गलामा भिरेको टाई र शीरको टोपीदेखि मन्त्रीहरुका वरियताक्रमसम्मका निरर्थक वहसहरुमा देशलाई डोर्याउन खोजे । विडम्वना साथ भन्नु पर्दछ, सरकारका निती र कार्यक्रम, उसका प्राथमिकताका वहसले भन्दा हाम्रा संचार माध्यामहरु सानो-ठुलोको जुँगे झगडाका खबरहरुले भरिन्छन् आजकल ।
कुरो त यहाँ पनि वरियताको नै गर्न लागिएको हो । तर कुनै व्यक्ति विशेषको होइन, मन्त्रालयको वरियताको जसले सरकारको प्राथमिकता, निती, कार्यक्रम र वजेट विनियोजन कतातिर ढल्कदै गइरहेछ भन्ने छनक दिन खोज्दछ । हो सधै झै वातावरण, विज्ञान तथा प्रविधी मन्त्रालय पछाडिबाट गन्दा प्रथम वरियतामा परेछ नयाँ नेपालमा पनि । आफ्ना मातहतमा कुनै विभाग र जिल्लाहरुमा कार्यालयहरु नभएको, सिहंदरवारको दक्षिणपूर्बी कुनामा थन्किएको, शुभलाभका खेलहरु नहुने, यस ‘ग्लामर’ रहित मन्त्रालयमा मन्त्री हुनको लागि पुरानो नेपालमा राजीखुशी कोहि मनुष्य पनि तयार हुँदैन थिए । मन्त्रीको कोटा पुरा गर्नको लागि विज्ञान विषयमा रुची, लगन, दक्षता र क्षमता नभएकाहरु मन्त्रीको सुविधा पाउनको लागि भएपनि यस मन्त्रालयको सर्वोच्व कुर्सीमा वस्न करवलले राजी हुन्थ्ये त्यतिवेला । त्यसो त यस मन्त्रालय सम्हाल्ने मन्त्रीको काम भनेको गोडा एक दुई वर्षामा मुस्किलले एक चोटी हुने वैज्ञानिक सम्मेलन, सेमीनारको उद्घाटन गर्ने, वातावरण दिवस, जैविक विविधता, सिमसार दिवस जस्ता दिवसहरुमा शुभकामना मन्तव्य दिने र कहिलेकहि वृक्षारोपण र स्कुलका विज्ञान प्रदर्सनीमा जस्ता कार्यक्रमा सहभागी भई टोपल्ने वाहेक केहि थिएन भन्दा पनि हुन्छ । लेख लेख्नेक्रममा म विज्ञान मन्त्रालयको साइवार भ्रमणमा पुगेको थिए । देशको प्रविधी मन्त्रालयको साइट र त्यहाँ राखिएका सुचनाहरुले हाम्रो विज्ञान तथा प्रविधी क्षेत्रलाई व्यंय गरिरहेको छ ।
आम नेपालीलाई जस्तै विज्ञान क्षेत्रमा लाग्ने मानिसहरुलाई पनि लागेको थियो पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि भने उक्त परम्परा पक्कै तोडिनेछ । आर्थिक क्रान्तिको नेतृत्व गर्छु भन्नेले आर्थिक विकासको मेरुदण्ड मानिएको विज्ञान तथा प्रविधीको क्षेत्रलाई पनि आफनो पार्टीको नेतृत्वमा लिएर त्यसमा जीवन भर्छन । किनकी उनले विज्ञान तथा प्रविधीको विकास नगरी देश विकास हुँदैन भनेर वारम्वार भन्ने गरेका थिए । त्यसो त प्रचण्डका उक्त भनाईहरु विज्ञान क्षेत्रकै सवैभन्दा अग्रिणी पत्रिका साइन्सको जुन १३, २००८ को अंकमा छापिएको थियो उहाँको फोटो सहित । नेपालको कुनै एक व्यक्तित्वको खवर साइन्समा आउनु आफैमा एउटा गर्वको विषय थियो । म संझन्छु, साइन्स पत्रिकामा लेखिएको नेपाल सम्वन्धी विवरणहरु देखेर हामीहरु निकै दंग भएका थियौं त्यतिखेर । विदेशमा वसेर यहाँ आर्जन गरेको ज्ञान, शिप, दक्षता र क्षमतालाई कसरी नेपालको विज्ञान र प्रविधी क्षेत्रको विकासमा लगाउने भनेर वहसहरु हुन थालेका थिए हामी बिच।
यसै व्लगमा त्यतिखेर लेखेका मेरा लेखहरुलाई प्रिन्ट गरेर त्रिविवीको किर्तिपुर क्याम्पसका सुचनापाटीहरुमा टाँसिएको कुरा कसैले मलाई इमेलमा लेखेको थियो । रोनाष्टका पुर्ब उपकुलपति दयानन्द वज्राचार्यले पनि हामीले गरेका अनलाईन वहसहरुबाट उत्साहित हुँदै साइन्सको उक्त खबर वारेमा कान्तिपुरमा लेख लेख्नु भएको थियो । समग्रमा भन्दा विज्ञान क्षेत्रमा लागेका मानिसहरु उक्त खबरले निकै आशावादी र उत्साहित थिए । तर नयाँ सरकारले पनि उपेक्षाको परम्परालाई निरन्तरता दिदै विज्ञान क्षेत्रलाई प्राथमिकताको पुछारमा राखेको छ । मेरो मतलव माओवादी कै विज्ञान मन्त्री बन्नुपर्छ भन्ने पनि होइन तर प्राथमिकतामा परेन भन्ने हो । निश्चित रुपमा सरकारको नेतृत्व गरेको दलले उक्त मन्त्रालय लिनुमा फरक अवश्य पनि हुन सक्दथ्यो विशेष गरि निती कार्यक्रम वनाउने र वजेट विनियोजन गर्ने सम्वन्धमा ।
माओवादीहरुले अवधारणापत्रमा विज्ञान र प्रविधी क्षेत्रको विकास र उनीहरुको शब्दको ‘प्रतिभा पलायन’लाई रोक्ने कुराहरु जोडदारले गरिएको छ । यसका नेता कार्यकर्ताहरु मौका परेमा प्रतिभा पलायनका लामै भाषण गर्नुहुन्छ । यसै सर्न्दर्भमा गएको हप्ता क्यानडामा रहनु भएकी मन्त्री हिसीला यमीसँग छोटो कन्फेरेन्स कल गर्ने मौका मिलेको थियो । फोनमा उनको मलाई पहिलो प्रश्न थियो नेपाल फर्कने की नफर्कने ? जरुर फर्कने पढ़ाईसकेपछि मेरो प्रतिउत्तर । नेपाल छाड्ने बेलामा ठुलो संख्यामा विदेश जान लागेका युवा जनशक्तिलाई एयरपोर्टमा देखेको दृश्यले उनलाई निकै नरमाइलो लागेको रहेछ । यसरी युवा र पढेलेखेका मानिसहरु विदेश लागेपछि कसरी देश विकास हुन्छ उनी भन्दै थिइन उनी ।
आजको युगमा विदेश जाने आउने भनेको भईरहन्छ भन्दै मेलै भारतको उदाहरण दिएको थिए । ५, ६ वर्षयता मात्रै अमेरीका विश्वविद्यालय दिक्षित भारतियहरु करीव ५०००० को संख्यामा फर्किएका छन् । काठमाडौंमा वेरोजगार भएको डाक्टरलाई हामी जिल्ला सदरमुकामको हस्पिटलसम्म पुयाउन सक्दैनौं तर विदेशमा संर्घषरत वैज्ञानिकहरुलाई फर्काउने कुरा गरिरहेका छौं । वैज्ञानिक शक्ति फर्काउन सबैभन्दा पहिले उनीहरुले आर्जन गरेको ज्ञान र क्षमतालाई प्रयोग गर्ने अवसर पनि दिनुपर्दछ । त्यसकारण वैज्ञानिक जनशक्तिलाई काम गर्ने वातावरण (प्रयोगशाला, पुस्तकालय जस्ता सामान्य सुविधा) मिलाउनुहोस् तपाईहरुले फर्कनुस नभने पनि धेरै यस क्षेत्रका मानिसहरु फर्कने छन् नेपाल । यहाँ पाएको भन्दा निकै कम तलव पाएपनि मेरो भनाई थियो । हामीहरु जसलाई तपाईहरुले ‘प्रतिभा पलायन’ भनेर भनिरहनु भएको छ । त्यो पलायन नभएर ज्ञान शिप आर्जन हो । अर्थात यो तपाईले मुदति खाताको राखेको पैसा हो । त्यसलाई तपाईहरुले झिक्न सक्नुहुन्छ, प्रयोग गर्न सक्नुहुन्छ तर निश्चित सर्त र समयमा मात्रै मेरो तर्क थियो । अन्त्यमा हामी दुवैले एउटै पुस्तक ‘द ओल्ड इज फ्ल्याट’को नाम लिंदै कुराकानी टुग्याएका थियौं । उहाँसगँको छोटो कुराकानीमा नै के लाग्यो भन्दा उनीहरुले जनताका समस्या बुझेका छन्, देखेका छन् । तर सवाल बुझ्नु भन्दा पनि वदल्नुको हो । कार्लमार्क्स यसै भन्छन् ।
त्यसो त विज्ञान र प्रविधीको विकास नभइकन देशको विकास संभव हुँदैन भन्ने कुरा ओलम्पिक खेलको समापन समारोहको दृष्य हेर्दा प्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष वुझे । प्रचण्डको ओलम्पिक अनुभवमा यस्तो थियो “कहिले र्स्वर्ग पृथ्वीमा आए जस्तो त कतिखेर पृथ्वी र्स्वर्गमा पुगे जस्तो भयो । चीनको प्रगती हेरेपछि विज्ञान प्रविधी नेतृत्व र जनताको अन्तरसम्वन्धमा भए जे पनि गर्न सकिने पाठ सिकेर आएको छु ।” उहाँले वुझ्नु भएको छ बिकासको लागी विज्ञान र प्रविधीको महत्व । त्यसो त विगतका सरकारहरुले पनि त्यो कुरा नवुझेको कहाँ हो र ? वुझिवुझि वुझ पचाएको मात्रै पो हो त । गणेशमान सिं भन्नु हुन्थ्यो “निदाएको मान्छे भन्दा निदाएको अभिनय गरेर सुतेको मान्छेलाई उठाउन गाह्रो हुन्छ ।” विज्ञान प्रविधीको विकासको मामिलामा माओवादीले पनि निदाएको अभिनय नगरोस् । मन्त्रालय वाँडफाटमा यस मन्त्रालयलाई गरिएको उपेक्षा सरकारको निती र कार्यक्रममा नदोहरीयोस्, चेतना भया ।