12/19/2010

पारस प्रकरण सँग उठेका केही प्रसँगहरु

डाइनोसरहरुले बदलिदो जलवायु संगै परिवर्तित हुन नसकेका कारण लोप भये। आजभोलि हाम्ले देख्ने गैडा पनि केही समय पछि लोप हुनेछन। किनभने आफूलाई निकै काम परिवर्तन गर्ने मा पर्छन यिनिहरु। समय संगै परिवर्तित नभएका राजतन्त्र हरु नासिय संसार बाट। नेपालबाट पनि नासियो।  परसले चितवनको रिसोर्ट्मा देखाएको चर्तिकला ले के भन्छ भने यो मानिस पनि बदलिएन समय बदलिदा पनि। त्यो पनि राम्रो काम हो र जारी राखेको? रक्सी खाको बेलामा बन्दुक पडकाउने। पहिले राजतन्त्र हुँदा सम्म त्यसैको आडमा त्यस्तो गरे पनि त्यो बानी अझै गएन। तर तेसको परिणमा फरक हुन सक्छ। पहिले कैयौ मान्छे मार्दा पनि सजाए भोग्न परेन(राजसन्स्था  बद्नाम भयो र लोप भयो) अब भने सजाए भोग्न पर्ने हुन सक्छ। सरकार बलियो भएको अवस्थामा। कसैले पनि जे पायो तेही गर्न पाउन हुदैन। कानुन सबै लाई बराबर हुनु पर्छ। चाहे त्यो पारस हो वा माओवादीको काली खाम्। गल्ती गर्ने सबै लाई सजाए हुनु पर्छ। 

कुनै समय थियो हाम्रो गाउमा। जहाँ प्रधान पन्चका छोराले रक्सी खाएर मन्पर्दो गर्थे। मान्छे पिट्ने देखि छोरी बुहारी बलत्कार गर्ने। कति सम्म भने थरु समुदायका छोरी हरु र बुहारी हरु लाई उनिहरुकै घर भित्र परिवारका सदस्यकै अगाडि करणी गर्थे रे तिन्ले। पुलिस ले केही नगर्ने। किन भने समय तिन्कै थियो। कसैले बिरोध गर्न सक्थेन न त सरकारले पीडितको पक्षमा केही गर्थ्यो। आजभोलि ती मानिस परिवर्तित भएका छन् समय संगै। नत्र त कसरी बाच्नु गाउमा? तर यी पारस अझै परिवर्तित भएनन्। यो प्रसँग मा इन्टर्नेटको जालो मा ब्यक्त भएका प्रतिक्रिया नियाल्दा अचम्म लाग्छ। मुख्य गरि दुई किसिमका प्रतिक्रिया देख्या छु मैले। यौटा हो कुनै पनि मानिस लाई मार्ने नियत राखी अबैध हतियार प्रयोग निशेधित क्षेत्रमा गर्ने लाई कानुन बमोजिम कारबाही हुनु पर्छ। यो जायज छ र मेरो पनि यही नै हो धारणा।


अर्कोथरीको प्रतिक्रिया कुतर्क मात्रै। सुजता सँग रिस उठेका हरुले टार्गेट लाई मार्दिनु पर्थ्यो पारसले भन्छन्। अहिलेको राजनैतीक परिस्थिती र कोइराला परिवार प्रति बित्रिस्णा भएकाहरु। देशको परिस्थिती प्रति चिन्ता हुनु स्वाभाबिक हो। तर तेस्को ठाउमा यौटा रक्सी खाको मान्छेले बन्दुक पड्काउदै मान्छे मार्नु पर्छ भन्ने कदापी ठिक हुन सक्दैन।

सुजाता एन्ड कम्पनी ले कानुन हातमा लेर नेपालमा लुट मच्चाकै हो। तेस्माथी अब उनको ज्वाँई पनि थपियेछन्। यो घटना बाट उस्का कर्तुत हरुको पुरै पोल खुल्दै छ। राज्य संरक्षित भ्रस्टाचार र फुर्ती फार्ती र हामले तिरेको कर को पैसामा मोज गरिरा हरुको बारेमा आवाज उठ्यो, जुन सकारत्मक पक्ष हो। आशा गरम रुबेलले गरेको कर्तुतको लागि उसलाइ पनि कारबाही हुन्छ। आशा मात्रै गर्ने त हो नि। भर पर्ने कुरो भएन। यस्ता रुबेल र सुजाता मार्काका मान्छे हरु निकै पो छन् त।

धरौटिमा छुटे पछि पारसले भनेको सुनम न "देश र जनताको लागि यस्तो त फेरि फेरि पनि गर्छु" रे। कस्तो मुर्ख रैच। कता बाट बोलेको अत्तो पत्तो नपाउने। दारु खाएर हल्ला खल्ला गर्ने अनी गरेको उपद्रोलाई देश् र जनता सँग जोड्ने? फेरि यस्तो गर्छु भनेको के? दारु खाएर उपद्रो गर्छु भनेको अर्थ लगाउन पनि मिल्यो नि। कौन्सा राम्रो काम गरे जस्तो देश् र जनताको लागि फेरि फेरि पनि यस्तै गर्न तयार छु रे। जाड खाको कुरा लाई पनि राजनीति सँग जोडी दिने? बाठो हुन खोजेको होला।

यो प्रकरण बाट मुर्त रुपमा दुइटा कुरा निस्के। यौटा त जे पायो तेही गर्‍यो भने पारस लाई पुलिस ले समात्छ। अर्को भने राजाबादी हरुले एक ठाउमा आउने मौका पाए। हुनत दारु खाएर हल्ला गर्ने जड्याको पछि लाग्ने कस्ता राजाबादी होलान्? तर पनि यसैको अवसर पारेर छरिएका राजतन्त्र समर्थित र पारस समर्थितहरु ले सरकार बिरोधी सङठित समुह देखाए। अहिले धेरै मान्छे हरु सरकार को काम हेरेर देक्क भएका छन् र त्यसको सट्टा राजालाई सपोर्ट गरेका हुन सक्छन्। गणतन्त्र समर्थन गर्ने अहिलेको सत्ता समुह ले यस्तै रबैया देखाउने हो भने यो समुह मा थपिनेहरु बड्लान तर पनि दोस्रो जन-आन्दोलन ले गरेको परिवर्तन उल्टेला भन्ने त देख्दिन है म।

4 comments:

  1. Nice writing daju. Content ali pugen ki jasto hami lai lairachh.

    Dallas bro

    ReplyDelete
  2. Good to know your thought about Tiger Top incident. When I was going through your arguement I could not find your argument regarding their possible relationship,which I was especting in. Dont you think that they are doing same kind of business (exploitation of Nepal's resources) in Nepal.

    ReplyDelete
  3. Good to know your thought about Tiger Top incident. I was expecting your arguement regading possible relationship between these two smoggling groups. Dont you think that they are just playing a pre designed drama.

    ReplyDelete
  4. हुनेवाला चैँ केही छैन !!! प्रसंग उठ्यो अनि सेलायो !!!

    ReplyDelete

Please type your comment in the box below.