आज शनिबारको गेम हेर्न हिजो नै निम्तो आ'थ्यो। प्रदीप भाईले फेस्बूकमा निम्तो टास्यो। गेम हेर्न आउने लाई स्पेसल कफी र खाजाको ब्यवस्ता। बिहानै उठेर (८:३०)लागे अपार्ट्मेन्ट ४६७ तिर। गेम त उरुग्गेले जित्यो। कोरिया पनि राम्रै खेलेको हो तर गोल गर्न नसके पछी कसको के लाग्यो र। गोल गर्ने केही राम्रा अवसरलाई नगुमाएको भए कोरिया पनि अगाडि बड्ने थियो यो फुटबलको महाभारतमा। एकजना भाई बाहेक सबै जना कोरिया को सपोर्टमा। हामी जता गये पनि जे गरे पनि जातियता र क्षेत्रियताको पक्ष पाती।
भुभुजेलाको(vuvuzela) आतंक भने आज अली कम भाको हो कि? यी पन्क्ती लेख्दा अम्रिका र घानाको गेम मच्चिराको छ। समय सक्की सक्यो बराबर गोलको स्थिती। चाखलाग्दो भैरा छ। हेरम कसले जित्छ? समय थपेर खेल्दा हेरम कसले जित्छ? हेर्दा हेर्दै घानाले आर्को गोल पनि हन्यो। अम्रिकाको आफ्नै फुट्बल छ। हामले भन्ने फुट्बल लाई उनीहरुले सकर भन्छन्। त्यसैले पनि यो फुट्बलमा यो चरण सम्म पुग्नु पनि ठुलो नै होला। हेरिरा'को गेम पनि सकियो। घाना ले जित्यो अम्रिकाले हार्यो।यसपली २ वटा गेम हेरेको आजै हो।


