10/19/2015

इन्धन परनिर्भरता कम गर्न नेपाल सरकारलाई मेरो १० सुझाब

यो तेस्रो नाकाबन्दी हो भारतबाट । सतहमा जे जति कारण भए पनि भाबिस्यामा पनि यस्ता नाकाबन्दी हुने सम्भावनालाई नकार्न सकिदैन । यो नाकाबन्दीले इन्धन आपुर्ती नहुदा सबैभन्दा बढि थिलोथिलो पारेको छ अर्थतन्त्रदेखी सार्बजनिक जनजिबनसम्म । नयाँ प्रधानमन्त्रि र उनका उर्जा, बिज्ञान र आपुर्ती मन्त्रीहरुले के सोचेका छन यो समस्या समाधान गर्न त्यो अझै आइसकेको छैन । 

म सरकारको यो समस्यासंग सम्बन्धित संस्थाको नेतृत्वमा भएको भए के गर्थे होला त? 

यो ब्लगमा इन्धन परनिर्भरता कम गर्न के के गर्नु पर्छ तात्कालिन र दिर्घकालिन रुपमा लेखेको छु । भारतबाट सजिलो रुपमा इन्धन आपुर्तीको लागी जे जे गर्नु पर्छ यो गर्दै,  द्रुत गतिमा तलका काम गर्ने थिए । 

मुख्यतया दुई कामको लागी आयातित इन्धन प्रयोग भएको छ नेपालमा । घरभित्र भान्सामा र यातायातको लागी गाडीहरुमा । 

खान पकाउन चाहिने एल पी जी ग्यासको खपत कम गर्न:
  1. गोबर र गु ग्यास:  हाम्रो घरमा २२ वर्ष अघि बनाएको प्लाण्टले अझै काम गरि राखेको छ । नेपालले बायोग्यासमा राम्रो प्रगति गरेको छ । गाउगाउमा अझै गोबर ग्यासलाइ प्रभाबकारी बनाउने । ग्यास प्लान्टमा अनिबार्य रुपमा चर्पी मिसाउने । पचासजना बढी मान्छे जम्मा हुने स्थानहरु जस्तै: ठुला रेस्टुरेण्ट र होटेल, स्कुल, कलेज, पुलिस र आर्मी ब्यारेकहरूमा अनिबार्य रुपमा बायो ग्यास बनाउन लगाउने । कस्सेर लाग्ने हो भने यो काम २-३ महिना भित्र गर्न सकिन्छ । सहरी क्षेत्रमा प्रभाबकारी हुने बायोग्यास प्लान्टको अनुसन्धानमा तदारुकताका साथ् लाग्ने । 
  2. बायोब्रिकेट र बायोचार: खासगरी सहरी क्षेत्रमा यसको प्रयोग ब्यापक हुनसक्छ। सिमित मात्रामा प्रयोग भैरहेको यो इन्धनको उत्पादनलाई ब्यापक बनाउने । गाउघरमा सजिलै र प्रसस्तै पाइने चिजहरुबाट बनाइने यो तत्कालै गर्न सकिन्छ । माथिका दुइ काम गर्ने हो भने मेरो बिचारमा तत्कालै १५-२०% सिलिण्डर ग्यास आयात कम गर्न सकिन्छ र केहि वर्ष भित्र ३०-४०% सम्म कम गर्न सकिन्छ । 
  3. काठ्माण्डु लगायतका केहि ठाउमा मिथेन ग्यास पाइएको भनिएको छ । त्यसको ब्यवासाहिक र ब्यवहारिक प्रयोगको लागि आवस्यक कार्यगरि प्रयोगमा ल्याउने । एक वर्ष भित्र यो काम सक्ने । प्राकृतिक ग्यास उपयोग गर्न सकियो भने यसबाट बिजुली पनि निकाल्न सकिन्छ । 
  4. बिजुलीबाट चुलो: दीर्घकालमा बिजुलीको उत्पादन प्रयाप्त भएमा बिजुलीबाटै किचेन चल्न सक्छ । यसको लागी बिजुली उत्पादनलाई प्राथमिकता दिने । 
यातायातको खपतको लागी: 


  1. पेट्रोलमा रक्सि मिसाउने: पेट्रोलमा अल्कोहल मिसाउने कुनै नया कुरो होइन । विस्वका धेरै देशहरुमा यो प्राक्टिस छ । युरोपदेखि अमेरिकासम्म ~ १०% एथानोल मिसाएको पेट्रोलबाट करोडौ कारहरु चल्छन ।  ब्राजिलमा त २७% सम्म मिसाउनु पर्छ ।  छिमेकी भारतमा पनि कम्तिमा ५% मिसाउनु पर्छ र १०% एथानोला मिसाएको पेट्रोल पनि बजारमा पाइञ्छ ।  खुसीको कुरो के छ भने यो अल्कोहल (ethanol) नेपालमै उत्पादन हुन्छ । नेपालका चिनी कारखानाबाट निस्किने खेर गैरहेको बाइप्रोडक्टबाट प्रयाप्त मात्रामा इथानोल निस्कने बताइएको छ । यसको लागी सरकारले केहि बर्ष अघि नीति बनाएको थियो तर कार्यान्वन गर्न सकेन ।  छोटो समयमै कार्यान्वन गर्न सकिने यो काम तुरुन्तै गर्थे । यदि १०% प्रतिसत मिसाउने नियम ल्याइयो भने पेट्रोल आयात १०% ले घटिहाल्छ । 
  2. बायो डिजेल: डिजेलमा मिसाउन मिल्ने तेल जस्तै नेपालमै पाउने जेट्रोपाको प्रयोगलाई व्यवहारमा ल्याउने । यो पनि कुनै रकेट साइन्स हैन। केहि फाट्ट फुट्ट काम भएका छन तर अब सरकार नै कस्सेर लाग्ने हो भने ५-१०% डिजेल खपत कम गर्न पक्कै सकिन्छ । यसको लागी केहि वर्ष लाग्न सक्छ ।   
  3. साइकललाइ प्राथमिकता: साइकल प्रयोगमा व्यापकता ल्याउने । त्यसको लागी साइकल लेन अनिबार्य गर्ने र आयातमा सहुलिएत दिने । यसको संगै मोटरसाइकल प्रयोग कम गराउने नीति ल्याउने । 
  4. मास ट्रान्स्पोर्टेसनको व्यवस्था:  ठुला बसको आयात र प्रयोगलाइ प्रोत्साहन दिने । 
  5. हाइब्रिड र एलेक्ट्रिक गाडी: अबको समय भनेको फोसिल इन्धन बिनाको गाडीको हो । टोयोटाले सन २०५० सम्म सबै गाडी ब्याट्री वा चार्ज गरेर चल्ने बनाउने घोषणा गरेको छ । प्रविधिमा आउदै गरेको द्रुत परिवर्तनले त्यो सम्भब छ । त्यसैले अहिले बजारमा आएका हाइब्रिड र एलेक्ट्रिक गाडीको आयत र प्रयोगलाई प्राथमिकता दिने । 
  6. बिजुली उत्पादलाई द्रुत गति: अलि दिर्घकालिन रुपमा बिजुली बाट चल्ने मेट्रो, लामो दुरीको रेल चलाउनको लागी चाहे त्यो पानी बाट अथवा घामबाट बिजुली निकाल्ने कामलाई द्रुत गति दिने । संगसंगै त्यस्ता यातायातको पुर्बाधार निर्माण सुरु गरि हाल्ने।  यसो गर्न ५-१० वर्ष लाग्न सक्छ।  
यतिकाम गर्न कसैको भर पर्न पर्दैन, न देश भित्र न देश बाहिर । यी सुझाब दिनका लागी मात्रै दिइएको होइन, इक्षा शक्ति हुने हो भने तत्काल सुरु गर्न सकिन्छ । यति काम गर्यो भने नेपालको परनिर्भरता मात्रै घट्दैन यसले देशले काचुली फेर्न सक्छ । 

गर्न नसक्ने हो भने सरकार छोडे हुन्छ ।   

2 comments:

  1. Sabai kuraa thik ho tapaainle bhaneko tara cycle import ma discount dine kura galat ho. Yauta matra NRN le lagaani garne ho bhane haami deshamai cycle manufacture garna sakchhaun. Yo kaam sasto lagaani maa huna sakchha. tyasaile india baata cycle lyaaunamaa chhut dine hoina ki Nepal mai cycle banaaune kaam suru garna parchha.

    ReplyDelete
  2. janata le jati nai ramro sujhab diye pani yo bahiro sarkar le sunne hoina, uni haru lai ta Bharat bata lyayera kamison khana paye pugi halyo, janata maros ki banchos

    ReplyDelete

Please type your comment in the box below.