2/05/2009

मौसम परिवर्तनले रुखको आयु आधा घट्यो।

नेपालीको औसत आयु ६१ बर्ष छ अहिले। अझ स्पस्टरुपमा भनौ भने अहिले जन्मिने एउटा नेपालीले औसतमा ६१ बर्ष बाच्ने आशामा जन्मिन्छ। तर यो घटेर ३० पुग्यो र मान्छेहरु तिन दशकमै मर्न थाले भने के होला? हामी यो कुरा सुन्न पनि चाहदैनौ। स्वास्थ्य क्षेत्रमा आएको सुधार र शिक्षाले नेपालीको औसत आयु बिगत ५ बर्षमा २ बर्षले बढे पनि रुखहरु भने उमेर नपुग्दै भटाभट मर्न थालेका छन। रुखको औसत आयु ६०० देखी १००० बर्ष हुन्छ। तर अहिले रुखहरु आधा उमेरमै मर्न थालेका छन। यसको ब्रिहत्तर र ब्यापक असर पर्ने पक्का छ। रुख बिरुवाको महत्वको बारेमा बयान गरि रहन नपर्ला। जङलका रुखहरु कम उमेरमै मरे भने पानि कम पर्ने देखी लियर पहिरो जाने सम्मका खतरा ब्यहोर्नु पर्छ। नेपाली पहाडमा यो समस्या आइसक्यो कि सकेन त्यो त अझै थाहा भएको छैन। अमेरिकाको पस्छिमी भाग तिरका रुखमा यो देखी सकेको छ।

गत महिना साईन्स जर्नलमा प्रकाशित अनुसन्धानले उक्त कुरा बताएको हो। अनुसन्धानमा सङलग्न Oregon State University का प्रोफेशर मार्कका अनुसार अहिले अ मेरिकाको पस्छिमी भेगका रुखहरुको उमेर आधा घटेको छ। म्रितुदर दोब्बर बढे पछि, रुखहरु ३००-५०० बर्ष मात्र बाच्न थालेका छन्। चाख लाग्दो कुरा के छ भने, यसको कारण कुनै अरु रोग-सोक होइन। कारणको रुपमा बैज्ञानिकहरुले अहिले चलन चल्तीमा रहेको प्रमुख वातारणिय समस्या मौसम परिवर्तनलाई लिएका छन। रुखहरु चाडै मरे त के भयो भनेर साधारण तरिकाले हामीले हेर्यौ भने समस्यालाई नजरन्दाज गरेको हुनेछ। मानव जीबन रुख-जङलमा आधारीत छ। हाम्रो समुदाय जङलमा आधारीत छ-पानीको सहित अन्य बन जन्य उत्पादनको लागी अनि मनोरन्जनको लागी पनि।असन्ख्य बन्य जन्तुको बासस्थल पनि जङलनै हो। यसको अर्को महत्वपुर्ण असर भनेको कार्बन सन्चयमा पर्ने छ। कार्बन सन्चिती ग्लोबल वार्मिङको लागी अत्यन्तै महत्वपुर्ण छ। अत्यधीक कार्बन उत्सर्जनको कारणले ग्लोबल वार्मिङ भैरहेको छ। यसरी उत्सर्जीत कार्बनलाई रुख बिरुवाले र केही मात्रामा समुद्रले सोसेर लिने गर्दछन र वातावरणमा कार्बनको मात्रा कम गर्न सहयोग गर्छन। रुखहरु यसरी अकालै मर्न थाले भने जति कार्बन सन्चीत हुनु पर्ने हो त्यो हुन सक्दैन।

रुखमर्नुमा ग्लोबल वार्मीङनै दोशी छ भन्नलाई अनुसन्धानमा सङलग्न बैज्ञानिकहरुने कारणहरु दिएका छन। अनुसन्धान गरिएको भेगमा बिगत चार दशकमा 0.3°C-0.4°C प्रति दशकको हिसाबले तापक्रम ब्रिधी भैरहेको छ। जसको कारणले पानी र हिउ कम पर्ने, परेको हिउ पनि चाडै पग्लीने हुनाले समर लामो र सुख्खा हुदै गैरहेको छ। रुखहरुले पाउने पानीको मात्रा कम् हुदै जान्छ, सुख्खा स्ट्रेस बड्छ, रुखलाई आक्रमण गर्ने रोग र किटाणुहरु सक्रिय हुन्छन।ग्लोबल वार्मिङ र मौसम परिवर्तन यस्तो समस्या हो जसको समधान तत्काल सम्भव हुदैन। समाधानको उपाय अहिले अपनाउदै गयो भने केहि दशक पछि मात्रै त्यसको असर देख्न पाइन्छ। हामीले अहिले बुध्धी नपुर्यौउने हो भने भाबी पुस्तालाई अत्यन्तै गार्हो हुनेछ। यसको लागी प्रमुख रुपमा जिम्बेवार अ मेरिकाले महत्वपुर्ण कदम चाल्न जरुरि छ। नया कमाण्डर ओबामाले केहि गर्छु भनेका छन-हेरौ कति सम्म पुरा गर्छ्न।

Full article in Science

2 comments:

Please type your comment in the box below.