यही हो सानो सानो खरायो |
हिजो राती अलि अलि हिउ पर्यो। पहिले परेको त छदै छ। आज र भोली पनि मजाले हिउ पर्छ भन्या छन्। घर भित्र सोफामा बसेर झ्याल बाट बाहिर को सेतै हिउ हेरी रदा पोहोर साल देख्ने गरेको सानो सानो खरायो को याद् आयो। तेती बेला र अहिलेको कुटी छुट्टा छुट्टै हो। खरायोको कुरा पहिलेको कुटिको। कुटी बाहिर पार्क गरेको शशी सर को गाडी ओरिपरी बसी राख्या हुन्थ्यो कुक्रुक्क परेर। एउटा मात्रै हो की धेरै हो, पत्ता लाउन त सकिन। जुन हेरे पनि उस्तै। भाले हो की पोथी? त्यो पनि के था र मलाइ। कहिले गाडीको मुनी बसी राख्ने कहिले टाएरको। ब्यान उठेर स्कुल जादा गाडी मुनी देखेको खरायो दिउस भात खान आउँदा सम्म पनि तेही हुन्थ्यो। अझ कहिले काही त बेल्का सम्म पनि बस्थ्यो।
चिसो महिना भरी यता तिर जनजिबन बडो गाह्रो हुन्छ। मान्छेहरु त जसो तसो जीवन सुचारु गर्छन्। घर भित्र त तातो हुन्छ। तर अरु चरा मुसा देख्न पाइन्न। समर र फल मौसम मा देखिने चरा हरु बेपत्ता हुन्छन्, लोखर्के हरु दुलो भित्र पस्छन होला। त्यसै गरेर खरायोहरु पनि दुलो भित्र पस्छन होला। तर यति लामो समय सम्म के खान्छन होला यिन्ले?