    ReplyDelete

Please type your comment in the box below.