3/28/2012

रसमोर पहाडको कथा Mt. Rushmore history and story

लारामी बाट घुम्न निस्केको १३ सदस्यीय टोलि. 
यो पहाड अमेरिकाका प्रसिद्द चार रास्ट्रपतिहरुको कुदिएका मुर्तिहरुको लागि चिनिन्छ। स्प्रिंग बिदाको साइत पारेर घुम्न हिडेको हाम्रो टोलीको बारेमा त यो भन्दा अघिल्लो पोस्टमा लेखेको छु, पढ्नु भा' भए। डेभिल्स टावर हेरेर फर्केर रेपिड सिटीमा बास बसे पछी अर्को दिन बिहान यो पहाडमा सन् १९४१ मा कुदिएका वासिंगटन, जेफर्सन, रुजबेल्ट र लिंकनका टाउकाहरु हेर्न हिडेको थियो हाम्रो टोलि। साउथ डेकोटा राज्यको ब्ल्याक हिल्स क्षेत्रमा पर्यटक भित्राउने हिसाबले बनाइएको यो मोनुमेन्ट पहाडी बाटो हुदै जानु पर्छ। अमेरिकाका मूल बाटो भन्दा साँगुरा, घुमौरा, ओरिपरी सल्लाका रुख, माथि पुगेर तल देखिने भू-द्रिस्य, उकाली ओराली भएको यस्तो बाटोमा कम गतिमा  गाडी कुदाउन सार्है रमाइलो लाउछ मलाइ। करिब तिन घण्टा उक्त ठाउमा बिताएर हाम्रो १३ जनाको जम्बो टोलि फर्केको थियो। फर्किने क्रममा यस्तै र यसलाई टक्कर दिन बनाउन लागिएको क्रेजी होर्स हेरेका थिएम। त्यसको पनि एकदम चाखलाग्दो र मार्मिक कथा छ, अर्को पटक लेखाम्ला।  

यो ठाउँ यसपटक भन्दा पहिले पनि एकपटक गैसक्या थे'. त्यतिबेलाको पोस्ट हेर्न यहा क्लिक गर्नुस। 

3/15/2012

शिव लिङ जस्तो डेभिल्स टावर

नेपालि टोलीका केही टावर अगाडि। 
पूजा गर्न थाल्ने हो भने यसलाई सन्सारकै सबै भन्दा ठुलो शिव लिङ भन्दे हुन्थ्यो। तर कसैले पूजा गरेपो। नेपाल् वा भारत तीर भा'भए मान्छेले पूजा गर्दा हुन्। तर यो पर्‍यो अम्रिकामा। 

यसपालीको हिउद अब सक्यो। हिउ लगभग पग्ली सक्यो। बाटो सब सफा चट भै सके। तेस्को पिर भएन। अनि सँग संगै स्प्रिङ ब्रेक हो यो हप्ता। नो कलास। केही महिना भैसक्या थ्यो, उकुस मुकुस भा'को कहि जान नपा'र। अस्तिको शनिबार र आईतवार घुम्न गैयो। घुम्न पनि कता जानु? यसपाली रशमोर पहाड जाने योजना बन्यो। तर त्यो भन्दा अलिक पर वायोमिङ मै पार्ने प्राक्रितिक टावर हेर्न जाने कुरो भो पहिले। रशमोर पहाडको बारेमा अर्को पटक लेखम्ला। अहिले लाई डेभिल्स टावर्। 


हाम्रो टोलि १३ जनाको थियो, जसमा चार जना चाइनिज बाहेक सप्पै नेपालि। ईण्डियनहरू पनि जाने भन्या थे' तर लास्टमा गएनन्। नत्र बहु-राष्ट्रिय हुन्थ्यो टोलि। बिहान सात बाजे सुरु भएको हाम्रो यात्रा करिब छ घन्टाको ड्राइभ पछि डेभिल्स टावर पुग्यो।  त्यो ठाउ नपुगुन्जेल खासै रुख्, जंगल देख्न पाइएन्। जब जङल्, हरियो, परियो देख्न पाइयो-झन आनन्द आउन थाल्यो। अलि पहाड पनि। र बिस्तारै डेभिल्स टावरको टुप्पो झल्याक झुलुक देखिन थाल्यो। हाम्रो गाडी टावरको प्रबेशद्वार पुग्दा शशी सर को टोली त्यहाँ पुगेर फोटो खिच्न ब्यस्त थियो। चाइनिज टोली भने त्यहाँ बाट अगाडि बडिसकेको रैछ। हामि पुगेर त्यहि फोटो सेसनमा मिस्सिम। 

3/04/2012

आंधीले ढाल्ने घर्

हिजोको टोर्नेडोले भत्केको घर्। पुरै काठले बनेको घर।  (स्रोत )
अमेरिकाको इन्डिएना राज्यमा हिजो आएको टोर्नेडोले गर्दा थुप्रो धन र जनको पनि क्ष्यती भयो। अली एक दुई दिन अघि दक्षिण तिरका राज्यहरुमा पनि त्यस्तै हावा हुरीले बस्तीका बस्ती ध्वस्त पार्यो। कति मरे पनि। बिकसित मुलुक नहुदो हो त धेरैको ज्यान जादो हो भन्ने सोचाइ आइरन्छ यो मनमा।

अली अघि कृष्ण धाराबासीको आधी न आउने घर भन्ने किताब पढ्या थे। तराई तीरको फुस्को घर हरेक चैत बैषाखमा आउने हुरीले भत्काइदिने, अनि फेरि ओतको लागि बनाउनु पर्ने दुख्ख विवरण सहितको त्यो किताबमा उनले पक्की घर बनाउन पाए देखि यो आधीले केही गर्ने थिएन भनेका छन्। पछि त धाराबासी पनि आधी नआउने पक्की घरमा बस्न थाले होलान् मेरो बिचारमा। नेपाल् जस्तो देशमा अंरिकामा जस्तो टोर्नेडो र अन्य प्राक्रितिक प्रकोप आइरने हो भने कति मान्छे मर्दा हुन है? हुन त हाम्रो तीर मान्छे मर्न अरु नई कारणहरू जति पनि छन्।  

हाम्रो पहिले खरले छाएको घर हुँदा प्राय जसो फागुन चैत तीर हावा हुरीले छानोको खर उडाएर लैजान्थ्यो। अनि धराबासीको किताबमा उल्लेख गरे जस्तै बल्ल तल्ल खर खोजेर की म आफै (बच्चा तेतिबेला) की छिमेकीलाई बोलाएर पानी पर्न भन्दा पहिले नै मिलाउनु पर्थ्यो। सार्है हैरान लाग्थ्यो, प्रत्यक बर्ष तेसो गर्न पर्दा। कुनै बर्ष त दोहोरिएर। अनि मलाइ पनि लाग्थ्यो, यो घर टीनले छाउन पाए त पानी पनि चुन्थेन र घरि घरि छानो चढेर खर मीलाई रन नी पर्थेन। तीन तले घरको छानोमा चढेर काम गर्दा सातो नै जान्थ्यो। अहिले सम्झिदा लाग्छ, छानो मात्रै उडाउने हावा हुरी अमेरिकाको घरै भत्काउने भन्दा त धेरै राम्रो। नेपालमा हावा हुरीले घरै भत्काको तेति हुदैन। पछि (आठ कक्ष्यामा पढ्ने समय तिर) मौरिघाट स्कुल नजिकै बसाइ सरे पछि उक्त समस्या त परेन पक्की घरले गर्दा तर त्यहा भएका आंपका रुखमा लागेका बतिला सबै झार्दा भने मन रुन्थ्यो।